Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

ओलीले सम्पादकलाई बोलाएर सुनाए चारवटा कथा

\"oli\"काठमाडौं । सरकार गठन भएको १०७औं दिनमा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मंगलबार सम्पादकसहितका पत्रकारसँग भेटघाट गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– चितुवा र गैँडा आउँदा प्रधानमन्त्रीको मजाक काठमाडौंमा मेट्रो रेल चलाउनुपर्छ, २५–३० लाख जनसंख्या भएको सहरमा त्यो चाहिन्छ, हामीले दिल्लीमा, बैंककमा हेरेका छौँ भनेँ मैले । तर, सहरमा चितुवा आयोभन्दा मेट्रो हेर्न आयो रे, चितवनको खेतमा गैँडा पस्दा ग्यासको पाइप हेर्न आयो रे† भनियो, म त छक्क परेँ । काठमाडौंमा इलेक्ट्रिक प्रविधि भित्र्याउने कुरा गर्दा यस ग्रहमा कतै नभएको कुरा बोलेजस्तो भयो, धेरै विद्वान्ले इलेक्ट्रिक बस चलाउने रे पनि भने । अहिले स्वस्थानीको वेला छ, सतीदेवीले यसो पराल उघारेर हेर्दा शिवजीको ठूलो दरबार छ भनेजस्तो मैले पराल उघारेर हेर्नोस् मेट्रो देखिन्छ त भनेको होइन नि† मैले त बनाउने भनेको छु । केही वर्षभित्र मेट्रो चल्छ, चलाउने नै हो । यो अपराधमा हामी जस्तोसुकै सजाय भोग्न पनि तयार छौँ, हामीले काम थालिसकेका छौँ । तातोपानीबाट बिजुली मैले विकास सम्भावित ठाउँमा हावाबाट बिजुली निकाल्ने भनेको त हुँदैन भने, प्रधानमन्त्रीलाई सन्चो छैन कि क्या हो भने । तिब्बतमा ४० प्रतिशत जियो थर्मलबाट बिजुली निकालेका छन् । मैले तातोपानीबाट बिजुली निकालौँ भनेँ । त्यो गरेपछि त्यहाँ फाइभ स्टार होटेल बनाइदिने, मान्छेहरू तातोपानीमा स्विमिङ गर्न पनि जान्छन् । यो कसरी बेठीक भयो रु म्याग्दीमा तातोपानी छ । दैलेखको श्रीस्थान भन्ने ठाउँमा पानीमाथि सलाई कोरेर लगाइदिँदा आगो बल्छ । श्रीस्थान भनेको स्वस्थानीसँग जोडिएको छ । नेपालमा यस्ता धेरै छन् । नाका नखुले भारत जान्नँ राजनीति गर्ने राजनीतिक दल जिम्मेवार हुन्छ भन्ने कुरामा मलाई विश्वास छ । मित्रको पनि मित्रतासँग म विश्वास गर्छु । मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ । घोषणा नगरी भएको नाकाबन्दी घोषणा नगरीकनै खुल्छ । नाकाबन्दी एक–दुई दिनमै खुल्छ । नाकाबन्दी अन्त्य गर्नेबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय परामर्श जारी राखेका छौँ । अहिलेको असहज अवस्थालाई सहज नबनाई भारत भ्रमण गर्नु वाञ्छनीय छैन । नाका खुले भारत भ्रमण हुन्छ । अनि, संविधान आयो संविधान जारी हुनु असाधारण उपलब्धि हो । कतिपयले हतार भयो भन्ने गरेको पनि सुनिन्छ । यदि संविधानसभामा दृढ निश्चयका साथ अघि नबढेको भए, सात दिन मात्रै ढिला गरेको वा पर्खेको भए संविधान बन्दैनथ्यो । संविधान निर्माणलाई पछाडि धकेल्दै लगेर चैत, वैशाखसम्मै पनि संविधान बन्न नदिने षड्यन्त्र थियो, त्यसलाई चिर्न सफल भयौँ । सिलिन्डर कति बोक्ने ? मैले फोहोर व्यवस्थापन पनि गर्ने र ग्यास पनि निकाल्ने कुरा गरेको हुँ । पहिले काँचो दाउरा ढुंग्रीले फु फु गर्ने जमाना थियो, त्यो गयो । त्यसपछि काँधमा सिलिन्डर बोकेर कुद्ने जमाना आयो । तपाईंहरूले दुस्ख पाउनुभएको छ, अब केही समय पर्खनोस्, सिलिन्डर नबोक्ने जमानातिर लाग्छौँ । विद्वान्हरूले सिलिन्डर काँधमा बोकेर हिँड्ने परम्परा जोगाउँछौँ भनेँ । मैले यसो भन्दा केहीले सिलिन्डर नै बोक्न पाउनुपर्छ भन्नेजस्तो तर्क गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE