Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भूकम्पपीडितलाई विना धितो दुई लाख ऋण दिइने

[caption id=\"attachment_16453\" align=\"alignleft\" width=\"188\"]\"file file photo[/caption] काठमाडौं । दोहारो सुविधा लिन नपाउने अघिल्लो सरकारको निर्णयलाई सच्याउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भूकम्प पीडितलाई विना धितो दुई लाख रुपैया ऋण दिने तयारी गरेको छ ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–दुई लाख रुपैया सरकारी राहत पाउनेले सहुलियत ऋण नपाउने अघिल्लो सरकारको निर्णयलाई सच्याउँदै नयाँ सरकारले दुई लाख राहत पाउने भुकम्प पीडितले थप दुई लाख सहुलियत ऋण विना धितो उपलब्ध गराउने तयारी गरेको हो ।   ‘सामूहिक जमानीमा दुईदेखि तीन लाख सहुलियत ऋण सामूहिक जमानीमा उपलब्ध गराउने गृहकार्य हुँदैछ’ पुननिर्माण प्राधिकरणको समेत जिम्मेवारी पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले अन्नपूर्णसँग भने ‘दुई लाख रुपैयामा सरकारी मापदण्डको घर बन्दैन भन्ने बुझेर नै सरकारले विना धितो सहुलियत ऋण उपलब्ध गराउनु पर्ने बारेमा गृहकार्य हुँदैछ ।’   खतिवडाका अनुसार यस बारेमा राष्ट्र बैंकले कार्यविधि बनाउँदैछ । यसअघि सरकारले गाउँमा १५ लाख र शहरमा २५ लाख रुपैयासम्म ऋण दुई प्रतिशत व्याजदरमा सम्पति धितो राखेर उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले उपलब्ध गराउने दुई लाख रुपैया राहत लिनेले १५ लाख वा २५ लाख रुपैया ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।   सरकारले चार चरणमा उपलब्ध गराउने दुई लाख रुपैयालाई पनि तीन चरणमा सहज प्रक्रियाबाट उपलब्ध गराउन लागेको छ । ‘यसअघि राहत वितरण गरिएका संयन्त्र मार्फत नै उपलब्ध गराउन खोजिएको छ’खतिवडाले भने । बैंक मार्फत रकम उपलब्ध गराउने अघिल्लो सरकारको निर्णयलाई पनि अहिलेको सरकारले सच्याएको हो ।   सहरी विकास मन्त्रालयले तयार पारेको भुकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुननिर्माण अनुदान सहायता प्रवाह कार्यविधि अनुसार दुई लाख रुपैयालाई चार किस्तामा उपलब्ध गराइने निर्णय अघिल्लो सरकारले गरेको थियो । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएकाहरुको घर पुननिर्माण गर्न प्रति घर दुई लाख रुपैया उपलब्ध गराउने निर्णय अघिल्लो सरकारले नै गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending