Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यस्तो छ दिल्लीमा तीनबुँदे प्रस्तावको अन्तरकथा

१५ मंसिर : कमल थापा र रविशंकर बेंग्लोरदेखि दिल्लीसम्म प्रचार–प्रसारका साथ सुरु भएको दिल्ली भ्रमण अघिल्लोपटक असफल भएपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसपालि निजी भ्रमण भन्दै भारततिर लागेका थिए । उनी पहिले बेंग्लोर गए, जहााबाट आफ्ना गुरु श्रीश्री रविशंकरलाई साथै लिएर नयाँदिल्ली फर्किए । जहाजमै उनी भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमसँग दुई घन्टा गफिएका थिए । थापा इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएपछि कफी पसलमा रविशंकरसँग आधा घन्टा बिताए । [caption id=\"attachment_50129\" align=\"alignleft\" width=\"636\"]\"thapa_swaraj\" file photo[/caption] थापाले भोलिपल्ट भारतीय समकक्षी सुष्मा स्वराजलाई भेट्ने तय भइसकेको थियो । तर, उनी सकेसम्म मोदीलाई नै भेट्न चाहन्थे । ६ वर्षअघि थापाले श्रीश्री रविशंकरकै सूत्र लगाएर मोदीलाई गुजरात पुगेर भेटेका थिए । त्यसवेला मोदीलाई भेट्न थापाले आफ्नो बायोडाटासमेत पठाएका थिए । यसपालि पनि भेट्ने आशामा थापाले अप्ठ्यारो मान्दै भने, ‘नेपालको उपप्रधानमन्त्री थापा दिल्लीमा छ, भेट्दा हुन्छ भनेर कुरा राख्नुस् । भेटौँ न त भन्नुभयो भने मलाई खबर गर्नुस् ।’ रविशंकरले भोलिपल्ट मोदीलाई भेटे । तर, थापालाई भने समय दिएनन् ।   दिल्ली फर्केको साँझ नेपाली दूतावासमा नेपालका हितैषी मानिने सीताराम येँचुरी, विजय जोली, डी राजा, पवन बर्मालगायतका सांसद र भाजपाका केही नेतासहितको जमघट भयो । त्यो जमघटमा थापाले नाकाबन्दी भारतबाटै भएकोमा आफू कहीँ–कतै द्विविधामा नभएको भनिरहँदा भाजपाका नेताहरूसँग भनाभन भयो । थापाको जवाफ थियो, ‘रोटी–बेटीको सम्बन्ध भन्ने, नाकाबन्दी लगाउने रु यो मिल्दैन ।’   १६ मंसिर : सुष्मा स्वराजसाग एकै दिन दुई वार्ता, पहिलो भने तनावपूर्ण दिउँसो १ देखि २ बजेसम्म दुई परराष्ट्रमन्त्रीबीच भेट भयो । भारतीय विदेशमन्त्री स्वराजको प्रस्तुति सहज थिएन । उनले भातविरोधी भावना फैलिएको, भारतमाथि धम्की दिइएको भन्दै नेपालले चाहिँदैन भनेमा भारतमा रोकिएका ११ हजार गाडी फर्काइदिने कुरा गरिन् । उनले भारतसँग सम्बन्ध चााहेको छ कि छैन भनेर प्रश्न गरेर नेपालले चाँडै यसको जवाफ दिनुपर्ने भन्दा नेपाली पक्ष छक्क पर्‍यो ।   तर, भारतीय नेतासँगको कुराकानीका क्रममा थापाले मधेसी दलहरूका माग पूरा गर्ने तीनबुँदे ‘रोडम्याप’ बताए । वीरगन्जबाहेकका नाका खोलिदिन पनि आग्रह गरे । स्वराजको रेडिमेड जवाफ थियो, ‘पहिला आन्तरिक मामिला सुल्झाउनुस्, त्यतैबाट सबै समाधान हुन्छ, हामीले गरेकै केही छैन ।’ स्वराजसँग तीनबुँदे प्रस्ताव सेयर गरेर नेपाली टोली फर्कियो । त्यही दिन साँझ ६ बजे प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटमा थापाले स्वराजलाई दिएकै तीनबुँदे प्रस्ताव सेयर गरे । संवादमा ‘टर्निङ प्वाइन्ट’ यही थियो ।   सो भेटपछि साँझ ८ बजेको जहाजमा काठमाडौं जान थापा होटेल ली मेरिडियनबाट एयरपोर्टतिर जाँदै थिए । डोभालको फोन आयो, ‘आज एक रात बसिदिनुस् ।’ थापा एयरपोर्टबाट सोझै बाह्रखम्बारोडस्थित दूतावास फर्किए । त्यहीँ रात्रिभोज गरे ।   दूतावास पुगेका नयाा पत्रिका संवाददातासँग थापाले यत्ति भने, ‘जहाज छुटेछ, त्यसकारण बस्नुपर्‍यो भनेर लेखिदिनुस् न ।’ तर, डिनर लिइरहँदा उनलाई स्वराजको फोन आयो, प्रतीक्षा त्यसैको थियो । थापाले निकटस्थलाई सुनाए, ‘सुष्माजीसँग राम्रो कुराकानी भयो । थप कुराकानी भोलि हुनेछ, यसले जारी संकट समाधान हुने विश्वास बढेको छ ।’   १७ मंसिर : तीनबुादे प्रस्तावले दिल्ली शान्त, मधेसी अशान्त प्रधानमन्त्री मोदीसँग भेट भएन । तर, बिहान स्वराजको निवासमै पुगेर उपप्रधानमन्त्री थापाले कुराकानी गरे । त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज सम्भवतस् आश्वस्त भइन् । मोर्चाका शीर्ष नेतालाई बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले दियो ।   त्यही बिहान थापा काठमाडौं फर्किए । जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो, नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने थापाले अगाडि नै भारतीय मिडियामार्फत सार्वजनिक गरिदिए । सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए । उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब दिने रणनीतिमा लाग्यो ।   १८ मंसिर : बालुवाटारको बैठक बहिष्कार, लैनचौरमा सहभागी मधेसी मोर्चाका शीर्ष नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादव १८ मंसिरमा बालुवाटार वार्ता छाडेर भारतीय दूतावास लैनचौर गएपछि दिल्ली दौडको तारतम्य बन्यो । १९ मंसिरको साँझ अबेरसम्म बालुवाटारमा बैठक बोलाइएको थियो, तर दिल्ली जाने मुड बनाएका नेताले बालुवाटारप्रति चासो दिएनन् । तीन दलका नेता बालुवाटारमा पर्खिए र फर्किए ।   २० मंसिर : नाकाबन्दी कसले लगायो ? भारतीयसँग नेपालीको बहस महन्थ ठाकुर र उपेन्द्र यादव बिहान नयाँदिल्ली ओर्लिए । इन्दिरा गान्धी विमानस्थलमा नेताद्वयलाई विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरले स्वागत गरे । होटेल ताजमा माला लगाइदिएर उनीहरूलाई सातौँ तलामा बस्ने बन्दोबस्त मिलाइयो । सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र यादव १९ मंसिरकै राति पटनाबाट दिल्ली आइसकेका थिए ।   भारतको माथिल्लो सदन राज्यसभामा भोलिपल्ट २१ मंसिरमा नेपालबारे बहस हुँदै थियो । २० मंसिरमा भारत सरकारको समन्वयमा मधेसी शीर्ष नेताको दौड तीनै सांसदहरूसँग भयो जसले भोलिपल्ट नाकाबन्दीविरुद्ध भारत सरकारको चर्को आलोचना गर्दै थिए । नाकाबन्दी भारतले होइन, मधेसीले लगाएका हुन् भन्ने सन्देश दिने प्रयत्न थियो, तर भारतीय सभासद्हरू प्रभावित भएनन् । जेडियू महासचिव त्यागीले मधेसी मोर्चाको ब्रिफिङ सुन्नासाथ एमाओवादी अध्यक्ष प्रचण्डलाई फोन गरे । प्रचण्डले जेडियू अध्यक्ष यादवलाई फोन गरेर नाकाबन्दी भारतले नै लगाएको बताए ।   २१  मंसिर : कमल थापा र रविशंकर बेंग्लोरदेखि दिल्लीसम्म मधेसी मोर्चा अघि सरे पनि राज्यसभाको बहस प्रभावित भएन । कंग्रेसका मणिशंकर ऐयर, राष्ट्रवादी कंग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका पवन बर्माले भूकम्पपीडित नेपालमा मानवीय संकट निर्यात गरेको भनेर भारतीय संस्थापनको कडा आलोचना गरे । कंग्रेसका मणिशंकर ऐयरले त यतिसम्म भने, ‘नाकाबन्दी भारतले होइन, मोदी सरकारले गरेको हो ।’ आन्तरिक राजनीतिमा हस्तक्षेप भएको, सरकार विदेश मामिला सञ्चालनमा असफल भएको चर्को आवाज संसद्मा आयो । विदेशमन्त्री स्वराजको जवाफ रक्षात्मक बन्यो । अाजकाे नयाँ पत्रिकामा पर्शुराम काफ्लेकाे दिल्ली डायरी :
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending