Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

जाउलोले झुक्क्याएपछि यसरी प्राण त्यागे सुशील कोइरालाले

\"sushil\"काठमाडौं । काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालालाई तीनदेखि हल्का ज्वरो आइरहेको थियो । आजको नागरिक दैनिकमा खबर छ–खोकी र खकारको मात्रा बढिरहेको थियो। सोमबार बिहान उनका निजी चिकित्सक डा. करवीरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको भिभिआइपी क्याबिनसमेत बुक गरेका थिए। दिनभर अस्पतालबाट सोधनी भइरह्यो, कति बेला ल्याउने ? तर दिउँसो कोइरालाले केही जाउलो खाए । चिकित्सक र आफन्तलाई लाग्यो, अब ठिकै होला तर साँझ परेपछि खस्किन थालेको स्वास्थ्य अवस्था रात छिप्पिँदै जाँदा संकटतर्फ उन्मुख भयो र १२ः५० मा उनको निधन भयो । मुलुककै सबैभन्दा ठूलो पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका कोइरालालाई तीन दिनदेखि नै स्वास्थ्यमा समस्या देखिँदा पनि किन अस्पताल लगिएन त रु भन्ने जिज्ञासामा योगीले भने, ुउपचार त घरमै पनि भइरहेको थियो, तर दिउँसो खाएको जाउलोले झुक्यायो,ु डा। योगीलेले ुदिउँसो खाना र राति अबेर पनि सुप खाएसँगै योगीले नजाने भए म क्याबिन क्यान्सिल गरिदिन्छुु भन्दै रद्द गरेको बताए । अहिलेको अवस्थामा देशका सबैभन्दा महत्वपूर्ण व्यक्तिमध्येका कोइरालालाई अस्पताल नलगिनु, पछि एम्बुलेन्स आउन ढिला भएको भनिनु र सहयोगीसमेत नभएको अवस्था देखिनुलाई कतिपयले लापरबाहीका रुपमा हेरेका छन् । प्रतिरोधात्मक क्षमता कमजोर भएका कोइरालामा निमोनियाजन्य लक्षण देखिइसकेपछि उपचारका लागि आइसियुयुक्त सुविधासम्पन्न अस्पतालमा लान ढिला गर्न हुँदैनथ्यो भन्ने कतिपय चिकित्सकको भनाइ छ । घरमै राख्नुपर्दा पनि उमेर र अन्य अवस्था हेरेर चिकित्सक र नर्सिङ टिमसहित तत्काल गर्न सकिने सबै विकल्प राख्नुपथ्र्यो भन्ने उनीहरुको तर्क छ । \'७८ वर्षको मान्छे जसलाई फोक्सोको क्यान्सर भइसकेको छ । त्यस्तो मान्छेलाई निमोनियाको लक्षण देखिनासाथ सुविधासम्पन्न र बहुविशेषज्ञको निगरानीमा उपचार गर्ने प्रबन्ध गरिनुपथ्र्यो\' कोइरालाको उपचारमा संलग्न नभएका एक छातीरोग विशेषज्ञले भने । \'कमजोर फोक्सो भएका कोइरालामा निमोनिया विकास भइसकेपछि हामीले लानुपर्ने नदेखेरै अस्पताल नलगेका हौं\' डा। योगीले थपे, \'तर साँझदेखि अवस्था थप बिग्रन थाल्यो, राति अबेरसम्म पुग्दा हामीले अस्पताल लान पनि सकेनौं ।\' पछिल्लोपटक राति ११ बजेतिर शरीरमा अक्सिजनको मात्रा एकदमै घटेको भन्दै निवासबाट योगीलाई फोन गरेका थिए । योगीले अक्सिजनको मात्रा बढाउँदै गर्नू, म आइपुग्छु भनेर कोइराला निवास पुग्दा कोइरालाको अवस्था निकै बिग्रिसकेको थियो । पारिवारिक स्रोतका अनुसार डा. योगी र केही सहयोगीले बारम्बार फोन गरे पनि त्रिवि शिक्षण अस्पतालकै एम्बुलेन्सको फोन उठेन । \'गाडीमा लैजाऊभन्दा अक्सिजन छुटाउनै नहुने अवस्था थियो\' एक सहयोगीले भने, \'पछि डा. सापले अब केही काम छैन भन्नुभयो ।\' सहयोगीका अनुसार त्यसपछि डा. योगीले एक्लै सिपिआर (कार्डियोपल्मोनरी रिसाइटेसन) गरेका थिए । त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स सेवामा भएको ढिलाइबारे जानकारी माग्दा निर्देशक महरा सम्पर्कमै आउन चाहेनन् । मौसम परिवर्तनसँगै रुघाखोकी सुरु भएपछि गत बिहीबार उनी गंगालाल हृदयरोग केन्द्र पुगेका थिए । गंगालालमा उनको मुटुको एक्स–रे इको गर्दा कुनै समस्यासमेत थिए । गंगालाल पुग्दा उनको खुट्टा भने केही सुन्निएको थियो । गाडी पार्किङ गरे पनि इको गर्ने कोठासम्म आफँै हिँडेर गएका थिए । तर तीन दिनदेखि हल्का ज्वरोसमेत देखिएपछि उनलाई तीन प्रकारका एन्टिबायोटिक्स चलाइएको भनाइ डा। योगीको छ । ुरुघाखोकी हो, तीन प्रकारको एन्टिबायोटिक्स चलाइरहिएको छ, निको भइहाल्छ नि भन्ने लाग्यो,ु उनले भने । योगीका अनुसार उनले क्याबिन बुक गरेको कुरा सुरुमा सशांक कोइराला र अतुल कोइरालालाई समेत भनेका थिए । दिउँसो जाउलो खाएपछि भने ुमैले बुक गरेको थिएँ क्यान्सिल गरिदिन्छुु भन्दै सशांकलाई सुनाएको योगी बताउँछन् । आइतबार बिहानै पनि श्वासप्रश्वासमा समस्या परेको जानकारी दिएपछि योगी बिहान पाँच बजेतिरै निवास पुगेका थिए । सोमबार पनि आफू बिहानै निवास पुगेको योगीको भनाइ छ । \'बिहान ८ देखि १० बजेसम्म थिएँ, फेरि ११ बजेतिर गएर साढे ३ बजेतिर निस्किएँ\' उनले थपे, \'राति पनि १० बजेसम्म बसेरै फर्किएको हुँ ।\' उनले घर आएको केही समयपछि ११ बजे अक्सिजन \'स्याचुरेट\' भो भनेपछि आफू जाँदा अवस्था गम्भीर भइसकेको बताए । चिकित्सकका अनुसार सुरुमा घाँटी र पछि फोक्सोको क्यान्सरसमेतलाई जितेको कोइरालामा फोक्सोमा पुरानो समस्या बोङकाइटिस थियो । \'चेन्जिङ मौसमका कारण पुरानो बोङकाइटिसमा निमोनिया विकास भयो,\'उनले थपे, \'कमजोर इम्युनसिस्टम र स्टेरोइडसमेत खाइरहेकाले पनि निमोनिया र्यापिड्ली ग्रो भयाे, नियन्त्रणै भएनु योगीले भने । उनले मृत्युको कारण \'टाइप २ रेस्पोरेटोरी फेलियर\' भएको बताए । योगीका अनुसार चिसो बढेसँगै एक महिनादेखि नै अक्सिजनको मात्रा बढाउनुपरेको थियो । पछिल्लोपटक उनको क्यान्सर भने नियन्त्रणमा थियो । सामान्य खोकी, रुघा जारी रहे पनि आइतबार पनि भेटघाट जारी नै राखेका थिए । कांग्रेस, काठमाडौंको १३औं जिल्ला अधिवेशन उद्घाटनका लागि बिहान ९ बजे प्रज्ञाभवन जाने कार्यक्रम रहेका कारण कोइरालाले सोमबारको भेटघाट नराख्न सुझाएका थिए तर उनी अप्ठेरो भयो भन्दै कार्यक्रममा जान सकेनन् । राति पानी परेको र मौसम पनि चिसो भएको भन्दै कोइराला त्यस दिन रोकिएका थिए । उनले सोमबार बिहान बेलुकै सामान्य नरम जाउलो खाएका थिए । त्यसपछि खाना खाएपछि समस्या नहुने भन्दै चिकित्सक योगी बाहिरिएको सहयोगीहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE