Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

कांग्रेस सीमाकंन हेरफेर गर्न तयार

\"sushil-koirala_20121222053351\"काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले मधेसी मोर्चाले राख्दै आएको सीमांकन परिमार्जनको विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–शनिबार आफ्नै निवास महाराजगन्जमा रिपोर्टर्स क्लब नेपालसँगको अन्तक्र्रियामा सभापति कोइरालाले फेरि पनि आफूहरू छक्किने हो कि भन्ने आशंका मधेसी मोर्चाका नेतामा रहेको भन्दै कोइरालाले लचकताका साथ अघि बढ्न तयार रहेको बताएका हुन् । ‘मधेसीसँग पटक–पटक वार्ता गरेका छौँ । उहाँहरूलाई आशंका छ कि फेरि पनि हामीलाई छक्याइँदै छ,’ शनिबार बिहान मोर्चाका शीर्ष नेतासँग छलफल गरेका कोइरालाले भने, ‘उहाँहरूलाई भित्तामा पुर्‍याउने काम कांग्रेसले कदापि गर्दैन । उहाँहरूका ११ बुँदे मागमा सीमांकनलाई बटमलाइन भन्नुभएको छ । हामी सीमांकनका विषयमा पनि कुरा गर्न तयार छौँ । छलफल गर्न तयार भएर नै तीन महिनाको समय दिएका हौँ ।’ संविधान सम्झौताको दस्ताबेज भएको भन्दै सभापति कोइरालाले कम्युनिस्ट, कांग्रेससहितका सबै शक्तिले एक–अर्काका समस्या र भावना बुझेर परिवर्तनलाई साकार रूप दिन लाग्नुपर्ने बताए । मधेसमा आन्दोलनले मात्र समाधान नदिने भन्दै कोइरालाले वार्ता र संवादको विकल्प नभएको बताए । ‘झुटो बोलेर पहाड र मधेसबीच झगडा गराउने कल्पना गर्न सकिँदैन । आन्दोलनले मात्र समस्या समधान गर्दैन । १२ बुँदे सहमति हुँदै हतियार र लडाकुको व्यवस्थापन हुने क्रममा एमाओवादीले शिविर छोड्ने धम्की दिएको थियो,’ विगतबाट मधेसी मोर्चालाई सिक्न आग्रह गर्दै कोइरालाले भने, ‘मधेसको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौँ । हामीबाट मधेसलाई धोकाधडी हुँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending