Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

रमाइला प्रधानमन्त्री, जोक्स सुनाएरै हैरान

\"kp-oli1\"काठमाडाैं । भूकम्प र नाकाबन्दीले पिल्सिएका जनतालाई प्रधानमन्त्रीले ‘जोक्स’ सुनाएर पीडा बिर्साउन कोसिस गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–जनताका चुलाचुलामा ग्यासको पाइप ल्याउने प्रधानमन्त्री केपी ओलीले नयाँ प्रोजेक्ट ल्याएका छन् । जसअनुसार अब जनताका चुलाचुलामा ग्यासको पाइप जोडिनेछ । शुक्रबार एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले गर्न लागेका काममा पनि अवरोध गर्ने अनौठो संस्कृति राजनीतिमा रहेकाले विशेष कामबारे अहिले प्रचारबाजी नगर्ने बताए । तर, ग्यासको पाइप घरघरमा पुर्‍याउने योजनाबारे भने विस्तृतमा सुनाए, ‘अब सिलिन्डरको फेज समाप्त भयो । कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए । अलिकति समय दिनुहोस्, फोहोरबाट ग्यास निकालेर घरका चुलाचुलामा ग्यासको पाइप फिट गरिदिन्छु । चुलाचुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टाँसिन्छ, जति बाल्नुहुन्छ, त्यसको पैसा तिर्नुहोस् ।’ हावाको बिजुलीले देश आत्मनिर्भर एक साताअघि मात्रै प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्ने योजना यसरी नै सुनाएका थिए, तर तयारीविना हावा गफ गरेको भनेर सामाजिक सञ्जालमा आलोचना भएपछि शुक्रबारको कार्यक्रममा उनले आफ्नो योजनाको प्रतिरक्षा गरे । उनले भने, ‘हावाबाट बिजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने योजनाअनुसार सरकारले काम गरिरहेको छ । हावाबाट बिजुली निकाल्ने कुरा कठिन छैन । फर्पिङमा हावाबाटै बिजुली निकालेर गाउँ नै झलमल भएको छ । तर, यस्ता काम गर्न खोज्दा विपक्षी आत्तिएका छन् । यस्ता कुरा सुनेपछि केही–केहीलाई तिरिमिरी–झ्याइँ भएको छ ।’ प्रधानमन्त्री ओलीका ३ महिना ४० मन्त्री, तर मन्त्रिपरिषद् अझै अपूर्ण २५ पुस अर्थात् शनिबार प्रधानमन्त्रीका रूपमा ओलीले ठ्याक्कै तीन महिना बिताएका छन् । २५ असोजमा प्रधानमन्त्री भएका उनले १ कात्तिक, १९ कात्तिक, २३ कात्तिक र ९ पुसमा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४० जना मन्त्री बनाएका छन् । भागबन्डा पुर्‍याउन कृषि मन्त्रालय फुटाएर पशुपक्षी मन्त्रालय गठन गरी त्यसमा पनि मन्त्री र राज्यमन्त्री राख्नेजस्ता काम गरेका छन् । तर पनि उनको मन्त्रिपरिषद् अझै अपूरो छ । साना दललाई भाग पुर्‍याउन अझै केही मन्त्री थप्न बााकी छ । तर, यो अवस्था कांग्रेसको कारण आएको उनको भनाइ छ । शुक्रबारको कार्यक्रममा उनले भने, ‘मन्त्रिपरिषद् ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको हो । कांग्रेस सरकारमा आइदिएको भए २०–२५ जना मन्त्रीले नै काम चलाउन सकिन्थ्यो । अझै पनि कांग्रेस सरकारमा आउँछ भने यो मन्त्रिपरिषद् सदस्य कटौती गर्न सकिन्छ ।’ इतिहासमै धेरै उपप्रधानमन्त्री, तर प्रधानमन्त्रीलाई चिन्ता छैन प्रधानमन्त्री ओलीले १९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्रीको संख्या ६ पुर्‍याए । एउटै मन्त्रालयमा क्याबिनेट मन्त्रीसँगै राज्य र सहायकमन्त्री पनि नियुक्त गरेका छन् । एक सिट भएको दललाई पनि मन्त्री दिएका छन् । तर, यसबारे शुक्रबार एमालेका उपत्यकास्तरीय कार्यकर्तासाग उनले भने, ‘हाम्रो ध्यान कतिजना उपप्रधानमन्त्री भए भन्नेमा छ । उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो र रु मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको मात्र त हो । सांसद नभईकन मन्त्री हुन पाइँदैन, सांसदको भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो नि ।’ भाषण गर्दा ठूला आश्वासन, तर सरकारसँग योजना छैन नाकाबन्दीका समस्या सम्बोधन गर्ने वेला प्रधानमन्त्रीले महत्त्वाकांक्षी योजना मात्र सुनाए । उनले एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो—रेल सञ्चालन गर्ने, पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता कार्यक्रम पनि घोषणा गरे । तर, प्रधानमन्त्रीले आश्वासन दिएअनुसार कुनै पनि योजनामा सरकारको तयारी छैन । प्रधानमन्त्री भन्छन्– विपक्षीले थाहा पाउाछन् भनेर सरकारले खुसुखुसु काम गरिरहेको छ । यसबारे उनले शुक्रबार पनि यसो भने, ‘परिणाममा देखिने गरी सरकारले केही विशेष काम गर्दै छ । काम गर्नुअघि यस्तो वा त्यस्तो गरिन्छ भन्दा अवरोध बढी हुँदो रहेछ । अहिले म केही भन्दिनँ, केही समयपछि परिणाममै देख्नुहुनेछ । काम गर्ने योजना सँगसँगै असफल पार्ने योजना पनि आउँछन्, त्यसैले हल्ला र प्रचार नगरी खुसुखुसु काम गर्नतिर सरकार लागेको छ ।’ सबै मन्त्री सबै विषयमा बोल्छन्, कसैमाथि कमान्ड छैन आफ्नै मन्त्रीहरूमाथि पनि प्रधानमन्त्रीको कमान्ड देखिएको छैन । भारतलाई हेर्ने सरकारको दृष्टिकोणबारे सबै विभागका मन्त्री बोलिरहेका छन्, आ–आफ्नै तालमा । दुई उपप्रधानमन्त्री र एक मन्त्रीको अभिव्यक्तिमा त भारतीय दूतावासले विज्ञप्ति नै निकालेर खण्डन गर्‍यो । ती मन्त्रीको भनाइ जायज–नाजायज के थियो भनेर सरकारले स्पष्ट पार्न सकेन । उपप्रधानमन्त्री चित्रबहादुर केसीले सार्वजनिक कार्यक्रममा भने, ‘देशमा कालोबजारी भइरहेको छ, मैले सिंहदरबारबाट टुलुटुलु हेरिरहेको छु ।’ अर्का उपप्रधानमन्त्री कमल थापाले त सरकारलाई सहयोग गरेकोमा तेल तस्करलाई धन्यवाद दिए । तर, प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे पनि कार्यान्वयन गर्ने योजना सुनाउन सकेका छैनन् । शुक्रबारै पनि उनले डा। रामशरण महतमाथि व्यंग्य हानेर आफ्नो ‘जिम्मेवारी’ पूरा गरे । उनले भने, ‘सरकारले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने भनेको छ, त्यहीअनुसार काम पनि अगाडि बढिरहेको छ । लन्डनतिर उत्कृष्ट भएका मन्त्रीहरूले कुनै पनि परियोजना अघि नबढाएकाले अहिले विद्युत् मागभन्दा कम भएको हो । तर, अब समस्या समाधान हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE