Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नाकाबन्दीकमा विषयमा भारतको राज्यसभामा सरकारको तीव्र आलोचना

\"rajyasava\"काठमाडौं । नेपालमाथि लगाइएको नाकाबन्दीका कारण भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारको चर्को आलोचना भएको छ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भारतीय राज्यसभामा सोमबार नेपालसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि बहस गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस, जनता दल युनाइटेड, बिजु जनता दल र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका सभासद्ले नेपालमाथि लगाइएको नाकाबन्दी र भारत सरकारको नेपाल नीतिको चर्को बिरोध गरेका हुन्।तीन घण्टासम्म चलेको बहसमा राज्य सभाका सदस्यहरुले नेपालको संविधान निर्माण, सार्वभौमसत्ता र आन्तरिक राजनीतिमा हस्तक्षेपसँगै प्रधानमन्त्री मोदीले नाकाबन्दी लगाएको भन्दै त्यसलाई तत्काल हटाउन माग पनि गरे।   कांग्रेसका सभासद् मणिशंकर ऐयरले अहिले नेपालमा भारतले नभई नरेन्द्र मोदी नेतृत्वको सरकारले नाकाबन्दी लगाएको बताए। उनले नेपालको संविधानबारे भारतले दिएको सुझावलाई बाध्यात्मक रूपमा लागू गर्नैपर्छ भन्ने मोदी सरकारको नीति उचित नरहेको पनि बताए। नेपालका मधेसीले संविधान बहिष्कार गरेको भनाइप्रति उनले आपत्ति जनाए।   ‘एक सय १६ निर्वाचित मधेसी सभासद्मध्ये एक सय ६ जना सभासद्ले संविधान अनुमोदनका पक्षमा हस्ताक्षर गरेका छन्। अब भन्नुस्, मधेस आन्दोलन कसले चलाइरहेको छ ? कसले मधेसको प्रतिनिधित्व गरेको छ ? ११ जना निर्वाचित मधेसी सभासद्ले मात्र संविधानमा हस्ताक्षर नगरेका हुन्।   उनीहरूमात्रै आन्दोलनमा हो । अहिले दिल्ली आएकामध्ये तीनजना पनि चुनाव हारेका हुन्\' ऐयरले भने। उनले विदेश सचिव एस जयशंकरलाई संविधान जारी गर्ने अन्तिम समयमा नेपाली नेतामाथि दुव्र्यवहार गर्न भारत सरकारले नेपाल पठाएको भनेर प्रश्न पनि गरे। ‘सन् १९४९ मा भारतको संविधान रोक्न कोही विदेशी प्रतिनिधि आएर राष्ट्रिय सहमति गर भनेको भए के हुन्थ्यो रु हामी स्वीकाथ्र्यौं ? हामीले एक सय २२ पटक संविधान संशोधन गरेका छौं भने नेपालले संविधान किन संशोधन गर्न सक्दैन भनेर हामी अविश्वास गर्नेरुु उनले भने। पाँच सय सभासद्ले अनुमोदन गरेको नेपालको संविधानलाई भारतले स्वागत गर्नुपर्ने उनको भनाइ थियो। भारतीय विदेशमन्त्री सुषमा स्वराजले प्रस्ताव गरेजस्तै सर्वदलीय टोली नेपाल पठाउनु सार्थक नहुने भन्दै ऐयरले बरु त्यसको साटो डा। करण सिंहजस्ता व्यक्तिलाई नेपाल पठाउन आग्रह गरेका थिए। कांग्रेस आईका सभासद् करण सिंहले नेपालमा अहिले नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न भएको भन्दै दुःख व्यक्त गरे। \'औषधि, इन्धन र खाद्यान्न सहज नहुँदा महिला, वृद्ध, बालबालिका सबै पीडित छन्\' सिंहले भने, \'भारत सरकारलाई म आग्रह गर्न चाहन्छु, जहाजबाट पनि हामीले औषधि र इन्धन पठाउने व्यवस्था मिलाउनुपर्छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending