Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

कांग्रेसमा संस्थापन र देउवा पक्षका नेता यसरी आरोपप्रत्यारोपमा उत्रिए

\"koirala-deuba\"काठमाडौं । कांग्रेसमा बल्लतल्ल टुंगिएको क्रियाशील सदस्यताको प्रतिवेदनमाथि शुक्रबार पनि पक्ष र विपक्षमा मत अभिव्यक्त भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–बिहीबारको बैठकमा नेता शेरबहादुर देउवा पक्षले केही विवादित जिल्लाको सदस्यता स्थगन गर्न नहुने र संस्थापनले छानबिन समितिले दिएको प्रतिवेदनको पक्षमा बोलेका थिए । तर, शुक्रबारको बैठकमा भने संस्थापन र देउवा पक्षका नेताहरूले मिश्रित धारणा राखेका छन् ।   जिल्ला र क्षेत्रमा आफ्नो संगठन, स्वरूप र शक्तिमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केही सदस्यहरूले पनि सप्तरी, पर्सा, महोत्तरी, धनुषाजस्ता जिल्लामा सधैँ समस्या देखिने गरेको भन्दै सोही समस्यामा अल्झन नहुने बताएका थिए । बैठकमा लामो समय लिएर केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा जिल्ला सभापति आङगेलु शेर्पाले मनलाग्दी रूपमा सदस्यता वितरण गरेको भन्दै विधि र प्रक्रिया मिचेर बाँडिएको सदस्यतालाई मान्यता नदिई १२औँ महाधिवेशनको सूचीअनुसारको मान्यता दिन माग गरे । ‘सोलुमा सभापतिजीले विधान र नियमावली मिचेर एकलौटी रूपमा क्रियाशील सदस्यताको प्रतिवेदन पेस गर्नुभएको छ,’ केसीले भने, ‘त्यसैले पार्टी छाडेका, मरेका, विदेश गएकाको सदस्यता रद्द गरी विधि, प्रक्रियाभन्दा बाहिर गई गरिएका सदस्यता खारेज गरेर १२औँ मा भरेका फारमलाई मान्यता दिएर अधिवेशन गर्नुपर्छ ।’   अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले समिति आफैँले परिवर्तन गर्दा ठीकै छ भन्दै नत्र फेरि विवाद गर्न नहुने बताएका थिए । तर, देउवा पक्षका केन्द्रीय सदस्यहरूले लोकतान्त्रिक दल कांग्रेसमा सदस्यहरूलाई महाधिवेशनमा भाग लिन पाउने अधिकार रोक्न नहुनेमा जोड दिएका थिए ।   शुक्रबार बलबहादुर केसी, डा। प्रकाशशरण महत, डा। शेखर कोइराला, कृष्णचन्द्र नेपाली, नवीन्द्रराज जोशी, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, पार्वता डिसी चौधरीले धारणा राखेका थिए । प्रतिवेदनमाथि छलफल नसकिएकाले ५ पुसमा पुनस् बैठक बस्नेछ ।   छानबिन समितिका संयोजक नरहरि आचार्यले पुराना तीन लाख १६ हजार आठ सय ६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएको प्रतिवेदन पेस गरेका थिए । पुराना क्रियाशील सदस्यमध्ये ६० हजारले नवीकरण गरेनन् । तर, विधि र प्रक्रिया पूरा नगरिएको भन्दै नुवाकोट, महोत्तरी, सिरहा, सप्तरी र पर्सासहित जिल्लाका केही निर्वाचन क्षेत्र, गाविस, नगरसहितका सदस्यलाई महाधिवेशनमा भाग लिन नपाउने गरी प्रतिवेदन पेस भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending