Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सुशील'दा भन्थे बिहे गर्दा झमेला हुन्छ

\"Sushil_Koirala\"काठमाडौं । राणा शासनसँगको विद्रोहदेखि पञ्चायतविरुद्धको लडाइँसम्म अधिकांश कांग्रेसी नेताहरूको बसोबास हुने ठाउँ थियो, भारतको बनारस । नेपालमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भयो वा शासकसँग बच्नुपर्‍यो भने सीधै उनीहरू बनारस पुग्थे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–त्यहाँ धेरै नेपाली पढ्नका लागि बसेका थिए । निर्वासित जीवन उनीहरू विद्यार्थीहरूसँग बिताउँथे । कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री बलदेव मजगैयाँ पनि बनासरमै पढ्थे । २०२७ सालमा बीपी कोइराला पनि निर्वासित भएर परिवारसहित बनारस पुगे । त्यही समूहमा एउटा झुस्स दाह्री पलाएको युवक पनि थियो । ‘ती सुशील कोइराला रहेछन्, बस्दै जाँदा चिनजान भयो र हामी साथीजस्तै भयौँ\' मजगैयाँ सम्झन्छन्, ‘त्यसपछि राजनीतिमा पनि सँगै भयौँ ।\' दाङबाट कांग्रेसमा लागेकाहरू पनि धेरै थिए । त्यहाँ थुपै्र नेता कार्यकर्ताको जमघट थियो । त्यो बेला कसैले बिहे गरेका थिएनन् । शेरबहादुर देउवादेखि शैलजा आचार्य सबै अविवाहित थिए । अनि बेलाबेलामा कृष्णप्रसाद भट्टराई (किसुनजी) पनि त्यहाँ पुग्थे र ती तन्नेरीहरूलाई भन्थे ‘केटा हो, मैले त बिहे नगरेर गल्ती गरेँ तिमीहरू जीवन खेर नफाल, बिहे गर ।\' अनि सुशील जवाफ फर्काउँथे, ‘बिहे गर्ने हैन, झमेला हुन्छ ।\' बहुदल आइसकेपछि पनि धेरैले धेरैपटक उनलाई सम्झाए, बिहे गर्नुस् अनि घरबार जीवन व्यवस्थित गर्नुहोस् । तर कोइराला टार्थे । अति नै बढी दबाब आयो भने झर्किन्थे अनि त्यो समूह नै छोडेर कतै जान्थे । ‘किसुनजीको सल्लाह मानेर त्यो बेलाका हामी सबैले बिहे गर्‍यौँ तर सुशील जी र शैलजाजीले बिहे गर्नुभएन ।\' बिहेको बारेमा कोइरालाको सधैं एउटै जवाफ हुन्थ्यो, ‘राजनीति गर्ने मान्छेको जीवन हो, बिहे गरेर किन झमेलामा फस्ने ? \' मज्गैयाँ सम्झिन्छन्, ‘उहाँले बिहे गर्ने मन कहिल्यै गर्नुभएन । म पनि उहाँसँग लामो समयसँगै रहेँ जहिलो पनि बिहेलाई टार्नुभयो र पूरै जीवन राजनीतिमा समर्पण गर्नुभयो ।\' कोइरालाको सबैभन्दा ठूलो विशेषता अनि गुण भनेको आम कार्यकर्ता जस्तै भएर रहनु हो । देश दौरानको क्रममा उनी अधिकांश ठाउँमा कार्यकर्ताकै घरमा बसे । होटेलमा धेरै बसेनन् । दाङ आउँदा उनी धेरैजसो यहाँका स्थानीय नेता राजु खनालको घरमा बस्थे । खनाल अहिले सांसद छन् । ‘यहाँ आउँदा कहिल्यै होटेलमा बस्न मान्नुभएन, खान बस्न सबै कार्यकर्तासँगै हुन्थ्योु खनाल सम्झिन्छन्, ‘कार्यकर्ताको घरमा पनि धेरै भीडभाड भयो भने खर्च धेरै हुन्छ भनेर थोरैमात्रै मान्छे लैजानुहुन्थ्यो ।\' परिवारमा सँगै बसेर खाँदा कोइरालाले सधैँ कार्यकर्ताको परिवारको सुखदुःखको बारेमा कुरा गर्थे । सञ्चो बिसञ्चो अनि छोराछोरीको पढाइ लेखाइबारे चिन्ता गर्थे । ‘अत्यन्तै साधारणपन थियो, नेता होइन कार्यकर्ताको भन्दा पनि सामान्य खानपानु खनाल भन्छन् ‘अलि गतिलो, महंगो चिज पकायो भने गाली गर्नुहुन्थ्यो, किन यत्रो खर्च गरेको भन्नुहुथ्यो ।\' करिब दुई वर्षसम्म महाराजगन्ज निवासमै प्रेस सल्लाहकारको भूमिकामा कोइरालासँगै रहेका पत्रकार विपुल पोख्रेलको स्मरण पनि उस्तै छ । ‘उहाँको निवासमा गेटदेखि भान्सासम्मै कार्यकर्ता सजिलै जानआउन सक्थेु\' पोख्रेल भन्छन्, ‘व्यवस्थित सचिवालयमा कार्यकर्ता आउन अप्ठ्यारो हुन्छ भनेर उहाँले सचिवाल पनि घरकै छतमा टिनको छानो भएको बनाउनुभयो ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE