Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मधेसी मोर्चालाई भाजपा नेताको सुझाव – ‘पहाड – मधेस नछुट्टयाई प्रदेश बनाऊ ’

\"bhagat_singh_Kosiyari\"काठमाडौं । भारतीय जनतापार्टी ( भाजपा ) का उपाध्यक्ष भगतसिंह कोस्यारीले पहाड – मधेस नछुट्टयाई प्रदेश बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सुझाव दिएका छन् । मुलुक र जनता विरुद्ध नाकाबन्दी लगाएर दिल्ली भ्रमणमा रहेका भारमध्ये एक नेतासँगको भेटमा कोस्यारीले सो सुझव दिएका हुन । आजको राजधानी दैनिकमा खबर छ – मोर्चा घटक संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मंगलबार सत्तरुढ दल भाजपा उपाध्यक्ष कोस्यारीसँग एक घण्टा लामो वार्ता गरेका थिए । सो वार्तामा कोस्यारीले मधेस र पहाड छुट्टयाउने काम राष्ट्रको हितमा नभएको समेत प्रष्ट पारे । ‘ पहाड – मधेस नछुट्टयाइ प्रदेश बनाउनु पर्छ , त्यसै गर्नोस , एक बाट अलग गरी प्रदेश बनाउने काम नेपालको हितमा हुँदैन ,’ यादवसँग कोस्यारीको भनाइ थियो । उनले झापा , मोरङ , सुनसरी तथा कैलाली कञ्चनपुरलाई पहाडी प्रदेशमै रहने गरी मधेस प्रदेशमा नमिसाउन समेत यादवलाई सुझाव दिएका थिए । नेपाल मामलामा निकै जानकार मानिएका कोस्यारीले आफ्नो इगो पुरा गर्नका लागि मुलुकलाई प्रयोगका रुपमा लैजान नहुने भन्दै सो आग्रह गरेका  थिए । मोर्चाले भने यी पाँच जिल्लालाई पनि मधेस प्रदेशमै राख्नुपर्ने माग गर्दै आएको छ । उनले नाकाबन्दी खोली आपूर्ति व्यावस्था सहज गर्न पनि यादवलाई सुझाव दिएका थिए । ‘आपूर्ति असहज बन्दा नेपाली जनताले दुः ख पाएका छन् , यसलाई मनन गर्दै तपाईहरुले तत्कालै नाकाबन्दी खोल्नुपर्छ ,’ यादवसँग कोस्यारीको भनाइ उद्धृत गर्दै उनीसँगै दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले भने , तपाईहरुको आन्दोलनले हामीमाथि ठुलो व्लेम लाग्यो , भारतलाई थप बदनाम बनाउने काम नगर्नोस । आफ्नो आन्दोलनलाई भारतीय समर्थन जुटाउन दिल्ली पुगेका मोर्चाका नेतालाई भारतीय नेताहरुले शान्तिपुर्ण तवरले आफ्ना माग पुरा गराउन भन्दै तत्काल नाकाबन्दी हटाउन सुझाव दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending