Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

नेपाली मिडियालाई राजेन्द्र महतोका ३२ प्रश्न

\"rajendra-mahato\"काठमाडाैं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका भनाई मिडियाहरुले प्रमुखताका साथ प्रकाशन र प्रसारण गर्ने गर्दछन् । उनका भनाईहरु केही विवादास्पद पनि हुने गरेका छन् । उनी महतोले ‘नेपाली मिडियालाई ३२ प्रश्न’ आजको नयाँ पत्रिका दैनिक मार्फत गरेका छन् ।
१. नेपालको मिडिया नेपालभरिलाई हो कि कुनै क्षेत्रविशेषका लागि मात्रै ? २. मिडिया सम्पूर्ण समुदाय, जाति वर्गका लागि हो या खास वर्ग, जाति र समुदायका लागि मात्रै ? ३. राष्ट्रिय भनिने मिडियाको चरित्र राष्ट्रिय छ कि छैन ? ४. राष्ट्रिय भनिने मिडियाको चरित्र साम्प्रदायिकतातिर गयो कि गएन ? ५. नेपालको मिडिया खसवादी मानसिकता बोकेका मानिसका लागि मात्रै भयो कि ? ६. मधेस नेपालको हो कि होइन ? ७. मधेसीहरू नेपाली हुन् कि होइनन् ? ८. समान अधिकार, पहुँच र पहिचानका लागि मधेसीले संघर्ष गर्नु अपराध हो ? ९. हो भन्ने लाग्छ भने ठिकै छ, तर होइन भने मिडियाले खुलेर मधेसीको संघर्षलाई साथ दिनुपर्छ कि पर्दैन? १०. राष्ट्रिय मिडिया दाबी गर्नेहरूले दल, नेता, व्यक्ति–विशेषको मुखपत्रका रूपमा काम गर्न हुन्छ कि हुँदैन ? ११. राष्ट्रिय भनिने मिडिया पूर्वाग्रहबाट ग्रसित हुन उचित हुन्छ ? १२. यति ठूलो र चार महिनाभन्दा लामो मधेस आन्दोलनको सन्दर्भमा भएको जनप्रदर्शनबारे राष्ट्रिय भनिने मिडियामा सत्यतथ्य नआउनुको मतलब के हो ? १३. शान्तिपूर्ण मधेस आन्दोलनमा सरकारद्वारा आन्दोलनकारी निर्दोषमाथि छाती र टाउकोमा गोली हान्नेलाई राज्यआतंक नदेख्ने हाम्रो कस्तो राष्ट्रिय मिडिया हो ? १४. टीकापुरको घटनामा दुई वर्षको बच्चा मारिनु दुर्भाग्यपूर्ण थियो । ती बिचराले मिडियामा स्थान पाउनु स्वाभाविकै थियो । तर, भैरहवामा ४ वर्षको बच्चालाई प्रहरीले गोली ठोकेर मार्दा त्यत्तिकै स्थान मिडियाले किन दिएन ? १५. मधेसीहरूको अधिकार र पहिचानका लागि भएको आन्दोलन साम्प्रदायिक देख्ने, आधार र प्रमाणविना मधेसीलाई विखण्डनकारी, राष्ट्रघाती देख्ने मिडियाको दृष्टि कसरी सही छ ? १६. दुई सय ५० वर्षदेखि मधेसी, दलित, जनजातिमाथि भएको शोषण र विभेद कसले गर्‍यो भनेर मिडियाले खोइ प्रश्न गरेको ? १७. विभेदविरुद्ध आवाज उठाउने दायित्व मिडियाको हो कि होइन ? १८. लोकतान्त्रिक मूल्य–मान्यताविपरीत समुदाय विशेषका आधारमा आन्दोलन र राजनीतिक विषयलाई मिडियाले फरक मापदण्ड राखेर हेरेको छ । त्यही खालको आन्दोलन एउटाले गर्दा ठीक हुने, अर्कोले गर्दा बेठीक भन्न पाइन्छ ? १९. ग्यास, पेट्रोल नपाउनु मात्रै मानवीय संवेदनशीलता हो कि सयौँ वर्षदेखि एउटा भेग र समुदायका जनता अधिकारविहीन अवस्थामा गुलामीको जिन्दगी बिताउन विवश हुनु पनि संवेदनशीलता हो ? २०. मधेसका निहत्था जनतामाथि गोली हानेर मार्ने, घाइतेको उपचारसमेत नगरिदिने कार्य मिडियाको नजरमा मानवीय संवेदनशीलता र मानवअधिकार उल्लंघनमा पर्छ कि पर्दैन ? २१. औषधि आपूर्तिका लागि नाका खोल्न हरप्रकारले सहयोग गर्दा मानवीय संवेदनशीलताको ढोल पिटेर आन्दोलन तुहाउने, सीमा अवरोध हटाएर आन्दोलन समाप्त पार्ने प्रयासमा संवेदनशीलताको दुरुपयोग भएको मिडियाले देख्छ कि देख्दैन ? २२. औषधि नपाएको कुरालाई संवेदनशीलता देख्ने, मान्छे मारेको कामलाई संवेदनशीलता नदेख्ने हाम्रो कस्तो मिडिया ? २३. राष्ट्रिय भनिने मिडियाको नजरमा मधेसीलाई शान्तिपूर्ण असहयोग आन्दोलन गर्ने अधिकार हुन्छ कि हुँदैन ? २४. मिडियाले इतिहासको कठघरामा उभिनुपर्छ कि पर्दैन ? २५. पहाडमा भुइँचालोबाट पीडा हँुदा तीन दिनमा मधेसीहरू मलमपट्टी र खाद्यान्न बोकेर पहाड उक्लिए । तर, आन्दोलनको चार महिना हुँदासम्म मधेसीको पीडामा मलम लगाउन पहाड नआएको विषय मिडियाले किन लेखेन ? २६. ४० दिनसम्म मधेस बन्द गर्दा न काठमाडौंले सुन्यो, न पहाडले । चार दर्जन आन्दोलनकारी मारिँदा पहाडले ध्यान दिएन । त्यसपछि मात्रै नाकामा गएर अवरोध गर्नुपरेको बाध्यात्मक अवस्थालाई किन राष्ट्रिय मिडियाले बुझेन वा बुझेर पनि मनन गरेन ? २७. मिडियाको दृष्टिमा आन्दोलनका कारण परेको पीडाबाट मुक्ति दिलाउने काम सरकारको हो कि आन्दोलनकारीको ? २८. हरेक घटनामा मिडियाले किन आन्दोलनकारीलाई जिम्मेवार देख्छ, सरकारलाई किन देख्दैन ? २९. मधेस आन्दोलनका वेला भारतको राज्यसभामा बहस भयो तर त्यसमा मधेस आन्दोलनलाई प्राप्त समर्थन र विदेशमन्त्री सुष्मा स्वराजको अभिव्यक्तिलाई मिडियाले किन यथोचित स्पेस दिएन, डा. करण सिंहको भनाइलाई किन ठाउँ दिएन ? तर, सामान्य हैसियतका सांसद मणिशंकर ऐयरले किन हेडलाइनमा स्पेस पाए ? ३०. आन्दोलनकारीले नाकाबन्दी गरेको जान्दाजान्दै मिडियाले किन भारतलाई निरन्तर नाकाबन्दीको आरोप लगाएर खेदिरहेको छ ? ३१. भारतलाई जोडेर मिडियाले मधेस आन्दोलनको अवमूल्यन गरेको हो कि होइन ? ३२. मिडियाले मधेस आन्दोलनमा निर्वाह गरेको भूमिकालाई निर्मम समीक्षा गर्ने कि नगर्ने ? पुनश्च : मैले सबै मिडियालाई यो आरोप लगाएको होइन तर नेपाली मिडियाको औसत चरित्रका आधारमा प्रश्न गरेको हुँ । कतिपय मिडियाले राष्ट्रिय धर्म निर्वाह गरेका छन् । उनीहरूका लागि मेरा प्रश्न छैनन् । नेपाली मिडियाले यसलाई बहसका लागि डिस्कोर्स बनाउनेछ भन्ने आशा गरेको छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending