Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

जहाँ फोटो खिच्न पाइदैन तर, लाजले होइन

\"No-photo\"उपल्लो मुस्ताङ पुगेकाहरू सुनाउँछन्, सुन्दरता र संस्कृतिको बेग्लै संसार देख्न पाइयो । त्यसैले त, लोमान्थाङमा स्वदेशीभन्दा विदेशी पर्यटकको बढी घुइचो लाग्छ । नयाँ पत्रिकाका योगेश ढकालले पनि लोमान्थाङ नियाल्ने मौका पाए, केही समयअघि । सबैलाई जस्तै उनलाई पनि त्यहाको ऐतिहासिक सुन्दरताले मोहित त बनायो, तर आम मुस्ताङीको एउटा समान चरित्रले भने सोचमग्न बनाइदियो : नो फोटो’, झनक्क रिसाए टासी । क्यामेराको लेन्स तेस्र्याएको मात्रै थिएँ । कपाल आधा फुलेका । निकै मैलो ज्याकेट । चिसोले धुन सम्भव छैन । ओखलमा बुटी कुट्दै थिए ओखतीमूलोका लागि एकतमासले । डिलमै थिए, एक हुल महिला । ‘ॐ मणि पद्मे हुम्’ मन्त्रोच्चारण गर्दै थिए, ‘म्हने फाङ्बा’ माला हातमा लिएर । घाम अस्ताइसकेको थियो । थर–थर कमाउन थालिसकेको थियो, कालीगण्डकीको सिरेटोले । जोमसोमबाट दुई घन्टाको जिप यात्रापछि पुगिन्छ छुसाङ । छुसाङमा लज खोज्दै थियौँ । बासको टुंगो थिएन । आठ–दशवटा घर झुरुप्प थिए, माटोले बनाइएका । एउटा घरभित्र छिरेपछि भित्रभित्रै अरू घर चाहार्न सकिने । सबै घरमा भोटेताल्चा मारिएको थियो । नयाँ मान्छेलाई स्थानीय भेट्नै गाह्रो । अलिक डर लाग्यो, टासी जंगिएपछि । छेउमै बसेका एकजनाले यी त नेपाली हुन् भनेपछि मुस्काए निमेषमै टासी । क्यामेराको फोटो देखेर पाँच डलर मागे । ‘फोटो नखिच्नुस् है,’ मुन्टो बटारिन् पासाङले । रिसले मुर्मुरिएकी पासाङले ‘भोएज्यु’ (चिया) पिलाइनन् बिहानको चिसोमा । क्याम्परूपी रेस्टुरेन्टसँगै उनको फोटो खिच्ने मन थियो, मुस्ताङ गेटमा । मुस्ताङ गेटसँगै सानो क्याम्प थियो, दिदीबहिनी रेस्टुरेन्टका नाममा । चैले अर्थात् मुस्ताङ गेट पुग्न, छुसाङबाट झन्डै ४५ मिनेट लाग्छ, कालीगण्डकीको किनारै–किनार । मिर्मिरे नै थियो, छुसाङबाट हामी हिँड्दा । चैलेबाट आठ बजे छुट्थ्यो, लोमान्थाङका लागि जिप । जो पहिला पुग्यो, उसैले सिट पाउने भाग्यको खेल । बिहानै कालीगण्डकी सुसाउँदै आउने सिरेटोले थरथर पारिसकेको थियो । मित्र खगराज आचार्य डर मान्दै थिए, लेक लाग्ने हो कि † प्रा. डा. प्रेम शर्मा जिस्क्याउँदै थिए, लसुन खान दिएर खगराजलाई । चैलेभन्दा मास्तिर समर गाउँ छ । समरमास्तिरको गाउँचाहिँ साङबोचे । ‘क्लिक, क्लिक, क्लिक’ तीनवटा फोटो खिचेँ, जिपभित्रबाट साङबोचेमा । घरको पिँढीबाट तीनजना महिला हेर्दै थिए, हाम्रो टोलीलाई । क्यामेराले क्लिक गर्न नपाउँदै हातले अनुहार छोपे, आक्रोश पोखे । रिसले चुर हुँदै तिब्बती भाषामा गाली गरे । जिप हुइँकियो लोमान्थाङतिर । लोमान्थाङबाट दुई घन्टाजति लाग्छ छोसेर पुग्न । कहिलेकाहीँ जिप पनि पाइन्छ, तर दुई सय रुपैयाँ भाडा लाग्छ । घोडा चढेर पुग्न पाउने सुविधा पनि छ । हामीचाहिँ पैदलमै थियौँ । ‘फोटो किन खिच्ने नि रु’ छोसेर गाउँबाट लोमान्थाङ झर्दै गरेकी महिला गाली गर्न थालिन् । मैले गुम्बा खिच्ने बहनामा ती महिलाको तस्बिर खिचेको थिएँ । तल जोमसोममै भेटिएका चराङका टासी दाइ पनि क्यामेराबाट तर्किरहेका थिए । उनका आफन्त दुई युवती जो भारतको धर्मशालामा अध्ययनरत छन्, उनीहरू पनि टासीसँगै चराङ घरतिर जाँदै थिए । उनीहरू त झन् धेरै तर्किन्थे । वास्तवमा किन क्यामेराबाट तर्किरहेका छन्, उपल्लो मुस्ताङी ? जोमसोमबाट सुरु भएको खुल्दुली चौथो दिन लोमान्थाङ पुग्दासम्म मेटिएको थिएन । अन्नपूर्ण पदयात्रा होस् या खुम्बु पदयात्रा, कतै पनि यस्तो अनुभव गर्नुपरेको थिएन । इलामदेखि दोधारा–चाँदनीसम्म सहजै तस्बिर खिच्दै हिँडेकै हो मैले । समस्या कतै परेको थिएन । तस्बिरको मूल्य हुन्छ । बिक्री हुन्छ । आफ्नो फोटो खिचेर बिक्रीको साधन बनाएको आक्रोश रहेछ मुस्ताङीलाई । हुन पनि उपल्लो मुस्ताङीले राम्रैसँग बुझेका छन् कि सामरिक महत्त्वको थलो भन्ने । काठमाडांै, न्युयोर्क, लन्डन, दिल्लीदेखि पेरिससम्म उपल्लो मुस्ताङको फोटो बिक्रीमा राखिने थाहा रहेछ, उनीहरूलाई । विदेशीले यसरी खिचेर लगेको फोटो बिक्रीमा राखेको आक्रोश रहेछ, मुस्ताङीमा । पञ्चायतकालसम्म उपल्लो मुस्ताङ घुम्ने अनुमति थिएन, खम्पा विद्रोहका कारण । अहिले कतिपय विदेशी पर्यटकले पैसा दिएर फोटो खिच्दा रहेछन्, स्थानीयसँग सम्बन्ध विस्तार गर्न । पश्चिमा मुलुकबाट स्वतन्त्र तिब्बतका समर्थकहरू लोमान्थाङ पुग्छन् र पैसा दिएर तस्बिर खिच्छन् । सम्बन्ध बढाउँछन् । र, सूचना संकलन गर्छन् । यो पनि राम्रैसँग बुझेका छन्, स्थानीयले । एक डलरदेखि पाँच डलरसम्म दिने रहेछन् तस्बिरको, कतिपयले त्यसभन्दा बढी । तस्बिर खिचाइ एकप्रकारले व्यवसायीकरण भएछ उपल्लो मुस्ताङमा । ‘एकातिर व्यवसायीकरण, अर्कातिर राजनीतीकरण’ छोसेरको दिव्यदीप आवासीय माध्यमिक विद्यालयकी एक शिक्षिकाको यस्तै भनाइ थियो ।   क्यामेराबाट तर्किनुको कारण तस्बिरको दुरुपयोग हो भन्ने सानोतिनो आधार त भेटियो, तर स्थानीय केही बताउँदैनन् । क्यामेराबाट किन तर्किएको रु प्रश्न सोध्न नपाई टाप कसिसकेका हुन्छन् । छोसेरमा निकै आकर्षक झोंग गुफा छ, पाँचतले । बाहिरबाट हेर्दा अजंगको पहाड हो, माटोको । ठिंग उभिएको पहाड आकाश नै छुन्छजस्तो लाग्छ । तर, गुफाभित्र छिरेपछि विचित्रकै अनुभव हुन्छ । ‘ज्वेलरी सप’ छ, त्यहाँ । झ्याल छन्, माथि उक्लिन भर्‍याङ छन् । लुकामारी गर्न मिल्ने सुरुङ पनि छन् । कोठा–चोटा छन् । साँच्चै घरजस्तै अनुभूति हुन्छ । त्यही छोसेर गाउँको झोंग गुफा व्यवस्थापनमा खटिएकी एक महिला भन्दै थिइन्– हामीलाई सित्तैमा फोटो खिचेर बिक्री गर्छन् यता आउनेहरू । गुफा छिर्न दुई सय रुपैयाँ शुल्क लाग्छ । स्टिल क्यामेराको तीन सय र भिडियो क्यामेराको पाँच हजार रुपैयाँ छुट्टै शुल्क । हामीले ‘स्वदेशीलाई पनि पैसा लिने रु’ भन्यौँ । प्रश्न भुइँमा खस्न नपाउँदै ‘हाम्रो तस्बिर खिचेर बेचिखान हुने, दुई सय रुपैयाँ तिर्नचाहिँ नमान्ने रु’ नाजवाफ हुने गरी उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending