Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

प्रचण्ड, बाबुराम र देउवासँग भारतीय विदेशमन्त्री स्वराजले गोप्य सहमति गरेको खुलासा !

\"Sushma-Swaraj10\"काठमाडौं । राज्यसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री स्वराजले साता दिनभित्रै समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ईश्वरले चाहे भने अब पाँच–सात दिनमा निकास निस्किनेछ । हामी कामना गर्छौँ कि मधेसीलाई न्याय मिल्नेछ र कष्टमा परेका जनताका लागि सहज अवस्था सिर्जना हुनेछ । मैले मधेसी नेताहरूलाई भनेकी छु– वार्ता गरेर यो मामिला समाधान गर्नुस् । अब राजनीतिक सहमतिको वातावरण बनेको छ ।’ स्वराजले भनेकी छिन् ।   माथिल्लो सदन राज्यसभामा नेपालमाथि भारतले गरेको नाकबन्दीको विषयमा सदस्यहरुले तीव्र रुपमा प्रश्न उठाएपछि नेपाल प्रसिद्ध नेताहरुसंग कस्तो सहमति भयो र के कारणले नाकबन्दी गर्नुपर्यो भन्ने विषय यसरी जवाफ दिंदै खुलाएकी छिन्– नेपाली जनताले दुस्ख पाएका छन्, मधेसी जनता न्यायका लागि आन्दोलनमा छन् । नेपाल सरकार र मधेसीबीच वार्ताका लागि प्रोत्साहित गर्नुपर्छ, जसबाट एकातिर मधेसीलाई न्याय मिलोस्, अर्कातिर आपूर्ति नपाएर छटपटाएका नेपाली जनताको दुस्ख अन्त्य होस् । भारत र नेपालको सदीऔँको सम्बन्ध छ । ऐतिहासिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध छ । २०१४ सालअघि १७ वर्षसम्म भारतका प्रधानमन्त्री नेपाल गएनन्, २३ वर्षपछि संयुक्त आयोगको बैठकमा म गएँ । डेढ घन्टाको यात्राको देशमा १७ वर्षसम्म प्रधानमन्त्री नगएको अवस्थालाई तपाईंहरूले कसरी हेर्नुहुन्छ, थप बताउन चाहन्नँ । प्रधानमन्त्रीको भ्रमण भ्रमण मात्र थिएन, नेपालमा भारतमय वातावरण बनाइदिनुभयो संविधानसभामा बोलेर । उहाँले ऋषिमनले संविधान बनाउनुस् भन्नुभयो, बुद्धको देश शस्त्रबाट शास्त्रतिर गएको भन्नुभयो । हामी कुनै मित्रदेशलाई हस्तक्षेप गर्न चाहँदैनौँ । भूकम्पमा ६ घन्टाभित्र नेपाल पुग्ने देश भारत नै थियो । बिग ब्रदर हैन, इल्डर ब्रदर हो । ब्रिग ब्रदरको सोचाइ गलत हुन्छ, इल्डर ब्रदरको सहयोगी भावना हुन्छ । हामी त्यही भएर कम्बल लिएर भूकम्पपछि गयौँ, आफ्नै हातले बनाएको तातो रोटी खुवायौँ । यही हो हाम्रो इल्डर ब्रदर एटिच्युड । डाक्टर, औषधि, खाना, सबै दियौँ । भौगोलिक स्थिति, मित्रता, छिमेकको आवश्यकताका कारण भारतले सहयोग गरेको हो । दाता सम्मेलनमा एक अर्ब अमेरिकी डलर दियौँ । त्यसअघि नै एक अर्ब डलरको घोषणा गर्‍यौँ । यसरी दुई वर्षमा १२ हजार करोडको सहायता भारतले दियो । चार महिनायता नेपाल–भारत सिमानामा ११ हजार दुई सय ६ ट्रक रोकिएका छन् । हामीले फिर्ता बोलाएका छैनौँ किनभने नाकाबन्दी खुल्यो भने उनीहरू फेरि फर्किएर जानुपर्छ । दैनिक एक हजार ५० ट्रक वीरगन्जबाट र अन्य नाकाबाट चार सय पचासवटा जाने गरेकोमा रक्सौलबाट गएका छैनन् । आइतबार आठ सय ६४ गाडी गएका छन् । चार सय गाडी औषधि बोकेर गएका छन् । स्वास्थ्यमन्त्रीसँग कुराकानी गरेर आएकी छु । अस्पतालमा मानिस उभिएका छन् । उनीहरूलाई नाकाबन्दी कसले गरेको, नगरेको मतलब छैन । केवल औषधि चाहिएको छ । म मोदी सरकारको मन्त्री तपाईँको अगाडि उभिएर बोल्दै छु, मोदी सरकार र भारत अलग–अलग होइनन् । २४ घन्टाभित्र एयरलिफ्ट गराएर औषधि पठाउँदै छौँ । कमल थापाजी आउनुभएको थियो । मैले यो कुरा उहाँलाई पनि भनेँ । विदेश मन्त्रालय र दूतावास एकैसाथ मिलेर काम गरिरहेका छन् । नेपालमा हिन्दू राष्ट्रको माग चलिरहेको छ । प्रधानमन्त्री स्वयं गएर भनेका छन्– संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । अब कहाँबाट हिन्दू र राजाको कुरा आयो रु अन्तरिम संविधानमा राखिएको अधिकार पनि छिनियो । वैवाहिक अंगीकृतका लागि पहिला संविधानमा अधिकार मिलेको थियो । यताबाट ठूलो संख्यामा केटीहरू विवाह गरेर गएपछि वैवाहिक अंगीकृत नागरिकता राखिएको थियो । अब नयाँ संविधानमा यो व्यवस्था राखिएको छैन । समानुपातिक, समावेशी प्रतिनिधित्वको विषयमा पनि भेदभाव भएको छ । मनमा कुनै पनि प्रकारको बेचैनी राख्नु जरुरी छैन । सरकारलाई कुनै डर छैन । पूर्ववर्ती सरकार जसरी चलिरहेको छ, यो सरकार पनि त्यसैगरी चलिरहेको छ । नेपाल मामिलामा भारत डराउनुपर्ने कारण छैन । मधेस आन्दोलन चर्कियो भने हिंसा भड्किन सक्छ भन्ने हाम्रो पनि चिन्ता छ । विद्या भण्डारी, बाबुराम भट्टराई, प्रचण्ड, शेरबहादुर देउवा आउनुभयो । म आफैँले जुनमा कुरा गरेँ । हामी इन्गेज्ड थियौँ संविधान बन्नुअघि । जनवरीदेखि अगस्टसम्मको कुरा हो । अगस्टदेखि सेप्टेम्बरसम्म के भयो रु दुई दिनको बीचमा विनाबहस, निष्कर्ष नयाँ संविधान पारित भयो । २००७ मा मधेसीले पाएको अधिकार हटाएर विनाबहस संविधान पारित भयो । हामीले भन्यौँ कि भोलि यहाँ आन्दोलन चर्कियो भने भारतमा असर पर्न सक्छ । किनभने सिमानामा हामी शान्ति चाहन्छौँ । संविधान जारी हुनुअघि हामीले गएर जे भनेका थियौँ, संविधान बनेपछि त्यही भयो । अशान्ति भयो । त्यसकै कारण संविधान संशोधनको विधेयक पेस भयो । संसद्मा सुशील कोइरालाजीको सरकारले टेबल गरेको थियो । यदि अघिल्लो संविधानमा राखिएको अधिकार भएको भए मधेसीको आन्दोलन हुनेवाला थिएन । सुशील कोइरालालाई पनि यो रियलाइज भयो, त्यसकारण उनले संशोधनको प्रक्रिया अघि बढाए । एकातिर नेपाल स्वतन्त्र देश भन्ने, अर्कोतिर त्यहाँको समस्यामा भूमिका निर्वाह गरेन भनेर सरकारलाई गाली गर्ने रु नेपाल स्वतन्त्र देश हो । शुभचिन्तकका नाताले हामी सुझाब दिन्छौँ । नेपालमा अशान्ति भयो भने भारतलाई पनि असर पर्छ भनेर सहमतिको बाटो निकालौँ भनिरहेका छौँ । हामीले नाकाबन्दी होइन, नेपालकै मानिसले गरिरहेका छन् । अन्तरिम संविधानको अधिकार पुनस्र्थापित गर्न त्यहाँका मधेसीले आन्दोलन गरिरहेका छन् । जहाँ मधेसी बसिरहेका छन्, गोली चलाएर उनीहरूलाई मारेर नाका खुल्ने रु होइन भने वार्ता गरेर समाधान निकाल्ने । यस्तो खराब अवस्था पहिलोपटक थिएन । राजीव गान्धीका वेला १३ महिनासम्म नाकाबन्दी भएको थियो । त्यसकारण यो समस्या पहिलोपटक आएको होइन । अब ईश्वरले चाहे भने पाँच–सात दिनमा निकास निस्किनेछ । हामी कामना गर्छौँ कि मधेसीलाई न्याय मिल्नेछ र कष्टमा परेका जनताका लागि सहज अवस्था सिर्जना हुनेछ । मैले यो कुरा नेपालका उपप्रधानमन्त्री कमल थापा र मधेसी नेताहरूसागको कुराकानीका आधारमा भनिरहेकी छु । कमल थापा आउादा मलाई विश्वास दिलाउनुभयो– वार्ताबाट समाधान गर्छौँ । मधेसी नेताहरू आए । मैले भनेँ– वार्ता गरेर यो मामिला समाधान गर्नुस् । अब राजनीतिक सहमतिको वातावरण बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE