Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

बिमा रकम लिन बस जलाउँदै मालिक

काठमाडौं । तराईमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफैं आगजनी गर्न थालेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आन्दोलनकारीले बसमा आगो लगाएको जस्तो देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफैं बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।रौतहटको चन्द्रपुर ८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैंले आगजनी गरेर फरार भएको प्रहरीले जनायो। यस्तै घटना दुई साताअघि बाराको निजगढ(पथलैया सडक खण्डमा पनि भएको थियो। मंसिर १९ गते बसका मालिक र चालकको मिलेमतोमा निजगढबाट हेटौंडा चल्ने ना४ख ३२१६ नम्बरको बसमा आगजनी भएको थियो। प्रहरीले शंका लागेर अनुसन्धान गर्दा फाइनान्सका नाममा उक्त बस रहेको र बिमा रकम लिनका लागि चालकलाई पैसाको लोभ देखाएर मालिकले नै आगजनी गराएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए।बसमा आगो लगाउने बसका चालक ३० वर्षीय राजीव लामालाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। मधेसमा आन्दोलन चलिरहेका बेला त्यसको फाइदा उठाएर मालिकले नै बस जलाएको खुलासा भएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ। यस्तै घटना आइतबार रौतहटमा भएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। काठमाडौंबाट झापा जाँदै गरेको ना४ख ५१० नम्बरको मितेरी यातायातको बस बन्दको समयमा इन्धन बोक्न प्रयोग हुँदै आएको थियो। काठमाडौं इन्धन पुर्‍याएर यात्रु नबोकी झापा फर्कंदै गर्दा बिहान करिब ४ बजेतिर बसमा आगजनी भएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending