Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

चीन भ्रमणमा एमाले नेताका नातेदार पनि

\"ISHWOR-POKHREL-400\"काठमाडाैं । सत्तारुढ एमालेका नेता , कार्यकर्ता र नातागोता चीन भ्रमणमा गएका छन् । एक महिनामै तीनवटा टोली चीन भ्रमणमा गएका छन् । तीमध्ये साताव्यापी भ्रमण पुरा गरेर एउटा टोली फर्किएको छ । आजको कान्तिपुरमा खबर छ – चिनिया कम्युनिष्ट पार्टीसँगको पार्टी कार्यकर्ता आदान प्रदान कार्यक्रम अन्तरगत एमालेले पठाएको टोलीमा महाँसचिव इश्वर पोखरेलले एकलौटी गरेका छन् । छलफल नगरी आफू निकटकालाई पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ । चीब्बत , बेइजिङलगाएको भ्रमणमा मंसिर १ गते गएको टोलीमा अधिकांश पोखरेलका नातागोला र उनको समुहका नेता कार्यकर्ता छन् । टोली तिव्बत संघाई र वेजिङको विकासको अवलोकनका लागि चीन गएको हो । भ्रमण टोलीमा पोखरेलका कान्छा छोरा स्वराज , सांसद श्रीमती मिराका पिए लोकेन्द्र केसी , पोखरेलका सहयोगी नरायण सिलवाल पोखरेलका सालाका छोरा सुरज ध्वाजू , स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका भाइ सविन्द्र , नेतृ मेनुका पछार्य छन् । महासचिव पोखरेलले व्यक्तिगत सिफरिसमा सामुदायिक वन उपभोक्त महासंघकी महासचिव भारती पाठक , चितवनकी एमाले नेतृ पार्वती रावल, युवा संघका महासचिव किरण पौडेल , युवा संघका सचिव नरेश शाही , सचिवालय सदस्य रविन थापा , अनेराीस्ववियुका कोषाध्यक्ष रश्मी आचार्य , प्रवत्ता आरसी लामिछाने , सचिवालय सदस्या समिक बडाल , अखिलका नेताहरु भास्कर खनाल , हरि लिम्बु , एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ , एमाले पर्साका सचिवालय सदस्य अरविन्द सिह , एमाले पत्रकार रामशरण बजगाई र पार्टी सचिव पृथ्वी सुब्वा गुरुङकी छोरी एलिसा पनि गएकी छिन् । एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल नेतृत्वको टोली मंसिर ९ गते सातदिने भ्रमणमा चीन पुगेर फर्किएको छ । भ्रमण टोलीमा माधव नेपाल निकट वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल बाहेक अधिकांश एमालेको संस्थापन समूहका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending