Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

धोती र टोपीको लडाईंले एक ‘दिन धोती न टोपीका हुन्छौं’ – पूर्व राष्ट्रपति यादवकी छोरी

\"anitaकाठमाडाैं । पूर्व राष्ट्रपति डा. रावरण यादवकी छोरी अनिता यादवले नेपालमा पछिल्लो समय देखिएको समस्याप्रति चिन्ता जनाउँदै आजको नागरिक दैनिकमा आफ्नो लेखमा यस्तो लेखेकी छिन्– धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ। वैशाखमा ठूलो भूकम्प गयो, विश्वभरका मानिसले हामीप्रति समवेदना प्रकट गर्दै सहयोग गरे। इतिहासकै त्रासदिपूर्ण त्यो दुखद् घडीमा कसैले यो सोधेन कि तिमी पहाडे हौ ? मधेसी हौ ? थारू हौ ? दलित हौ ? त्यति बेला एकमात्र भावना थियो हामीबीच– नेपालीको, मानवताको। टोलको चौरमा एउटै टेन्टमुनि पहाडे, मधेसी, बाहुन, दलित सबै मिलेर बसेका थियौँ, दुःख सुख मिलेर बाँडेका थियांै। के त्यतिबेला टेन्टमुनि एक भएर आश्रय लिएजस्तै हामी एक देशभित्र एक भएर बस्न सक्दैनौँ  ? म कुनै दल वा पार्टीसँग सरोकार राख्दिन। म मानव हुँ, महिला हुँ, एसियन हुँ, साउथ एसियन हुँ, नेपाली हुँ, मधेसी हुँ, जनकपुरको यादव हुँ ! । म मानवताका लागि लडाइँ गरुँ कि जात र वर्गका लागिर ? ल तपाईं नै भन्नुहोस्, सकारात्मक सोचका लागि हामी तलबाट माथि जाने कि माथिबाट तल ओर्लनेर ?मेरो मधेसीपन, मधेसी संस्कार, मधेसी संस्कृति र यादव थर कसैले खोसेर लान सक्दैन तर अरु धेरै कुरा छन् जो हराएर, बेचिएर, टुक्रिएर जान सक्छन्। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्योभन्दा पनि बढी गर्व नेपाली हुनुमा छ। आजकल कता–कता नेपालै नरहला कि भन्ने मलाई एकदमै चिन्ता हुन्छ। सबै जाति मिलेर बसेका छौं त्यही नै रमाइलो छ। एउटै टेबलमा दशथरि विचार आउनु त्यही राम्रो हो। तर, काटमार, गोलीगठ्ठा र द्वन्द्वले केही परिवर्तन आउँदैन्। विचारले मान्छे ठूलो हुने हो। राजनीतिले हामीलाई प्रभाव त पार्छ नै। म सामाजिक विज्ञानको विद्यार्थी भएकाले पनि समाजमा राजनीतिको प्रभावबारे राम्रो जानकारी राख्छु। अहिले तराईमा भइरहेको घटनाले मन रोइरहेको छ। स्वाधीनता, राष्ट्रिय एकता र सार्वभौमसत्ताको नाममा देशमा कतै मानवीयता त हराएको छैन ? जनतालाई ढाँट्ने, देश चिर्ने, जातीय विखण्डनतर्फ लाने, टुक्र्याउनेखाले काम अब पर सारौं। त्यस्ता व्यक्तिलाई समाजबाट तिरस्कार गरौँ। संसार फैलने क्रममा भए पनि नेपाल भने खुम्चने क्रममा अघि बढिरहेछ। ल तपाईं नै भन्नुहोस्, विश्वमा फैलिने कि सानो सानो प्रदेशमा खुम्चने ? देश रहे न जनता रहन्छ, नेपाल रहे न नेपालीत्व रहन्छ। त्यसैले आज मेरो देश छ र त म छु। म नेपाली छु र त मेरो नेपाल देश छ। मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो। अब त एक होऔं हामी सबै नेपाली। केही गरौँ समाज अनि देशका लागि। मुलुक सत्य, शान्ति, अहिंसा र मेलमिलापको बाटोमा अगाडि बढेमात्र अहंकार, हिंसा, विध्वंश, भय, त्रास हराउँदै जानेछ। कसैले पनि आफ्नो स्वार्थका लागि मात्र राजनीति गर्ने बानी त्याग्नुपर्छ। एउटा जाति समुदायको मात्र नेता हैन, राष्ट्रको नेता बन्न कोसिस गर्नुहोस्। वंश र जातले मान्छे राम्रोरनराम्रो हुँदैन। उसको कार्यले मात्र हुन्छ। त्यसैले साम्प्रदायिक घृणालाई संस्थागत नगरौं। जीवनलाई सुन्दर फूलका रूपमा हेरौं। मधेस आन्दोलन र नेपालीपन तीन महिनायता देश इतिहासकै कठिन मोडमा छ। मधेसमा अधिकार प्राप्तिको आन्दोलन चलिरहेको छ तर नागरिकको मागप्रति सरकारको संवेदनशीलता देखिएन। के मधेसमा बगेको रगतको कुनै मूल्य छैनरु के मधेसी नेपाली होइनन्रु उनीहरुमा पनि नेपाली आमाकै रगत बगेको छ। रगत नेपालीकै हो चाहे त्यो हिमालमा बगोस्, मधेस वा पहाडमा बगोस्। यदि तपाईं सच्चा नेपाली हुनुहुन्छ भने यो समय चूप लागेर बस्ने होइन। उत्पीडितहरुको पक्षमा आवाज उठाउनु हाम्रो दायित्व हो, चाहे त्यो जुनसुकै वर्ग होस्। हुन सक्छ, केही मधेसी मूलका नेताको सोच नेपाली छैन होला तर यो बुद्ध जन्मेको देशमा लासको राजनीति कुनै हालतमा सही छैन। १७ हजारले ज्यान गुमाए र अझै गुमाउँदैछन्। त्यसको बीउ रोप्नेहरुलाई के भन्ने ? आन्दोलनमा मर्ने त आखिर सामान्य नेपाली जनता नै हुन्। भोलि यो आगो अन्त पनि नसल्केला भन्न सकिन्न। कहिले सिमाना, कहिले धर्म, कहिले जातका लागि नेपालमा कहिलेसम्म रगतको खोला बगाउने ?यो कस्तो लोकतान्त्रिक अभ्यासरु मर्नेरमार्ने क्रमले समाधान हैन, देशलाई झनै समस्यामा धकेल्छ। त्यो कसैको हितमा छैन। अतः युद्ध होइन, बुद्ध मन लिएर सबै एकजुट भएर वर्तमान समस्याको समाधानमा लाग्नुपर्छ। मधेसी, पहाडी, हिमाली, जनजाति, महिला सबै नेपालका जनता हुन्। सबैका लागि लडौं, सबैलाई अंगालौं। नश्लवादी र क्षेत्रवादी सोचाइ देशको एकता र निष्ठाका लागि धेरै घातक थियो, छ र हुनेछ। हिजो के भयो भन्दा पनि आज के हुँदैछ र भोलि के हुनुपर्छ भन्ने विषयमा बढी केन्द्रित भए सबै क्षेत्र र वर्गलाई लाभ हुनेछ। प्रदूषित सोचाइबाट समाजलाई बचाउन जरुरी छ। त्यसैले जातीयता होइन, आत्मीयता खोजौँ। साम्प्रदायिकता र क्षेत्रीयता होइन, राष्ट्रियता रोजौँ। परिवर्तनको मेरो चाहना समाजसेवा निस्वार्थ भावनाले समाज परिवर्तनका लागि गरिन्छ। त्यसैले आशा छ, मेरो सानो प्रयासले समाज केही परिवर्तन गर्न सक्छु होला। जसले अरुको दुःख देख्न सक्दैन, जसको हृदय अरुको दुःख देखेर द्रवित हुँदैन, त्यो मानिसले मानवीय गुण हराएको हुन्छ। मैले कल्पना गरेको समाजमा पुग्न धेरै कोसिस गर्न बाँकी छ। त्यसैले मेरो कोसिस जारी रहनेछ। आज यो देशलाई पदको महत्व नराख्ने महात्मा गान्धी, मदर टेरेसा, मार्टिन लुथर किङ्ग जस्ता नेता आवश्यक छ। मसँग थुप्रै विकल्प थिए तर मैले पैसाभन्दा आवेग रोजेँ। उदासीनताभन्दा सहानुभूति रोजेँ। मैले तीक्ष्णता भन्दा प्रेम रोजेंँ। घृणाभन्दा मुस्कान रोजेँ। आफ्नो खुसीका साथै एक गरिब दुःखीको ओठमा मुस्कान हेर्ने चाहना र मेरो कोसिस सधैँ रहनेछ र त्योभन्दा पनि बढी उनीहरुको मुस्कानको कारण बन्न चाहन्छु। हातमा हात मिलाउँ काँधमा काँध मिलाऊँ जातीयता हैन, आत्मीयता बढाउँ रिस राग होइन, माया र स्नेह बाँड्न सिकाऔं हिंसा होइन, शान्ति अपनाउँ एकचोटि बुद्ध तिमी फेरि आऊ नेपाल र नेपालीलाई बचाऊ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE