Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भारतीय नेताबाट उपेन्द्र, महन्थ र महतोले यसरी गाली खाए

\"Madhesiकाठमाडौं । भारत पुगेका मधेसी मोर्चाका नेताहरुहरुले आशिर्वादमात्रै भन्दा उल्टै केही नेताबाट खप्की खाएका छन् । आजको नयाँ पत्रिका दैनिकामा खबर छ–नेपालको आन्तरिक मामिला नेपालमै नमिलाई किन आएको भन्दै जनता दल युनाइटेडका नेताले उल्टै हकारेका हुन् । यद्यपी विभेद भएको भए त्यो भने अन्त्य हुनुपर्ने युनाइटेडका नेताले बताएका थिए । नाका खोल्न भारतीय विपक्षीको पनि आग्रह मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवले सुरुमा १२ बजे तुगलग रोड ७ स्थित जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसाग भेटे । एक घन्टाको भेटवार्तामा मधेसी नेताले नयाा संविधानमा आफ्ना मतभेद राखेर कुरा सुरु गरे । नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व र प्रदेशको सीमांकनका विषयलाई लिएर तराईलाई विभेद गरिएको ब्रिफिङ गरेपछि यादवले सोधे, ‘नाका अवरोध किन ?’ मोर्चा नेताले अन्य विकल्पबाट समाधान नभएपछि र सरकारले नसुनेपछि बाध्य भएर नाका अवरोध गरेको जवाफ दिएका थिए ।   स्रोतका अनुसार जेडियू अध्यक्ष यादवको भनाइ थियो, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उतै बसेर सुल्झाउनुस्, मधेसीहरूमाथिको विभेद हट्नुपर्छ, यसमा हामी तपाईंप्रति सहानुभूति राख्छौा । तर, नेपालभित्रै बसेर समाधान खोज्नुपर्छ ।’ भेटमा सहभागी जेडियू नेता केसी त्यागीले मधेसीहरूको ब्रिफिङपछि आफूले एमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गरेको बताए । उनले भने, ‘मधेसको मुद्दा समाधान गर्नुपर्छ भन्नेमा हामी एक छौा, यो कुरा भनेको पनि छु, तर यसलाई बहाना बनाएर आपूर्तिमा अवरोध पुर्‍याउने कुरामा हाम्रो असहमति छ ।’   त्यसपछि होटेल ताजमा लन्च खाएका नेताहरू ब्रिफिङका लागि अपराह्न ४ बजे कंग्रेस विदेश विभाग प्रमुख डा. करण सिंहको निवास चाणक्यपुरीस्थित मानसरोवर भवन पुगेका थिए । भेटमा सिंहले नाकाबन्दी र त्यसबाट बालबालिकाको शिक्षा, आममानिसको स्वास्थ्यमा परेको असरबारे सोधेका थिए ।   स्रोतका अनुसार सिंहको भनाइ थियो, ‘राजनीतिक आन्दोलन गर्नुस्, तर यत्रो मानवीय संकट आउने गरी किन नाका बन्द गर्नुहुन्छ ?’ उनलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जवाफ दिए, ‘एउटा वीरगन्ज रक्सौल नाका बन्द छ, बाँकी ठाउँमा अवरोध छैन । भारतबाट सामान र इन्धन गइरहेका छन् । यस मामिलामा भारतमाथि आरोप थोपर्ने प्रयास भइरहेको छ, यो सही होइन । हामीले राजमार्गमा आन्दोलन गर्दा गोली हानियो, बाध्य भएर नाकामा आएका हौँ । यो हाम्रो मजबुरी हो ।’ वार्तामा सिंह चिन्तित मुद्रामा थिए । भेटवार्तापछि सिंहले भने, ‘उहाँहरूको कुरा सुनेपछि यो विषयको गम्भीरता बुझ्ने मौका पाएँ । यथाशीघ्र नेपालका दलहरू मिलेर यसको समाधान खोज्नुपर्छ ।’   सिंहसँगको भेट सकिएपछि मधेसी नेताहरू राष्ट्रवादी कंग्रेसका महासचिव तथा राज्यसभाका सांसद डिपी त्रिपाठीको निवास फिरोजसाह रोडमा पुगेका थिए । एक घन्टा लामो बैठकमा मधेसी नेताले संविधानको कुरा उठाए भने सरकारले मधेसीमाथि दमन गरेको आरोप लगाए । त्रिपाठीले पनि उनीहरूलाई सोधे, ‘सिमानामा किन अवरोध गरेको ?’ मोर्चाका नेताको जवाफ थियो, यो मजबुरी हो ।’ त्रिपाठीले मधेसको मुद्दा नेपालको आन्तरिक रहेको भन्दै उहीँ बसेर समाधान खोज्न सुझाब दिएको बताए । ‘नेपाल सरकार संविधान संशोधन गर्न तयार छ, उतै बसेर टुंगो लगाउनुस् । हाम्रो केवल सद्भाव छ,’ त्रिपाठीले भने ।   त्रिपाठीसँगको भेटपछि साँझ साढे ६ मा मधेसी नेताहरू माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येँचुरी भेट्न उनको पार्टी कार्यालय पुगेका थिए । भेटमा मोर्चा नेताले उही कुरा दोहोर्‍याए । उनीहरूले हरेकजसो बैठकमा जस्तै येँचुरीलाई पनि भने, ‘नाकाबन्दी भारतले होइन, हामीले बाध्य भएर गरेका हौँ । हामीमाथिको विभेद अन्त्य भए यो पनि अन्त्य हुन्छ ।’ भेटपछि येँचुरीले सञ्चारकर्मीसँग कुरा गर्दै मधेसको मुद्दामा भारतले दृष्टिकोण बनाउनुपर्ने बताए । उनले मधेसीमाथि अन्याय भएकोमा आफू सहमत भएको पनि उल्लेख गरेका थिए । येँचुरीपछि मधेसी नेता होटेल ताज पुगेका थिए । साँझ ८ बजे डिनर बैठकका लागि हैदरावाद हाउस पुगेका उनीहरू राति ११ बजे मात्रै त्यहाँबाट फर्किएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending