Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

प्रचण्डले गृहमन्त्री बस्नेतको सातो बोलाएपछि...

\"Prachand\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले गृहमन्त्री शक्ति बस्नेतको सातो बोलाएका छन् ।   शुक्रबार बिहानै लाजिम्पाट पुगेका गृहमन्त्री बस्नेतलाई प्रचण्डले भूकम्प पिडितको कोटामा आफ्ना नातिनिहरुलाई किन चिन पठाएको भन्दै झपारेका थिए ।   शुक्रबार बिहानै एक राष्ट्रिय दैनिकले भूकम्पपिडितको कोटामा प्रचण्डका ३ नातिनिहरुलाई  चिन पठाएको समाचार छापेपछि तनावमा देखिएका प्रचण्डले बस्नेतलाई विना जानकारी बदनाम हुने काम नर्गन भनेको लाजिम्पाट स्रोतले बतायो ।   जवाफ बस्नेतले आफुलाई कोको परे भन्ने थाहा नपाएको र आफु संलग्न नभएको बताएका थिए । सचिवालय र पारिवारिक सदस्यहरुले यसो गरेको हुन सक्ने बताउँदै बस्नेतले आफुले यो प्रकरणमा छानविन गर्ने समेत प्रचण्डलाई बताएका थिए ।   समाचार अनुसार भूकम्पपिडित क्षेत्रहरुका १४ जिल्लाबाट १ सय युवाहरुलाई चिनले गृहमन्त्रालयमार्फत चिनको भूकम्पले क्षतिग्रस्त क्षेत्रमा गरिएको पूनर्निमार्णबारे अध्ययन गराउन  बोलाएको थियो । सोही अनुसार गृहले १४ जिल्लाबाटै युवाहरुलाई कोटा वितरण गरि बोलाएको थियो ।   सोही कोटा अन्तर्गत प्रचण्डका तीन नतिनि, मन्त्री बस्नेत ४ आफन्त, एमाओवादी नेतृ अन्जना विशंखेकी छोरी लगायत नेताका पारिवारिक आफन्तहरु भ्रमण कोटामा परेपछि एमाओवादी कार्यकर्ता शुक्रबार बिहानैबाट नेताका कार्यशैलिप्रति सामाजिक सञ्जालहरुमा रोष प्कट गरिरहेका छन् ।   यसबारेमा गृहमन्त्री शक्ति बस्नेतलाई सोध्दा आफुलाई कोको परे भन्ने जानकारी नभएको र जिल्लाका कोटा वितरण र नीति निर्माणमा मात्रै आफु संलग्न भएको बताए । उनले भने, –‘मलाई कोको परे थाहा छैन र चासो पनि राखिन । मैले १४ जिल्लामा समान कोटा र युवा तथा विद्यार्थीबाट सबै पार्टीका परुन् भनेर गृहमा भनेको हुँ । समाचारमा आएजस्तो हो भने छानविन गर्छू र कारवाही गर्छु। ’   प्रचण्डसँगको स्पष्टीकरणको बारेमा भने उनले खासै बताएनन् । तर प्रचण्ड यो समाचार सार्वजनिक भएपछि तनावमा देखिएका छन् । उनले परिवारका सदस्यहरुलाई समेत विहानै झपारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE