Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

एमाओवादीमा केन्द्रीय सदस्य नथपिने

\"parisdada-400\"काठमाडौं । एमाओवादीले रिक्त केन्द्रीय समितिमा तत्काल पदपूर्ति नगर्ने भएको छ । केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले विवाद बढ्ने देखेर अध्यक्ष प्रचण्ड रिक्त पद केन्द्रीय समिति बैठकबाट पूर्ति नगर्ने निचोडमा पुगेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–एमाओवादीको एक सय ५१ सदस्यीय केन्द्रीय समितिमा २६ केन्द्रीय सदस्य रिक्त छ । एक उपाध्यक्ष, चार स्थायी सदस्य र नौजना पोलिट्ब्युरो सदस्यसमेत रिक्त छ । पार्टीका तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहित २२ जना केन्द्रीय सदस्यले एमाओवादी छाडेका छन् । तत्कालीन उपाध्यक्ष दिवंगत पोस्टबहादुर बोगटी, उपराष्ट्रपतिमा निर्वाचित तत्कालीन स्थायी समिति सदस्य नन्दबहादुर पुन ‘पासाङ’ र सभामुखमा निर्वाचित तत्कालीन पोलिट्ब्युरो सदस्य ओनसरी घर्तीको सहित केन्द्रीय समितिमा २६ स्थान खाली भएको हो ।   जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति थपघटको एजेन्डा पनि छ । तर, एमाओवादी उच्च स्रोतले जारी केन्द्रीय समिति बैठकबाट त्यस्तो कुनै निर्णय नहुने जानकारी दियो । ‘केन्द्रीय समितिमा थपघट गर्ने एजेन्डा थियो, तर हाल कसैलाई नथपिने भएको छ,’ स्रोतले भन्यो, ‘२६ जनाका लागि सयजनाभन्दा बढी आकांक्षी देखिए । केन्द्रीय समितिमा अधिकांशको सुझाब पनि अहिले थप्नुहुन्न भन्ने छ ।’ केन्द्रीय समिति थपघट नगर्ने भएपछि अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकसमेत बोलाएका छैनन् भने राज्य इन्चार्जहरूसँग सम्भावित नाम मागेका छैनन् । एक सातालाई स्थगित बैठक आइतबारबाट पुनस् सुरु हुँदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending