Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

हिरासतमा रहेका दुगड ग्रुुपका अभियुक्तसँग इन्स्पेक्टरले टेलिभिजन उपहार लिए

\"uddhavकाठमाडौं । कालोबजारीको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तसँग महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर उद्धवसिंह भाटले टेलिभिजन उपहार लिएको रहस्य सार्वजनिक भएपछि काठमाडौं प्रहरीमा खैलाबैला मच्चिएको छ ।  काठमाडौं प्रहरी कालोबजारीविरुद्ध आक्रामक बन्दै गइरहेको समयमा सोही मातहतको प्रहरी कार्यालयका प्रमुखले थुनामा रहेका प्रतिवादीसँग टेलिभिजन उपहार लिएको सूूचना काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापासँग पुगेपछि इन्स्पेक्टर भाटमाथि छानबिन सुरु भएको महानगरीय प्रहरीपरिसर स्रोतले बताएको छ ।   आजको आर्थिक दैनिकमा खबर छ –स्रोतका अनुसार गत बिहीबार कोटेश्वरको जडीबुटीस्थित केएल दुगडको बिक्रीकेन्द्रमा महानगरीय प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्तले नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले खानेतेलमा कालोबजारी गरेको आरोपमा पक्राउ गरेका अमर जैन र प्रमोदराज अधिकारी पक्राउ गरेर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट कालोबजारी मुद्दामा म्याद थप गरी हिरासतमा राखेको थियो । बानेश्वर वृत्तले पक्राउ परेका जैन र अधिकारीलार्ई वृत्तको हिरासतमा ठाउँ अभावका कारण थुनामा राख्न कोटेश्वर प्रभागमा पठाएकोमा प्रभागका इन्चार्ज इन्स्पेक्टर भाटले हिरासतमा रहेका तिनै प्रतिवादीहरुलार्ई सुविधाको नाममा एलईडी टेलिभिजन किन्न लगाएका थिए ।   स्रोतका अनुसार इन्स्पेक्टर भाटले आर्थिक प्रलोभनमा परेर दुगड ग्रुुपका दुई अभियुक्तहरुलार्ई पुरुष हिरासत कक्षमा प्रशस्त ठाउँ हुँदाहुँदै महिला कक्षमा राखेर हिरासतलाई नै ससुरालीजस्तै बनाइदिएको प्रहरी स्रोत बताउछ । उनले  हिरासतमा रहेका प्रतिवादीलाई किन्न लगाएर टेलिभिजन मंगलबार अपराह्न कार्यालयको ड्युुटी अधिकृत कक्षमा जडान गरेका थिए । इन्स्पेक्टर भाटले थुनामा रहेका प्रतिवादीसँग टेलिभिजन उपहार लिएर आचरणविपरीत काम गरेको सूूचना काठमाडौं प्रहरी प्रमुख एसएसपी थापाले उक्त विषयमा छानबिन सुरु गर्न महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डीएसपी दान बहादुर कार्कीलाई निर्देशन दिएपछि डीएसपी कार्कीले इन्स्पेक्टर भाटलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लिखित निर्देशन दिएको स्रोतले बताएको छ ।   स्रोतका अनुसार इन्स्पेक्टर भाटले उक्त टिभीको कारण आफ्नो जागिर नै धरापमा पर्ने बुझेपछि मंगलबार साँझ हतार–हतार जडान गरिएको टिभी खोलेर प्रतिवादीहरुका आफन्तहरुको जिम्मा लगाएका थिए । उक्त विषयमा इन्स्पेक्टर भाटसँग टेलिफोनमार्फत प्रतिक्रिया लिनखोज्दा कहिले आफूूले कार्यालयमा टिभी ल्याउँदै नल्याएको त कहिले प्रहरी कर्मचारीहरुको तलबबाट काटेर थुनुवाहरूको मानवअधिकारको रक्षाको लागि टिभी किनेको बताए । प्रतिक्रियाको क्रममा उनले भने, ‘नेपालका वरिष्ठ पत्रकारहरु रविन्द्र मिश्र र विजय कुमार पाण्डेसँग मेरो राम्रो सम्बन्ध छ, म आईजीपी साबको मान्छे हुँ, मलाई बानेश्वरको डीएसपी साबले केही कारबाही गरे भने मलाई पनि उनका कमजोरी सबै थाहा छ, ती सबै घटना बाहिर ल्याइदिन्छु, मेरो आईजीपीसँग राम्रो सम्बन्ध छ, कोटेश्वर हाजिर हुन आउँदाको अघिल्लो दिन आईजीपी साबलार्ई भेटेर आएको हुँ, तपाईँहरुले मलाई केही गर्न सक्नुहुन्न, तपाईँले गर्नसकेको तपाईँ गर्नुस्, मैले गर्नसकेको म गर्छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending