Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पासपोर्ट थन्काएर गाँउमै इलम

जाजरकोट । जोखिम मोलेरै भए पनि नेपाल छोडेर विदेश तर्फ जाने युवाहरुको लहर चलिरहेका वेला भेरी मालीका नगरपालीका ४ मुलपानी जाजरकोटकी देवी शर्माले वनाएको मेसिन रिलेवल पासपोर्ट एमआरपी लाई थन्काएर गाउमै खुद्रा पसल शुरु गरेकी छन । पैसा कमाउने सुखसयलको जीवन बिताउने सपना वोकेर अरु झै गरेर पनि विगतमा जोखिम मोलेर भएपनि ओमन गएकी उनले यस पटक भने आफनै गाँउमा खुद्रा पसल गरेकी हुन । गरिवी निवारण कोषको आर्थिक सहयोगमा स्थानिय गैर सरकारी संस्था ग्रामिण विकास स्रोत केन्द्र नेपाल जाजरकोट मार्फत मुलपानी सामुदायिक संस्था वाट उन्नाईस हजार रुपैयाँ ऋण लिएर व्यवसाय संचालन गरेकी छन । भरखरै वाट व्यवसाय संचालन गरेकी छु । यसमा केही संस्थाको रकम र केही मैले आफैसँग भएको रकम बाट व्यवसाय शुरु गरेकी हुँु अझ यस लाई राम्रो वनाउदै लैजाने देवि शर्माले वताईन । अव नेपालमै बसेर स्वाबलम्बी वन्ने उनले वताइन । उनीले मेहेनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिएकी छन दैनिक बिदेशिने युवाहरुलाई । खुद्रा पसल संचालन गरेर गाउकै नमुना महिला वन्न सफल भएकी छन । सरकारले स्वदेशमै रोजगारीको सृजना गरेर विदेसिने युवाहरुलाई काम दिनु पर्ने उनको भनाई छ । दैनिक विदेसमा जाने सस्तो व्याज दरमा सरकारले ऋण दिएर युवाहरु लाई व्यवसायमा ,उत्पादन लगाएतका काममा लगाउनु पर्ने उनी बताउँछिन्  । कोषको आर्थिक सहयोगमा ग्रामीण विकास स्रोत केन्द्र लगाएतका ९ वटा गैर सरकारी संस्थाहरु मार्फत जिल्लाको भेरीमालीका नगरपालीका र २६ वटा गाविसमा ३९ करोड वढी घुम्ती कोषको लगानी गरिएको गरिबी निवारण कोष जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक परेकराज आचार्यले जानकारी दिए । जिल्लाको कतिपय गाँउमा सामुदायीक संस्थाका सदस्यहरुले घुम्ती कोष लिएर पनि सहि तरिकाले सदुपयोग गरेका छैनन,उनिहरुले कोषको रकम लाई दुरुपयोग गरि असुलीमा कठिनाई भएको वेलामा मुलपानीमा सामुदायिक संस्थाका सदस्यहरुले उदाहरणीय काम गरेको आर्चायले वताए । समुदायको आवश्कता र मागका आधारमा योजनाहरुको छनौट हुने तथा कोषले सहयोग गर्ने गरेको आर्चायले वताए । समुदायले कोषको रकमलाई  सहि सदुपयोग गर्रे दैनिक युवाहरु विदेशिनु नपर्ने स्वदेशमै वसेर पनि सुन फलाउन सकिने आर्चायको भनाई छ । साविकको खलंगा गाविस हालको भेरीमालीका नगरपालीकाका वडा हरु १,२,३ र ४ वटा वडामा ग्रामिण विकास स्रोत केन्द्रद्धारा पहिलो चरणमा अल्पकालीन ऋण स्वरुप घुम्ती कोषको परिचाालन गरिएको संस्थाका कार्यक्रम संयोजक सुजता वाग्लेले जानकारी दिइन । तत्काल पहिलो चरणमा लगानी गरिएको घुम्ती कोषको असुली गरेर पुन सामुदायिक संस्थाका सदस्यहरुलाई सस्तो व्याजदरमा ऋण वितरण हुने वाग्लेले वताइन । संस्थाले पहिलो चरणमा आय आर्जन ब्यवसाय,वाख्रा पालन र क्षमता विकासमा लगानी गरेको उनले वताइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending