Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कांग्रेसमा ९७ सदस्यीय कार्यसमितिको प्रस्ताव

\"congressकाठमाडौं । कांग्रेस संस्थापन पक्षले तीन उपसभापति सहित ९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्तावसहितको विधान मस्यौंदा तीन शीर्ष नेतालाई बुझाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ–संगठन विभाग प्रमुख समेत रहेका आनन्द ढुंगाना संयोजकत्वमा गठित विधान समितिमा पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या बढाउने बिषयमा सहमति नजुटेपछि संस्थापन पक्ष र बरिष्ठ नेता शेरवहादुर देउवा पक्षको फरक मतसहितको प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाइएको हो। विधान समितिमा रहेका देउवा पक्षीय सदस्यले पार्टीको आवश्यकता भन्दा व्यक्ति व्यवस्थापनका लागि पदाधिकारी बढाउने प्रस्ताव ल्याइएको भन्दै आपत्ति जनाएका थिए। विधान मस्यौंदा समितिमा पदाधिकारी बढाउने र नबढाउने वीच विवाद बढेपछि समाधान खोज्न तीन नेताको जिम्मा दिइएको हो। विधान समिति सदस्य एवं पार्टी प्रवक्ता दिलेन्द्र बडुले तीन शीर्ष नेताबीच सहमति जुटोस भनेर समितिमा आएको फरक मतसहितको प्रस्तावित मस्यौदा बुझाइएको बताए।‘केन्द्रीय कार्यसमिति ८५ सदस्यीय भन्दा बढाउन नहुने फरक विचार पनि आएको छ’ उनले भने,‘त्यसलाई पनि संगै राखेर नेतृत्वलाई बुझाइएको छ।’ संस्थापन पक्षको बहुमत रहेको समितिमा संयोजक ढुंगानाले एक निर्वाचित सहित तीन उपसभापतिको पद बढाउने प्रस्ताव गरेका छन्। त्यसमा एक महिला उपसभापति रहने प्रस्ताव छ। एक जना निर्वाचनबाट र दुई उपसाभापति सभापतिबाट मनोनयन गर्ने प्रस्ताव छ। त्यस्तै सहमहामन्त्री आवश्यकताअनुसार बढाउन सकिने प्रस्ताव छ। केन्द्रीय कार्यसमितिको आकार ९७ जना हुने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE