Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

विद्युत् पोलका लागि जिविसबाट तीन करोड बजेट

चौतारा, सिन्धुपाल्चोक जिल्लाभरि अव्यवस्थित तरिकाले टाँगिएको विद्युतीय तारबाट विद्युत् प्रवाह भई मानवीय क्षति भएपछि त्यसको रोकथामका लागि जिल्ला विकास समितिले रु तीन करोड बजेटको व्यवस्था गरेको छ ।

काठका जीर्ण पोलबाट प्रसारण लाइन लगेका कारण जिल्लाका विभिन्न ठाउँमा दुर्घटनामा वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय राखी जिविस सिन्धुपाल्चोकले रु तीन करोड बजेट विनियोजन गरेको हो ।

गएको पुस ६ गते बराम्ची गाविस–२ बालुवा भन्ने स्थानमा गुडिरहेको यात्रुबसमा विद्युत् प्रवाह भई चारजनाको मृत्यु भएको थियो । अन्य १५ जना यात्रु गम्भीर घाइते भएका थिए । उक्त क्षेत्रका करिब एक दर्जन गाविसका लागि भाँचिन लागेको काठको पोलबाट ११ हजार भोल्टको प्रसारण लाइन लगिएको छ । लामो दूरीमा गाडिएको पोलबाट टाँगिएको तारलाई यात्रु बसले छुँदा करेन्ट लागेको थियो ।

विद्युत् पोलको अभावमा ग्रामीण भेगका धेरैजसो ठाउँमा सल्ला र कमसल काठका पोल गाडिएको छ । कतिपय ठाउँमा काँचो रुखमा डिआइरनमार्फत जोखिमपूर्ण रुपमा प्रसारण लाइन लगिएको छ ।

बेलाबेलामा उच्च विद्युतीय प्रवाह हुँदा कतिपयको ज्यानसमेत गएको छ । त्यसैगरी प्रसारण लाइनको तार चुँडेर सडकमा हिँडिरहेका यात्रुलेसमेत ज्यान गुमाउनुपरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला विकास समितिले विनियोजन गरेको बजेटमा नेपाल विद्युत् प्राधिकरणले पनि बजेट छुट्याइ दुवैको समन्वयमा जिल्लाभर स्टीलको पोल फेरिने कार्यक्रम रहेको जिविसका सूचना अधिकृत युगबहादुर खड्काले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending