Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कोइरालाको पार्थिव शरीरमा दागबत्ती दिन नपाउँदै ओली सरकारले यसरी थुत्यो गाडी

\"koirala-gadi-660x330\"काठमाडौं । पूर्वप्रधानमन्त्रीको रूपमा सुशील कोइरालालाई सरकारले दिएको सुविधाको प्राडो गाडी प्रधानमन्त्री निवासबाट फिर्ता मागिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कोइरालाको पार्थिव शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निजी सचिवालयले गाडी फिर्ता मागेको हो । बालुवाटारका नासु दवाडीले गरेका थिए ताकेता कोइराला चढ्ने बा।६च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजी सचिवालयले ताकेता गरेको थियो । सचिवालयमा कार्यरत नायब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगन्जस्थित डा। शशांक कोइरालाको घरको ल्यान्डलाइन नं ०१–४०१६२४० मा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए । तर, फोन उठाउने सुरक्षाकर्मीले आफन्त सबै कोइरालाको अन्त्येष्टिमा गएकाले तत्काल फिर्ता गर्न गाह्रो भएको जवाफ दिएका थिए । पटक–पटक ताकेता भएपछि गाडी फिर्ता गरियो बालुवाटारबाट बिहीबार बिहान पनि सोही टेलिफोनमा दुईपटक फोन गरी गाडी फिर्ता गर्न ताकेता गरिएपछि कोइराला चढ्ने गाडी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ । सुशीलका आफन्त मृदुला कोइरालाले गाडी फिर्ता पठाइएको बताइन् । ‘सरकारले सुशील’दालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधाको गाडी दिएको थियो,’ उनले भनिन्, ‘बालुवाटारबाट मागिएपछि आज बिहान फिर्ता गरियो ।’ गाडी फिर्ता नमागेको नासुको दाबी प्रधानमन्त्रीको निजी सचिवालयका नासु दवाडीले गाडी फिर्ता गर्न आफूले फोन नगरेको दाबी गरे । ‘म प्रधानमन्त्रीको निवासको निजी सचिवालयमा काम गर्छु तर, पूर्वप्रधानमन्त्रीको हैसियतमा सुशील कोइरालालाई दिइएको गाडी फिर्ता माग्न फोन गरेको छैन् । प्लिज मैले गरेको होइन ।’ गाडी आयो, तर मागिएको होइन स् प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुशील कोइरालाले प्रयोग गरेको गाडी बुधबार बिहान ११ बजे फिर्ता आएको बताए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गाडी फिर्ता नमागेको दाबी उनले गरे । ‘गाडी फिर्ता माग्ने प्रधानमन्त्री कार्यालयले हो । प्रधानमन्त्री निवासको निजी सचिवालयले होइन । यहाँबाट फिर्ता मागिएको छैन । दुस्खमा रहेको बेलामा माग्ने कुरा आउँदैन । गाडी भने आइपुग्यो ।’ कति दिन भित्र फिर्ता माग्न सकिन्छ रु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले सुविधास्वरुप मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीलाई दिइएको गाडी कति दिनभित्र माग्ने भन्ने कानुनमा कुनै व्यवस्था नरहेको बताए । स्व।कोइरालालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा पनि प्रधानमन्त्री कार्यालयले गाडी उपलव्ध गराउने कानुनमा व्यवस्था छ । प्रधानमन्त्रीबाट हटेपछि कोइरालाले लगेका थिए गाडी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएसागै निर्वतमान भएका सुशील कोइरालाले बा।६ च। १०३० नम्बरको प्राडो गाडी लगेका थिए । पछि मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधाका रूपमा कोइरालालाई दिने निर्णय गरेको थियो । कोइरालाको स्वकीय सचिव रहेका बेला लक्ष्मण ढकालले सो गाडी प्रयोग गरेका थिए । स्वकीय सचिवबाट ढकाललाई हटाएर अतुल कोइरालालाई स्वकीय सचिव बनाइएपछि सो गाडी प्रधानमन्त्री कार्यालयमा थन्किएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE