Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

नाकाबन्दीबाट भारतलाई ७९ अर्ब व्यापार घाटा

\"bharatpur_cancer_hosp\"काठमाडौं । नाकाबन्दीका कारण भारतको ७९ अर्ब व्यापार प्रभावित भएको छ । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) का अनुसार अघोषित नाकाबन्दीयता भारतको मासिक ३० अर्ब रुपैयाँबराबरको व्यापार प्रभावित भएको छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ –तीन महिनामा मात्रै भारतबाट करिब ७९ अर्ब रुपैयाँको निर्यात ठप्प छ । भारत सरकारले सुरक्षित वातावरण नभएको सूचना दिएपछि व्यापारीले सामान निकासी गरेका छैनन् । प्रक्षेपणअनुसार व्यापार हुन नसक्ने भारतीय उद्योग वाणिज्य महासंघ ९फिक्की०ले दुई मुलुकबीच यस वर्ष करिब ५ खर्ब २५ अर्ब रुपैयााको दुईपक्षीय व्यापार हुने प्रक्षेपण गरेको छ । कुल व्यापार गत वर्ष १३ दशमलब ५० प्रतिशतले बढेको थियो भने यसवर्ष २६ दशमलब ११ प्रतिशतले बढ्ने अनुमान थियो । तर, अघोषित नाकाबन्दीले व्यापार प्रभावित भएको र सीमावर्ती क्षेत्रका साना र मझौला भारतीय व्यापारी मारमा परेको फिक्कीका पदाधिकारीको भनाइ छ ।   नाका अवरोधले दुवै देशलाई नोक्सान ‘नाका अवरोधले भारतका धेरै व्यवसायीलाई ठूलो नोक्सानी भएको छ, यसको विस्तृतमा अध्ययन गर्न बााकी छ,’ फिक्कीको दक्षिण एसिया तथा अरब च्याप्टरका निर्देशक गौतम घोषले भने, ‘व्यवसायीहरूले नेपालमा आन्तरिक सुरक्षा नभएकाले सामान लैजान सकिादैन भनेका छन् । यो अवस्था हल नभएसम्म दुईपक्षीय व्यापार सन्तोषजनक हुने अवस्था छैन । यसबाट नेपाली मात्र होइन, हाम्रा सीमावर्ती व्यापारीको पनि अवस्था नाजुक भएको छ ।’   नेपाली व्यापारी बढी मारमा घोषका अनुसार भारतीय सीमामा कतिपय सामान सडेर जाने अवस्था छ । तर, मूल्य तिर्न स्थानीय व्यापारी बाध्य छन् । ‘व्यापारीले अर्को ठाउाबाट सामान ल्याइसकेका छन् र अहिले नाकामा तीन महिनादेखि लाइन छ । उनीहरूले जहााबाट सामान ल्याएको हो, त्यहाा निस्सन्देह पैसा तिर्नुपर्छ, बिकोस् या नबिकोस् । त्यसैले यो अवरोधबाट ठूलो नोक्सान भएको छ ।’   सरकारले नै व्यापारीलाई आतंकित बनायो आफ्नो सरकारले असुरक्षा छ भनेपछि नेपालमा सामान पठाउन नसकिएको भारतका व्यापारीको भनाइ छ । भारतका एक व्यवसायीले भने, ‘सरकारले सुरक्षा छैन, अहिले जानु ठीक हुादैन भनेपछि हामी नेपालमा जान सक्ने अवस्था भएन । सुरक्षा सरकारले दिने हो, उसैले सुरक्षा छैन भनेपछि हामीले विश्वास गर्नैपर्छ ।’   एसएसबी र भन्सार पनि असहयोगी पानीट्यांकी–कााकडभिट्टा, जोगबनी–विराटनगर, नौतुनहवा–सुनौली, रुपैडिया–नेपालगन्ज नाकामा अवरोध छैन । तर, ती नाकाबाट भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले नेपालतर्फ सामान पठाउन अवरोध गरेका छन् । भारतीय भन्सार अधिकारीले पनि सहयोग गरेका छैनन् । भारत सरकारले नेपालमा असुरक्षा रहेको भन्दै मधेसी मोर्चासाग सहमति नभएसम्म सुरक्षाको वातावरण नहुने बताउँदै आएको छ ।   नाकाबन्दीले भारतीय लगानीकर्ता निराश फिक्कीको दक्षिण एसिया हेर्ने निर्देशक गौतम घोषले नेपालको अहिलेको संकटका कारण अन्य लगानीकर्ता पनि निराश भएको बताए । उनले इन्धनको अभाव कायमै रहे भारतीय लगानीका विद्युतीय परियोजना पनि समयमा नसकिने र उत्पादन मूल्य बढ्ने बताए । थप लगानी गर्ने मुडमा रहेका व्यवसायीले पनि यो अवस्थामा इच्छा नदेखाएको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending