Khabar Dabali १९ असार २०७९ आईतवार | 3rd July, 2022 Sun

नारी दिवस : कस्तो अधिकार, कस्तो समानता ?

Krishi bikash bank
बाख्रीको भन्दा खसीको मासु किन महंगो भएको त ? जति नारी अधिकारको कुरा गरे पनि भालेले पोथीलाई नै लखेटीरहेको हुन्छ !
सामान्य चेतनास्तर भएका मानिसहरुले मात्र होइन, आफूलाई तथाकथित विद्धान भन्न रुचाउनेहरुले समेत माथिका अभिव्यक्तिहरु चौतारा र चियापसलहरुमा दोहोर्‍याइरहेका पाइन्छन् । प्राकृतिक रुपमा पनि महिलाहरु पुरुषभन्दा कमजोर र पछाडि पारिएका हुन्छन् जस्ता तर्कहरु अगाडि सारेर आफूलाई सक्षम भएको घोषणा गर्न पाउँदा कतिपय स्वनामधन्य अग्रजहरुले गर्व गरिरहेका हुन्छन् । पुरुषहरुले निर्माण गरेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक सत्ताहरुको सिंहासनबाट जबरजस्त पछारिएका महिलाप्रति गरिने यी व्यवहारहरुको समूल अन्त्य कसरी होला ? यतिबेला महिला मुक्ति आन्दोलन अगाडिका चुनौतीहरु हुन् यी । परिवर्तन फगत सिद्धान्त र भाषणका कुरा मात्र होइनन् । यो त व्यवहार र संस्कारको बिषय हो । राजनीतिक देशको मूल नीति हो । नेता अग्रचेतनासहित भएमात्र उनीहरुले समाजको नेतृत्व गर्न सक्छन् । जनयुद्ध र जनआन्दोलनको राप र तापमा बढेको समानुपातिक र समावेशी प्रतिनिधित्वको अनुपात अहिले ह्वात्तै घटेको छ । यहीँनेर जब राजनीतिक दल र तिनका नेताहरुलाई उनीहरुको घोषणापत्र र सिद्धान्तको आँखीझ्यालबाट निहालिन्छ– उनीहरु केवल झूठका पहरेदार प्रतित हुन्छन् । अझै पनि वैतरणी तर्न र स्वर्ग जान छोरा जन्माउने लम्बे लाइनमा बसिरहेका राजनीतिक सामाजिक क्षेत्रका नेताबाट नारी अधिकारको भद्दा भाषण सुन्न पर्नु नारी अधिकारको अभियानमा एक भयंकर दुस्वप्त हो । अरु त त्यस्तै भैहाले, पुरातन सामाजिक सत्ताको आमूल परिवर्तन वा वर्गीय मुक्तिसँगै लिंगिय मुक्तिको सुनिश्चिता खोज्न छेडिएको दश बर्षको जनयुद्धमा होमिएका कतिपय पुरुषहरु समेत आफूले लगाएको कपडा र खाएको भाँडा श्रीमती वा छोरीहरुलाई मझाउन पाउँदा पुरुषत्व र आफ्नो उच्च नेतृत्वको महिमा चुलिने विश्वास गर्छन् । मानिसलाई चिन्ने व्यवहारले हो । सैद्धान्तिक प्रतिबद्धता र भाषणले कहिल्यै मानिसलाई चिनाउन सक्दैन । फेरि पनि परिवर्तन ठूला ठूला सैद्धान्तिक रटान भन्दा सामान्य जीवन व्यवहार हो जसले मानिसलाई २४औ घण्टा छाड्दैन ।
हामीले जनयुद्ध र आन्दोलनमा मारिने महिलाहरुको तथ्यांक भन्दा पनि सुत्केरी हुन नसकेर भयंकर यातनामा तड्पिंदै मर्न विवश हजारौं/नेपाली आमाहरुको तथ्यांक पछाडि अन्तरनिहित वास्तविकताहरु खोज्न आवश्यक छ । रोग, भोक र अभावको भयाक्रान्त चक्रव्यूहमा निरिह बनेर अत्यासलाग्दो चक्कर काट्दै कलेटी परेका नीला ओठहरुबाट जसोतसो मुक्तिका मधुर गीत गुन्गुनाइरहेका महिलाहरुको बीचमा नपुगी गोष्ठी, सत्ता र हरिया पत्तामा र्‍याल चुहाएर टालटुले सुधारको मन्द बिष छर्ने विकासे नारीवादको पछि लाग्ने कालिदास प्रवृत्तिको उपलब्धि भनेको हाँगो काटिएपछि पछारिनु नै हो ।
विश्वका विकसित देशहरुका लागि कुँडाकर्कट बनिसकेको राजतन्त्रलाई हामीले लामो संर्घषपछि बल्ल केन्द्रबाट परिधीतिर धकेल्न सकेका छौं । संघीय लोकतान्त्रिक मुलुकको नयाँ पहिरन पहिरिएको 'नयाँ नेपाल' को अन्तरवस्तुहरुमा अहिले पनि पूरानै उत्पीडनकारी दुर्गन्धहरु चुनौतीका पहाडहरु बनेर उभिइरहेको हामी सबैले अनुभूत गरिरहेकै छौं । राजनीतिक सत्ता परिवर्तन भएपनि सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक सत्ताले हामी माथि आदतको पूरानो शासन चलाइरहेको छ, जसको प्रतिफल अनन्य बलिदानीपछि पनि नीति निर्माणको तहमा आरक्षणको धागोमा सहानुभुतिको माला लगाउने हदभन्दा व्यवहारिक रुपमा अहिले पनि महिलाहरुलाई उठ्न दिइएको छैन । त्यसो त, राष्ट्रिय राजनीतिका महत्वपूर्ण अंगहरुमा महिलाको सहभागिता नगन्य अवस्थामा नै रहेको हाम्रो जस्तो तेस्रो विश्वको एउटा सशक्त प्रतिनिधि राष्ट्र नेपाल मात्रै होइन, अहिले विश्वको अतिसम्पन्न भनिने पहिलो विश्वका राष्ट्रहरुमा समेत महिलाले स्वतन्त्रताको स्वाभिमानी श्वास फेर्न पाइरहेका छैनन् । यद्यपि यस आलेखमा समुद्रपारका शिशमहलहरुमा कसरी २१औं शताब्दीमा पनि महिला पितृसत्तात्मक सत्ताको जाँतोमा पिल्सिइरहेका छन् र पूर्ण मुक्तिसहित विजयको झण्डा उठाउन सकिरहेका छैनन् भन्ने प्रसंगमा बहस गरिने छैन । यहाँ भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रको न्यूनतम राजनीतिक र सामाजिक पूर्वाधार निर्माणमा डटिरहेको नेपालमा महिलाको समग्र अवस्थाबारे केही विषय उठान गरिनेछ । गरिबीको विषालु सर्पद्वारा पलपल डसिइरहेका विपन्न जनताका झुपडीभित्र दोहोरो उत्पीडनको गह्रुंगो र भद्दा सिक्रीमा बाँधिएका नेपाली नारीहरुको पीडासँग एकाकार नभई विकासे कार्यकर्ता र उनीहरुको बोक्रे रिपोर्टहरुमा अल्झिएर हामीले नेपाली महिलाको वास्तविकता किमार्थ बुझ्न सक्दैनौं । तेस्रो विश्वका देशहरुमा गरिबीको रेखामुनि रहेका आम विपन्नहरुको तथ्यांकभित्र अटाएका महिलाहरु त अरुसँगै यसै पनि आधारभूत र मौलिक हक-अधिकार नपाएर कष्टसाध्य जीवन जिउन बाध्य छन् । साथमा, गरिबीको यातनागृहभित्र अझ अर्को भयंकर यातनागृह हुन्छ, जहाँ महिला हुनुको सजायँ पाएर यातनाप्रद र अत्यासलाग्दो घाउ सहँदै मृत्यूको मल्हम कुर्नैपर्ने पीडादायी विवशतामा जीवन सजाइरहेका छन् । भारतका घोषित कोठीहरु मात्र होइन, यतिबेला मुख्य शहरका हरेक गल्लीहरुमा अघोषित कोठीमा आफ्ना उर्बरशील उमेरको समय र अस्मिता २/४ पैसासँग साट्न बाध्य महिलाहरुको लागि संघीय गणतन्त्र नेपाल आकाशको फल आँखातरी मर भनेझैं भइरहेछ । त्यसो त, वैधानिक सम्बन्धको आधारमा घरघरमा हुने वैधानिक बलात्कारको चर्चा कसले गर्ने ? गणतन्त्रको परिवर्तनले उनीहरुमाथि बर्सिइरहेको असमानताको घातक तुषारो रोक्न सकिरहेको छैन । अझ सामन्तवादको विभेदकारी संयन्त्रबाट उम्किानासाथ तावाको माछा भुंग्रोमा भनेझैं झन पुँजीवादी बजारमा कृत्रिमतामा सजिदै र नांगिदै आफूलाई बिकाउ वस्तुको रुपमा उपभोक्ताहरु अगाडि प्रदर्शित हुनुपरिरहेछ । यतिबेला हामीले जनयुद्ध र आन्दोलनमा मारिने महिलाहरुको तथ्यांक भन्दा पनि सुत्केरी हुन नसकेर भयंकर यातनामा तड्पिंदै मर्न विवश हजारौं/नेपाली आमाहरुको तथ्यांक पछाडि अन्तरनिहित वास्तविकताहरु खोज्न आवश्यक छ । रोग, भोक र अभावको भयाक्रान्त चक्रव्यूहमा निरिह बनेर अत्यासलाग्दो चक्कर काट्दै कलेटी परेका नीला ओठहरुबाट जसोतसो मुक्तिका मधुर गीत गुन्गुनाइरहेका महिलाहरुको बीचमा नपुगी गोष्ठी, सत्ता र हरिया पत्तामा र्‍याल चुहाएर टालटुले सुधारको मन्द बिष छर्ने विकासे नारीवादको पछि लाग्ने कालिदास प्रवृत्तिको उपलब्धि भनेको हाँगो काटिएपछि पछारिनु नै हो । महिलालाई आरक्षणबाट विशेषाधिकारको उचाईसम्म पुर्‍याउनुको महत्व पनि उल्लेख्य रहेको छ । नीति निर्माणको तहसम्म महिलाको सहभागितालाई सुनिश्चित गरेर असमानबीचको समान प्रतिष्पर्धाको पुँजीवादी खेलबाट सम्पर्णरुपमा महिलालाई जोगाउने एउटा भरपर्दो तरिका भनेको विशेषाधिकार नै हुनसक्छ । बाघ र बाख्राबीचको प्रतिष्पर्धा गराएर हार्ने बाख्रालाई अशक्त घोषणा गर्ने पाखण्डीहरुको जमातलाई चुनौती दिन पनि समानहरुको बीचको समान प्रतिष्पर्धाको अवधारणा, सैद्धान्तिक प्रतिबद्धता, कानुनी खोस्टाहरुमा भन्दा व्यवहारको कसीमा नै कार्यान्वयन गर्ने नयाँ समाजसहितको संसार निर्माण गरिनु आवश्यक छ । व्याख्या गर्ने साँघुरो आँगनमा रुमल्लिएर भन्दा पनि बदल्ने फराकिलो आकाशमा उडान भर्ने अभिष्ट यतिबेला हामी सबैले लिनुपरेको छ ....उडी छुनु चन्द्र एक भनेझैं । महिला हिंसामुक्त समाजको निर्माण गर्नु भनेको अर्को अर्थमा अधिकारसम्पन्न महिलासहितको एउटा स्वतन्त्र र समुन्नत समाज निर्माण गर्ने चुनौती हो । अभाव बढ्दै जाँदा हिंसा बढ्दै जान्छ, यो समिकरणमा प्रत्यक्ष सम्बन्ध हुन्छ जसमा एउटा बढ्दा अर्को पनि बढ्छ । हरेक सामाजिक सहभागिताका अवसरबाट बञ्चित गराइएका महिलालाई मनोगत रुपमा कमजोर रुपमा चित्रित गर्ने कायरहरुको कमी त्यतिबेला मात्र हुनेछ । कस्तो होला महिला अधिकार सम्पन्न भएको नयाँ समाज, जुन हिंसारहित हुन्छ ? को महिला ? पक्कै पनि कसै न कसैको आमा, दिदी, बहिनी, छोरी, श्रीमती आदि आदि । अनि कसरी हुन्छन् अधिकार सम्पन्न ? शिक्षा, स्वास्थ्य, रोजगारीमा समान अवसर दिएर । यसको लागि सदियौंदेखिको उत्पीडनको बदलामा केही समय विशेषाधिकार त दिनै पर्‍यो । जब आधारभूत रुपमा यी शर्तहरु पूरा गर्न सकिन्छन्, तब सामाजिक, सांस्कृतिक रुपमा उनीहरु आफैं सचेततापूर्वक आफ्नो सहभागिता रोज्न र खोज्न सक्छन् । यी सबै कुराको आधारभूमिमा राजनीतिक सचेतता आवश्यक हुन्छ । अर्को भुल्नै नहुने कुरा पितृसत्तात्मक सोच र कार्यशैलीले ग्रस्त यो संरचनाले महिलाहरुलाई यी अधिकार दया, मायाले दिन्छ त - अवश्य दिंदैन । माग्दा नदिए पछि खोसेर लिनुपर्छ । त्यसको लागि चाहि सही विचारसहितको संगठन चाहिन्छ । किनकी एकतामा नै अभेद्य शक्ति हुन्छ । महिलाहरुले जब वास्तविक विरोध र हड्तालको शुरुवात गर्नेछन्, त्यतिबेला झण्डै दुनियाँ नै ठप्प प्रायः हुनेछ । बितेको एक दशक यो दिशामा महत्वपूर्ण रह्यो र त्यसअघिका केही दशकहरु त्यसको तयारीका रुपमा रहे । अहिले हामी सबै हाम्रो सर्न्दर्भमा अहिलेसम्मका सबै महिला मुक्ति आन्दोलनको एउटा उत्कर्षमा बाँचिरहेका छौं । इतिहासको यो महत्वपूर्ण घडीमा उत्पीडित वर्गको मुक्तिको अभियानमा महिला मुक्तिलाई पनि जोड्दै नयाँ संविधानमा सबै क्षेत्रमा जनसंख्याको अनुपातको उपस्थितिको र शरीर, सम्पत्तिमाथिको अधिकार सुनिश्चितताको लागि ननिदाइकन, अझ आँखा नै नझिम्क्याई सतर्क र सचेत बनिरहन आवश्यक छ । संविधान बनेर मात्र हुँदैन, त्यसको क्रियान्वयन पक्ष कमजोर रहृयो भने त्यो निर्जिव कागजी खोस्टोभन्दा माथि उठ्न सक्दैन । त्यसैले सम्झाइदिउँ सबैलाई, कुनै असल महिलाको भूमिका बिना न मार्क्स मार्क्स बन्न सक्थे, न अरु कुनै महापुरुषहरु । न भविष्यको कर्णधारहरुको लागि पहिलो पाठशाला वास्तविक पाठशाला बन्न सक्छ असल महिलाहरुको उपस्थिति बिना । आउनुहोस् लागौं, हामी सबै महिला हिंसा रहित समुन्नत संसारको निर्माणमा । किनकी यो नयाँ नेपाल निर्माणको महत्वपूर्ण काम हो । प्रतिक्रियाको लागि phuchche@gmail.com
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page