Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

हलिउड हिरो बन्न चाहन्थे सुशील’दा

\"sushil-da-562x330\"काठमाडौं । तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, सुन्दर सपना बुनिरहेका किशोर सुशील कोइरालाको सपना पनि तुहियो । त्यतिवेला सुशील कांग्रेसका सामान्य सदस्य मात्रै थिए । राजनीतिक भविष्यबारे न उनले कल्पना गरेका थिए न नेता बन्ने सपना पालेका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ– लक्का जवान सुशील त रंगमञ्चको हिरो बन्न चाहन्थे, त्यो पनि नेपाली अथवा हिन्दी फिल्मको होइन, सीधै हलिउडको । त्यसका लागि उनले भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर प्रारम्भिक तयारी पनि गरिसकेका थिए । ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए । अमेरिकाको भिसासमेत आइसकेको थियो । तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कु’ गरेपछि बिपी कोइरालासहित कांग्रेसका शीर्ष नेता जेल परे । बिपीले आफ्नो परिवारको संरक्षण गर्ने जिम्मा दिएर सुशीललाई यतै बस्न लगाए । उनी अमेरिका उड्न पाएनन्, नेपालमै बस्न र राजनीतिमा लाग्न बाध्य भए । सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कु’ गरेको भए पनि उनी अमेरिका पुगिसकेका हुन्थे । पुगेका भए या त जेम्स बोन्डको भूमिका पाउँथे या संघर्ष गरेर पसिना पुछ्दै नेपाल फर्किन्थे । कोइराला परिवारको भएकाले नेपाल फर्किएपछि पनि राजनीतिमा लाग्ने सम्भावना थियो । तर, महेन्द्रले गर्दा उनले राजनीतिमा लाग्न अमेरिकाको फेरो मार्नुपरेन । रंगमञ्चको हिरो बन्ने सपना तुहिए पनि राजनीतिमा भने सुशील हिरो भए । सुशीलसित लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार रंगमञ्च र फोटोग्राफी सुशीलको पहिलो रोजाइ थियो । राजनीतिक यात्रा बाध्यात्मक उपज मात्रै हो । ०१६ अघि नै सुशीलले बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए । उनले लामो समय बनारसमा बिताएका थिए । ‘सुशील’दाको हलिउडमा खेल्ने साह्रै ठूलो धोको थियो,’ बस्नेत भन्छन्, ‘तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार विघटन गरेसँगै उहाँ अमेरिका जान रोकिनुभयो ।’ केही वर्षअघि नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै सुशीलले हलिउड चलचित्रमा खेल्ने आफ्नो धोको पूरा नभएको बताएका थिए । तपार्इं राजनीतिमा नआएको भए कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा कोइरालाले भनेका थिए, ‘म हिरो हुन्थेँ, हलिउडमा खेल्ने मेरो इच्छा थियो । राजनीति मेरो पहिलो रोजाइ होइन ।’ बिपी र गिरिजाप्रसादसँगै आन्दोलनमा सुशील यसरी समर्पित भए, हलिउडको हिरो बन्ने सपना मात्रै होइन, आफ्नो जवानीसमेत बिर्सिए । देशमा प्रजातन्त्र पुनस्र्थापना हुँदासम्म उनको उमेर ढल्किसकेको थियो । सुशीलले वेलावेला भन्ने गरेका थिए, ‘मैले प्रजातन्त्रसँग विवाह गरेँ ।’ तर, पनि कहिलेकाहीँ उनका कुराबाट विवाह गर्ने समय आन्दोलनमा बिताएकोमा पछुतो मानेको संकेत पाउन सकिन्थ्यो । ‘विवाह गर्न त मन थियो, आन्दोलनमा लाग्ने समयमा विवाह गरेको भए परिवार बालबच्चा कसले हेरिदिन्थ्यो रु,’ सुशीलको भनाइ थियो, ‘विवाहभन्दा मैले आन्दोलनलाई रोजेँ ।’ थर कोइराला भए पनि सुशील र बिपीको एउटै पुख्र्यौली होइन । बिपी र सुशीलका आमाहरू दिदीबहिनी हुन् । सुशीलकी आमा बिपीकी आमाकी बहिनी हुन् । कांग्रेस नेता पुरुषोत्तम बस्नेत भन्छन्, ‘बुबापट्टिभन्दा उहाँहरूको आमापट्टिको नाता नजिकको हो ।’ कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली झरेका थिए । भन्सारको ठेक्काको काम थालेका कृष्णप्रसादले आफ्नो व्यापारका लागि आवश्यक कामदार पनि आफ्नै गाउँबाट ल्याएका थिए । सोही क्रममा सुशीलको परिवार पनि रंगेली झरेको हो । पछि जागिरका क्रममा सुशीलका पिता बोधप्रसाद नेपालगन्ज पुगेका थिए जहाँ उनले जिल्ला वन अधिकृतका रूपमा लामो समय बिताए । ‘डिएफओ भएर उहाँ ९बोधप्रसाद० लामो समय नेपालगन्ज बस्नुभयो, सुशील’दासहित उहाँहरू उतै बस्न थाल्नुभयो,’ कांग्रेस नेता बस्नेतले भने । सुशीलका दुई दाइ र तीन भाइ छन् । दुवै दाइको केही वर्षअघि निधन भइसकेको छ । भाइ अरुण र विजय नेपालगन्जमै बस्दै आएका छन् भने अशोक विराटनगरमा छन् । अरुण र अशोक कांग्रेस राजनीतिमा सक्रिय छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE