Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

दुगडको कालोबजारी मुद्दा कमजोर बनाउन सीडीओ र एआईजी सक्रिय

\"CDO-Ek-Narayan-Aryal-700-1\"काठमाडौं । काठमाडौं प्रहरीले कालोबजारीको आरोपमा पक्राउ गरेर हिरासतमा राखेका अभियुक्त तथा फरारहरुलार्ई उन्मुक्ति दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी प्रतापसिंह थापा व्यापक सक्रिय भएको स्रोतले जानकारी दिएको छ । नेपालको शक्तिशाली व्यापारिक घरानाको रुपमा परिचित केएल दुगड ग्रुुपबाट उत्पादित विभिन्न ब्राण्डका खानेतेल तथा अन्य खाद्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरेर अस्वाभाविक तरिकाले मूल्यवृद्धि गर्दै कालोबजारीलाई प्रश्रय दिएको आरोपमा उक्त ग्रुुपको काठमाडौं जडीबुटीस्थित बिक्रीकेन्द्रमा महानगरीय प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले छापा मारेर लुकाइराखेको अवस्थामा करिब डेढ लाख लिटर खानेतेलसहित दुई कर्मचारीलाई पक्राउ गरेर कालोबजारी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको एक हप्ता बित्न नपाउँदै सीडीओ अर्याल र एआईजी थापाले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलार्ई उक्त मुद्दा छिटो अदालतमा पेस गरिदिनु भन्दै  दबाब दिएको काठमाडौं प्रहरी स्रोतको दाबी छ ।   आजको आर्थिक दैनिकमा मदन भण्डारीको खबर छ –स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले कसैको अनुचित दबाब नटेर्ने भएकाले नेपाल प्रहरी तथा गृह मन्त्रालयका कुनै पनि वरिष्ठ अधिकारीहरुले एसएसपी थापालाई दबाब दिन अथवा भनसुन गर्न आँट गर्दैनन् । सोही कारण सीडीओ अर्याल र एआईजी थापाले सिधै उनलार्ई नभनी उनीभन्दा तल्लो तहका प्रहरी अधिकारीहरुलार्ई फोन गरेर उक्त मुद्दाका फरारहरुलार्ई पक्राउ नगरी जतिसक्दो छिटो जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्न दबाब दिएको खुल्न आएको छ । स्रोतका अनुसार एआईजी थापाले उनी मातहत रहेको काठमाडौं प्रहरीले कालोबजारीविरुद्ध व्यापक अपरेसन सञ्चालन गर्दा प्रहरी अधिकारीहरुलार्ई स्याबासी दिनुको सट्टा उल्टै दोषीहरुलार्ई उन्मुक्ति दिने खेलमा लागेपछि काठमाडौं प्रहरीपरिसरका अधिकृतहरु आश्चर्यचकित भएका छन् ।   विगतमा व्यापक दबाबका बीच युनिटी ठगीकाण्ड तथा नेपाल आयल निगमको इन्धन डिपो भलबारी रुपन्देहीको तेल चोरीकाण्डका आरोपीहरुलार्ई कानुनी कारबाहीमा ल्याउन कुनै कसर बाँकी नराखेका एसएसपी थापाले दुगड ग्रुुपको उक्त मुद्दामा समेत कुनै हालतमा लचिलो नहुने संकेत गरिसकेका छन् । तपाईंलार्ई दुगड ग्रुुपको मुद्दा कमजोर बनाउन र फरारहरुलार्ई पक्राउ नगरी अदालतमा छिट्टै बुझाइदिन दबाब आएको छ रे नि ? माथिबाटै दबाब आएपछि उक्त मुद्दाको अनुसन्धान प्रभावित त हुँदैन ? भन्ने सम्वाददाताको प्रश्नमा एसएसपी थापाले आफूू एक इन्च पनि कानुनविपरीत काम नगर्ने भएकोले उक्त मुद्दाको विषयमा कसैले त्यस्तो दबाब नदिएको जिकिर गरे । “व्यापारिक आवरणमा जनताको रगत पसिना चुसेर किर्नाजस्तै मोटाएका यिनीहरु देशका ठूूला अपराधी हुन्, यस्ता अपराधीहरुले उन्मुक्ति पाउने गरी छुट दिन वा तिनीहरुसँग मैले कुनै सम्झौता गर्नेवाला छैन’, एसएसपी थापाले भने ।  उनले अपराधीहरुलार्ई कानुनी कठघरामा उभ्याउने क्रममा भविष्यमा आउनसक्ने दबाबसँग आफूूलार्ई  कुनै मतलब नरहेको बताउँदै फरार रहेकालाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको र मुद्दा अनुसन्धानको लागि प्रहरीले पाउने समयसीमाभित्र उत्कृष्ट अनुसन्धान गरेर दोषीहरुलाई हदैसम्मको सजायं दिलाउन आफूू प्रतिबद्ध रहेको बताए ।   उता कालोबजारी नियन्त्रणमा सक्रिय हुनुपर्नेमा प्रमुख जिल्ला अधिकारी नै दोषीहरुलाई उन्मुक्ति दिलाउन सक्रिय तरिकाले लागिपरेको विषयमा प्रतिक्रिया लिँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले दोषीलार्ई उन्मुक्ति दिलाउने विषय आफूूले सोच्न पनि नसक्ने बताउँदै आफ्नो बचाउको प्रयास गरे  । उनले दुगड ग्रुुपमा छापा मार्ने विषय काठमाडौं प्रहरी प्रमुख र आफ्नो सहकार्यमा भएको भन्दै दोषीहरुलार्ई उन्मुक्ति दिलाउन कोही÷कसैलार्ई दबाब नदिएको र कालोबजारी नियन्त्रणमा आफूू प्रतिबद्ध रहेको बताए भने कालोबजारीको आरोपमा पक्राउ परेका तथा फरारहरुलार्ई कानुनी कठघरामा उभ्याउन आफूमातहतको निकायलार्ई आवश्यक निर्देशन दिनुुपर्नेमा छिटो मुद्दा पेस गर्न दबाब सिर्जना गरेर अनुसन्धानमा संलग्न अधिकारीहरुको मनोबल गिर्ने गरी ‘लबिङ्ग’ गरेको विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिनखोज्दा एआईजी थापाले फोन ‘रिसिभ’ गरेनन् ।   काठमाडौं प्रहरी स्रोतका अनुसार एसएसपी थापाले उक्त मुद्दामा फरार भएर भारतमा लुक्दै आएका उक्त ग्रुुुुुुपका सञ्चालक किशनलाल दुगड र म्यानेजिङ डाइरेक्टर नरेश दुगडलाई पक्राउ गरेर नेपाल ल्याउन काठमाडौं प्रहरीको विशेष टोली भारततर्फ गइसकेको समेत खुल्न आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending