Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

दरबार हत्याकाण्डमा दिपेन्द्रले राक्षसी प्रवृत्ति देखाएकाे विरेन्द्रका एडीसीको खुलासा

\"adc-467x330\"काठमाडौं । अवकाशप्राप्त उपरथी टीका धमलासँग राजा वीरेन्द्रका अनगिन्ती संस्मरण छन् । एडिसीका रूपमा २० वर्ष राजा वीरेन्द्रसँगै रहेका उनी दरबार हत्याकाण्ड हुने दिन ०५८ जेठ १९ गते शुक्रबार साँझसम्म वीरेन्द्रसँगै थिए । कूटनीति, सुरक्षाका विषयमा स्वयं जानकार पूर्वउपरथी धमलाले राजा वीरेन्द्रका राजनीतिक, कूटनीतिक र निजी प्रसंग नयाँ पत्रिकाका पर्शुराम काफ्लेलाई सुनाए : ०२८ सालमा राजा वीरेन्द्रले गद्दी सम्हाल्नुभयो । नेपाल र भारतबीच १९५० को सन्धि हुँदा नेपालमा राणाहरूको हुकुमी शासन थियो । २००७ सालमा प्रजातन्त्र आएपछि सन्धि रद्द हुनुपर्छ, नयाँ सन्धि हुनुपर्छ भन्ने आवाज नेपालमा उठिरहेको थियो । कम्युनिस्टले त वेला–वेलामा त्यसका बारेमा कराइरहेका थिए । सन्धि असमान हो भन्ने कुरा राजा महेन्द्र र वीरेन्द्रलाई पनि लागेको हो, तर उहाँहरूको शैली हल्ला गर्ने खालको थिएन । राजा वीरेन्द्रलाई अन्तिमसम्म लागेको थियो– भारतसँग नेपालको विशेष सम्बन्ध रहनैपर्छ । यो नभएसम्म नेपालमा शान्ति र आर्थिक विकास हुँदैन । वीरेन्द्र सरकार ‘क्लियर’ हुनुहुन्थ्यो । १९५० को सन्धि, ०२२ को गोप्य सम्झौता उहाँलाई सहज लागेन । त्यसले नेपालको स्वतन्त्रतामा आँच आएको भान भयो । हुन त, सन्धिको दफा १० मा एक वर्षको सूचना दिएर कुनै देशले अर्कालाई सन्धि खारेजीका लागि चिठी पठाए एक वर्षपछि स्वतस् रद्द हुने व्यवस्था पनि छ । तर, त्यो निवेदन दिँदा भारतसँग ‘डाइरेक्ट कन्फ्रन्टेसन’ हुन्छ भन्ने राजालाई लाग्यो । त्यसकारण, राजाले शान्ति क्षेत्रको प्रस्ताव ल्याएर ती दुवै विषयको औचित्य समाप्त भएको संकेत दिनुभएको हो । कूटनीतिक रूपमा १९५० को सन्धि र ०२२ को गोप्य सम्झौतालाई माइनस गरेर नेपालको स्वतन्त्र छवि स्थापित गर्न राजाले ०३१ सालमा शुभराज्याभिषेकका समयमा शान्ति क्षेत्रको प्रस्ताव गर्नुभयो । ५७ देशका प्रतिनिधिसामु राजाले टुँडिखेलबाट यो घोषणा गर्नुभयो । चीन, रसिया, पाकिस्तानलगायत देशले समर्थन गरे । संयुक्त राष्ट्रसंघको सदस्यता लिएका मुलुकमध्ये दुईतिहाइ अर्थात् ११६ मुलुकले राजाको प्रस्तावलाई समर्थन गरे । भारतले समर्थन गरेन । भारतसँगको सम्बन्धका कारण रसियाले समर्थन लामो समयसम्म कायम राखेन । शान्ति क्षेत्रको प्रस्तावका बारेमा राजा वीरेन्द्रले भारतसँग विभिन्न चरणमा कुराकानी गर्नुभयो, तर ऊ ‘कन्भिन्स’ भएन । राजीव गान्धी नेता थिएनन्, इन्दिरा गान्धीको दुर्घटनामा मृत्यु नभइदिएको भए राजीव पाइलट नै रहन्थे, बरु सञ्जय गान्धी नेतृत्वमा आउनेवाला थिए । सञ्जयलाई इन्दिराले नै अघि बढाइरहेकी थिइन् । तर, संयोगले राजीव राजनीतिमा अगाडि आए । राजीवसँग राजा वीरेन्द्रको सम्बन्ध राम्रो भएन । सार्कको दोस्रो सम्मेलन बैंग्लोरमा जाँदा राजा वीरेन्द्रले नेपालको जलस्रोत विकास नेपाल भारत, बंगलादेशसँग मिलेर गरौँ भन्ने प्रस्ताव गर्नुभयो । तीन देशले बराबरी लगानी गरौँ, ‘एक्स्प्लोर’ गरौँ भन्ने प्रस्तावलाई राजीव गान्धी र बंगलादेशका राष्ट्रपतिले समर्थन गरे । गान्धीले त यतिसम्म भने, ‘राजा वीरेन्द्रको प्रस्ताव स्वागतयोग्य छ, भारत सरकार आफैँले ६ महिनाभित्र यससम्बन्धी स्वेतपत्र जारी गर्नेछ ।’ तर, अहिलेसम्म भारतले स्वेतपत्र जारी गरेको छैन । मैले ‘महाराजाधिराज वीरेन्द्र सरकार’सँग २० वर्ष नजिक बसेर काम गरेँ । नेपालीहरू आफ्नो पाखुरीमा स्वाभिमानीपूर्वक बाँच्नुपर्छ भन्ने उहाँको चाहना थियो । बंगलादेशका राष्ट्रपति सेख मुजिबर रहमानको पहिलो स्टेट भिजिट नेपालमा भयो । त्यही वेला राजा वीरेन्द्र र रहमानबीच कुराकानी हुँदा सार्कको परिकल्पना भयो । राष्ट्रपति रहमान यस्तो इमानदार र राष्ट्रवादी हुनुहुन्थ्यो कि उहाँले सरकारी मोटरमा कहिल्यै श्रीमती राख्नुभएन । सार्कको छलफल भए पनि भारत र पाकिस्तानले कसरी मान्लान् भन्ने भयो । सुरुमा भारत र पाकिस्तान दुवैले मानेनन् । भारतलाई लाग्यो, ‘सार्क भयो भने साना देश मिलेर भारतलाई कर्नरमा पार्छन् ।’ पाकिस्तानलाई लाग्यो, ‘सार्क भयो भने भारतको डोमिनेसन हुन्छ, हामीलाई अप्ठ्यारो हुन्छ ।’ त्यसपछि राजा र रहमानको कुरा भयो । राजाले पाकिस्तानलाई मनाउने, रहमानले भारतलाई मनाउने । दुई पक्षीय मामिला सार्कमा छलफल नहुने भन्नेमा भारत र पाकिस्तान सहमत भए । अन्ततस् सार्क जन्मियो । परिकल्पनाकार राजा हुनुहुन्थ्यो । ०३८ सालमा अल्पविकसित मुलुकका तर्फबाट राष्ट्रसंघले पेरिस कन्फरेन्समा राजालाई पमुख अतिथि बनायो । त्यहाँ राजाले मर्मस्पर्शी भाषण गर्नुभएको छ, ‘मैले यहाँ बोलिरहेका वेला एसियाका बच्चाहरू रोग, भोकले खान नपाएर रोइरहेको कानमा गुन्जिइरहेको छ । तर, बच्चाहरूलाई गोली दिइँदै छ, यो कुन तत्त्व हो ?’ अमेरिका भ्रमणमा जाँदा राजालाई अमेरिकी प्रेसले घेरे । एट्लान्टाको घटना हो, नारायणप्रसाद श्रेष्ठ पनि थिए । मिडियाले भने, ‘मिस्टर वीरेन्द्र ।’ बेलायतीहरूले राजालाई सम्मान गर्न जानेका हुन्छन्, अमेरिकीहरू जान्दैनन् । तर, राजाले यसलाई अन्यथा लिनुभएन । हामीले अमेरिकी प्रेसलाई रोक्न खोज्यौँ, तर राजाले भन्नुभयो ‘नरोक । आई नो हाउ टू डिल इट ।’ राजाले मिडियासँग खुलेर कुराकानी गर्नुभयो । भोलिपल्ट अमेरिकी अखबारमा उहाँको राम्रो ‘कभरेज’ भयो । नेपाली सेनाका सुप्रिम कमान्डर राजा हुनुहुन्थ्यो । उहाँ सुरक्षा निकायलाई सकेसम्म आत्मनिर्भर बनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँकै पहलमा जर्मनबाट मेसिन ल्याएर सुन्दरीजलमा हतियार मर्मत भइरहेको छ । जर्मन हेक्लर एन्ड कोक कम्पनीले नेपालमा हतियार एसेम्बल गर्ने र दक्षिण एसियामा बेच्ने, जसले गर्दा नेपाली सेनालाई आवश्यक हतियार यहीँ तयार हुने, यो प्रसंग अगाडि बढेको थियो । कम्तीमा हामीलाई मात्रै हतियार पुर्‍याउन सक्यौँ भने पनि राम्रै हुन्थ्यो । नेपाली सेनाले लगाउने पोसाक हेटौँडाबाट उत्पादन हुन्थ्यो । हेटौँडा गएका वेला राजाले भन्नुहुन्थ्यो, ‘सेनालाई लगाउने लुगा यहीँ बनाउनुपर्छ ।’ राजा पनि यहीँ बनेको युनिफर्म लगाउनुहुन्थ्यो । ०४७ पछिको कुरा । त्यतिवेला एकजना मेजर जनरललाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल हालियो । राजा भ्रष्टाचार सहनुहुन्नथ्यो । संवैधानिक राजा हुँदाहुँदै पनि सेनाको कमान्डरका हिसाबले मेजर जनरललाई जेल हाल्नु ठूलो कुरा थियो । त्यसपछि त्यो तहको को जेल परेको छ रु भारतका व्यापारी, धार्मिक व्यक्तित्वसँग राजा वीरेन्द्रको असाध्यै राम्रो सम्बन्ध थियो । उहाँले ‘ट्रयाक टु डिप्लोमेसी’को प्रयोग गर्नुभएको थियो । दक्षिण भारतको उद्विपीमा गीता मन्दिरको उद्घाटनमा राजा वीरेन्द्रको सवारी भयो । म साथमै थिएँ । मन्दिरका मठाधीशले उद्घाटनका लागि वीरेन्द्र सरकारलाई पटक–पटक आग्रह गर्दै आएका थिए । राजासँग उनको डाइरेक्ट ‘एप्रोच’ थियो । राजा भन्नुहुन्थ्यो– म त हेड अफ स्टेट हुँ । म आफैँ जान मिल्दैन, सरकारमार्फत आउनुपर्छ ।’ भारतको औपचारिक निमन्त्रणाविना राजा जान मिल्दैनथ्यो, तर मन्दिरका मठाधीश मान्दैनथे । राष्ट्रपति शंकरदयाल शर्मा थिए । उनको निमन्त्रणामा राजा जानुभयो । औपचारिक भ्रमणका क्रममा दुई रात दिल्ली बसेर राजा उद्विपी भ्रमण गर्नुभयो र गीता मन्दिरको उद्घाटन भयो । भारतीय नेताहरूले मठाधीशलाई जुत्ता फुकालेर साष्टांग दण्डवत् गर्दा रहेछन् । लालकृष्ण आडबाणी पनि गएका थिए, उनले लम्पसार परेरै मठाधीशलाई ढोगे । गीता मन्दिरका मठाधीशले भने, ‘नेपाल र भारत राजनीतिक रूपमा दुईवटा हुन्, तर सांस्कृतिक, धार्मिक रूपमा एउटै हुन् । भारतवर्षको उत्तराखण्ड तपोभूमि हो नेपाल । तपोभूमिमा क्षेत्रीय वंशका राजाले राज्य गरेको हुनुपर्छ भनेर वेदमा लेखिएको छ । भारतवर्ष कर्मभूमि हो । कर्मभूमिमा कसैले पनि तपोभूमि नेपालप्रति कुदृष्टि राखेमा भलो हुँदैन ।’ भारतसँग सम्बन्ध चिसिँदै थियो, त्यही वेला मठाधीशले त्यसो भन्दा राजाले अप्ठ्यारो मान्नुभयो । राजाले नै सिकाएर मठाधीशले बोलेजस्तो भयो । तीन वर्षअघि म रामेश्वर मन्दिर गएको थिएँ । त्यसअघि म राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग पनि गएको थिएँ । रामले लंकामा आक्रमण गर्दा शिवजीको स्थापना गरेर सेतु राखिएको र लंकाको विजय भएको भनिन्छ । नेपालका राजा र मन्दिरका पुजारीले मात्रै त्यहाँको शिवलिंग छुन पाउँछन्, भारतका राष्ट्रपति, प्रधानमन्त्री कसैले पनि पाउँदैनन् । पशुपतिनाथको मन्दिरको शिवलिंगचाहिँ नेपालका राजाले पनि छुन पाउँदैनन्, बाहिरैबाट पूजाआजा गर्ने हो, भट्टले लगेर राखिदिने । म रामेश्वर जाँदा त्यहाँका मठाधीशले भने, ‘राजा हुँदा उनी आएर यहाँ पूजा गर्थे । १२ वर्षभित्र राजा आएर दर्शन हुन्थ्यो, अब नेपालमा राजा छैनन्, कसले आएर दर्शन गर्ला रु’ एकपटक भारतीय राष्ट्रपति कलामउद्दिनको निम्तामा दिल्ली गएको क्षण सम्झिन्छु । राष्ट्रपति मुस्लिम भए पनि गीताको गहिरो ज्ञान रहेछ । गीताका विषयमा राजासँग कुराकानी भयो । कुनै ठाउँमा गीतामा भनिएको छ– राजा भगवान् विष्णुको मानवीय स्वरूपमा हुनुहुन्छ । राजा बेस्सरी हाँस्नुभयो, हामी पनि दंग पर्‍यौँ । वीरेन्द्रले जवाफ दिनुभयो, ‘नो, तपाईं पनि त्यस्तै हो, जस्तो म हुँ । राजालाई विष्णुको अवतार भनेको सबैभन्दा उच्च स्थानमा भन्ने अर्थमा हो । तपाईं पनि त्यही ठाउँमा हुनुहुन्छ ।’ त्यसपछि ठूलो हाँसो भयो । राजा वीरेन्द्रको अन्तिम सवारी मैले नै चलाएको थिएँ, जेठ १९ गते साँझ डिल्लीबजारस्थित बडागुरुज्यू केशरीराज पाण्डेको घरमा । त्यही दिन राति घटना भयो । म स्पष्ट छु– तत्कालीन युवराज दीपेन्द्रको हातबाट गोली चलाइएको हो । बाहिरका संस्थाहरू लागे भनेर अनेक प्रचार–प्रसार भए । युवराज दीपेन्द्र सरकारले राक्षसी प्रवृत्ति देखाएकै हुन् । र, त्यो घटना मानव समाजमा हुने नै चिज हो । नेपालीको धरोहर भएका हिसाबले त्यो घटनाप्रति कुतूहल हुनु स्वाभाविक हो । घटनापछि ज्ञानेन्द्र सरकार धेरै नै चिन्तित हुनुभयो । उच्चस्तरीय आयोग गठन भयो । माधव नेपालजी बस्छु भनेर पनि बस्नुभएन । बाँचेकाहरूको पनि बयान आयो । स्पष्ट भइसकेको पनि छ । त्यो केसमा राजपरिवारका कोही पनि संलग्न छैनन् । उनीहरूको संलग्नता कहिल्यै पनि पुष्टि हुनेछैन । युवराज दीपेन्द्रले हतियार राख्नुहुन्थ्यो । यो सुरक्षा सिद्धान्तविपरीत थियो । छोराले बाबुलाई त्यसरी गोली हान्लान् भन्ने सोचेका थिएनौँ । पारिवारिक पार्टीमा त्यस्तो होला भन्ने कसले सोचेको थियो र रु बुबाप्रति उहाँ बफादार हुनुहुन्थ्यो । भूतप्रेत आदि विविध वास्तुजन्य कारणले हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन भत्काइयो । त्रिभुवन सदन देख्नेबित्तिकै मन खिन्न हुन्छ । दिनदिनै कति हेरेर बस्ने रु त्यही भएर भत्काइयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE