Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

भूकम्पपीडितको कोटामा प्रचण्डकी नातिनी र नातागोता !

\"Syayambhu_1-640\"काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितका नाममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीलगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन्। सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकन भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन्। अाजकाे कान्तिपुर दैनिकमा खबर छ– भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष प्रचण्डकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टि केसी, सन्ध्या केसी र प्रतिमा पाठक छन्। यस्तै, पार्टी केन्द्रीय सदस्य अञ्जना विसंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवं जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी पनि छन्। मन्त्री बस्नेतका गाडी चालक किरण बोगटी र मन्त्री पत्नी सत्या पहाडीकी फुपूका छोरा सूर्य गुरुङकी पत्नी पनि चीन सयर गर्दै छन्। स्रोतका अनुसार चीनले भूकम्पीय क्षेत्र कुन्मिङ र छेन्दुङको अवलोकनका लागि निम्तो पठाएको थियो। १४ जिल्लाबाट ४ जनाका दरले छनोट गरिए पनि बाँकी कोटामा पार्टी नेता तथा गृहका कर्मचारीका आफन्त छानिएको छ। टोली शुक्रबार चीन जाने र पुस २ मा स्वदेश फर्किने कार्यक्रम छ। मन्त्रीको सचिवालयमा पासपोर्ट लिन आएकी धनगढीकी जयन्ती जोशी चीन घुम्न जान पाएकोमा निकै खुसी देखिइन्। भूकम्पपीडितको नाममा आएको कोटामा जान लागेको बारेचाहिँ आफूलाई जानकारी नभएको उनले बताइन्। अखिल क्रान्तिकारीका सीटीईभीटी एकाइ कमिटी अध्यक्ष सुरजसिंह ठकुरी पनि टोलीमा परेका छन्। उनी चितवन निवासी हुन्। सचिवालयका शाखा अधिकृतद्वय धर्मराज न्यौपानेकी छोरी सवनम र चित्रजंग शाहीका छोरा अनमोल पनि परेका छन्। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले दुई देशका युवाबीच भूकम्पबाट बच्ने उपायबारे विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको बताए। तर, पार्टी कार्यकर्ता र कर्मचारीका नातागोता छनोट भएका बारे भने उनले अनविज्ञता प्रकट गरे। अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अध्यक्षकी नातिनी छनोट भएको बारे थाहा नभएको बताए। भूकम्प अति प्रभावित जिल्लाहरू मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडांै, ललितपुर र गोरखाबाट पनि एमाओवादी कार्यकर्ता र आफन्त नै छानिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE