Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

मधेस फेरि अशान्त

[caption id=\"attachment_36497\" align=\"alignleft\" width=\"614\"]\"फाइल फाइल फाेटाे[/caption] काठमाडौं । छठपछि सामान्य रहेको तराईमा शुक्रबारबाट फेरि आन्दोलन चर्किएको छ । आजको नयाँ पत्रिका दैनिका खबर छ–शुक्रबार जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । शनिबार वीरगन्ज र गौरमा हिंसात्मक झडप भएको छ । झडपले दुवै सहर शनिबार दिनभर तनावग्रस्त भए ।   आन्दोलनकारीको प्रदर्शनका कारण वीरगन्जको घन्टाघर, माईस्थान र गौरको क्रान्तिचोक शनिबार दिनभर तनावग्रस्त बनेका थिए । वीरगन्ज र गौर दुवै ठाउँमा मोटरसाइकल सञ्चालनमा समेत अवरोध सिर्जना गर्ने क्रममा प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा झडप सुरु भएको हो ।   बिहान वीरगन्जको घन्टाघरमा मोटरसाइकल तोडफोडमा संलग्न एक प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसलगत्तै मोर्चा कार्यकर्ताले उग्र प्रदर्शन गरेका थिए । मोर्चा कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दा झडप सुरु भएको हो । मोर्चाको प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन वीरगन्जमा प्रहरीले केही राउन्ड अश्रुग्यास र केही रबरको गोली हानेको छ । झडपमा आधा दर्जन प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।   उता रौतहटको गौरमा पनि दिनभरजसो प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । मोर्चा कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी हवाई फायर गरेको छ । गौरमा तीन प्रहरी र दर्जन प्रदर्शनकारी घाइते भएको प्रहरी उपरीक्षक डा। गणेश रेग्मीले बताए । गौर र वीरगन्जमा साँझ अबेरसम्म पनी झडप भइरहेको थियो । सहरका विभिन्न चोकमा आन्दोलनकारीले टायर बालेर प्रदर्शन जारी राखेका छन् । मोर्चा कार्यकर्ताले शनिबारबाट मोटरसाइकल सञ्चालनमा पनी अवरोध गरेका छन् । वीरगन्जको झडपमा आधा दर्जन प्रहरी घाइते वीरगन्जको घन्टाघर र माईस्थान शनिबार दिनभर तनावग्रस्त बने । मोटरसाइकल तोडफोडमा संलग्न प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेलगत्तै मोर्चा कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । झडपमा आधा दर्जन प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । तोडफोडमा संलग्न तीन आन्दोलनकारीलाई पक्राउ गरिएकोपर्साका एसपी राजुबाबु श्रेष्ठले बताए । गौरमा पनि प्रहरीसहित डेढ दर्जन प्रदर्शनकारी घाइते रौतहटको गौरमा पनि शनिबार दिनभर प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भयो । प्रहरीले दुई दर्जनभन्दा बढी हवाई फायर गरेको छ । झडपमा तीन प्रहरी र दर्जन प्रदर्शनकारी घाइते भएको रौतहटका एसपी डा। गणेश रेग्मीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending