Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

एमाओवादी बैठकमा प्रचण्डले रुलिङ गर्नुपर्ने अवस्था किन आयो ?

\"prachanda\"काठमाडाैं । प्रभाव र दबाबका कारण आफ्नो स्वार्थमा केन्द्रित भएको आरोप लागेका एमाओवादीका वरिष्ठ नेताहरूप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट देखिएका छन्। अन्नपूर्ण पोष्टमा खबर छ–केन्द्रीय नेताहरूले वरिष्ठ नेताहरू बस्ने खाली सिट देखाउँदै दबाब र प्रभावमा पार्ने नेताहरूले बैठकमा देखाएको उदासीनताप्रति आक्रोश पोख्न थालेपछि सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले रुलिङ गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्।   \'जुन परिवेश र सन्दर्भमा बैठक बसिरहेको छ, त्यो बैठकमा अनुपस्थित रहने, ढिला आउने, चाँडो हिँड्ने प्रवृत्तिले बैठकको ओज र गरिमालाई पक्रन चुकेको अनुभव मैले पनि गरेको छु। आफ्ना कुरा राख्नेमात्रै अनि अरूका कुरा सुन्ने धैर्य नराख्ने हो भने बैठकको जरुरी नै किन पर्‍यो र ?\' उनले भने ।   संसद्मा जस्तो बाहिर जाँदा अनुमति लिनु पनि छैन, पदाधिकारी र स्थायी समितिका कमरेडहरू गम्भीर भइदिनु होला,ु प्रचण्डको रुलिङ उद्धृत गर्दै एक नेताले भने।प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा बोल्ने नेताहरूले केही दिनदेखि निरन्तर स्थायी समिति सदस्य र पदाधिकारीले देखाएको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै आएका थिए। बैठकमा सबैभन्दा कम उपस्थित हुने स्थायी समिति सदस्यसमेत रहेका गृहमन्त्री शक्ति बस्नेतको आलोचना भएको थियो। बैठकमा सचिव टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल पनि ढिलो आउने र चाँडो हिँड्ने नेतामा पर्छन्। रायमाझी ऊर्जा मन्त्री हुन् भने पोखरेल शिक्षामन्त्री हुन्। पार्टीका कोषाध्यक्षसमेत रहेका कृषिमन्त्री हरिबोल गजुरेल र वनमन्त्री रहेका स्थायी समिति सदस्य अग्नि सापकोटाको पनि नेताहरूले आलोचना गरे। सचिव वर्षमान पुन भने अस्वस्थताका कारण पहिलो दिनपछि बैठकमा जान सकेका छैनन्। त्यसैगरी स्थायी समिति सदस्य जनार्दन शर्मा पनि बैठकमा पूरै अवधि बसेको देखिँदैन। नेताहरूको रूपान्तरणबिना पार्टी अगाडि बढ्न नसक्ने, रूपान्तरण नेतृत्व तहबाट हुनुपर्ने, पार्टीको आर्थिक प्रणाली पारदर्शी बनाउनुपर्ने, नेताहरू जनता र कार्यकर्ताको घेरामा बस्नुपर्ने, समाजवादी कार्यदिशा प्रस्ट्याउनुपर्ने जस्ता तर्क नेताहरूले गर्दै आएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending