Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

मोर्चाका नेता भन्छन्–अब बल सरकारको कोर्टमा छ

\"Madhesiकाठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले मधेसमा जारी आन्दोलनको बल सरकारको कोर्टमा रहेको बताएका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ –सरकारले मधेस आन्दोलनका ११ बुँदे मागलाई जति चाँडो सम्बोधन गर्छ त्यति नै चाँडो समस्याले निकास पाउने उनीहरूको भनाइ थियो। चारदिने भारत भ्रमण सकेर मोर्चाका नेता बुधबार राति स्वदेश फर्केका छन्। उनीहरूले समस्या समाधानका लागि वार्तामा बस्न आफूहरू तयार रहेको पनि बताए ।   आफूहरूले भारतसमक्ष कुनै माग राखेको नभई आफ्ना कुरामात्र राखेको उनीहरूले बताए । तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले केही दिनअघि भारत भ्रमण गरेका परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग राखेका विकल्पका बारेमा नयाँदिल्लीमा वार्ता भएको जानकारी दिए ।   नयाँदिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेस आन्दोलनमा भारतको नाम मुछेर सरकारले मधेसका मुद्दा आझेलमा पार्न खोजेको भन्दै आफूहरूले यसबारे प्रस्ट पार्ने काम गरेको बताए। उनले भने, ‘मुलुकमा विद्यमान नाकाबन्दी भारतको कारणले भन्दा पनि मोर्चाको आन्दोलनबाट भएको हो ।’   भारतीय विदेशमन्त्री स्वराजले मोर्चालाई पराराष्ट्रमन्त्री थापाले राखेको प्रस्तावमा सहमत भए सम्झौता गर्नु अन्यथा वार्ताबाट मुलुकलाई निकास दिनू भन्ने सुझाव दिएको पनि ठाकुरले बताए।सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending