फाल्गुन २७ गते, २०७१ बुधवार 11th March, 2015 Wed०८:४१:०८ मा प्रकाशित
काठमाडाैं, बलात्कारीलाई मृत्युदण्ड माग गर्दै बालुवाटार घेराउ एमाओवादी निकट अखिल क्रान्तिकारीले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ ।
महिला, बालबालिकामाथि हिंसाका घटना बढेको भन्दै यस्ता घटना न्यूनीकरणका लागि कडा कानुनको माग गर्दै बुधबार बिहान साढे ९ बजेदेखि १० बजेसम्म क्रान्तिकारीले बालुावटार घेराउ गरेको होे ।
‘महिला र बालबालिकामाथि हिंसाका घटना तीव्र बन्दै गएकाले कानुन बनाएर मृत्युदण्ड दिन माग गर्दै प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराउनका लागि बालुवाटारमा धर्ना दिएका हौँ ।’ अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले खबरडबलीसँग भने, ‘बलात्कारपछि मृत्यु भएकी ६ वर्षीय पूजा शाह र तेजाव छ्यापिएकी किसोरीलाई न्याय गर्न ध्यानाकर्षण गराएका छाैँ ।’
फागुन ९ मा बलात्करपछि उपचारका क्रममा दुई दिन अघि प्राण त्यागेकी बाराकी बालिकासहितले न्याय पाउन पनि अपराधमा संलग्नलाई कडा कारवाही आवश्यक भएको उनले बताए । केही साता अघि काठमाडौंमा तेजाव छ्यापी घाइते बनाइएकी अर्की किसोरीलाई अस्पतालको बेडबाटै एसएसलसी दिन पाउने व्यवस्था गर्न पनि क्रान्तिकारीले प्रधानमन्त्रीसँग माग गरेको छ । बालुवाटारमा आधा घण्टा लामो धर्ना पछी प्रधानमन्त्रीलाई संयोजक रमेश मल्लको नेतृत्वमा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आफु बलत्कारीलाई कारवाही गर्नको लागी तयार रहेको र एसिड पक्ररणमा घाइते विद्यार्थीलाई परिक्षा दिने वातावरण मिलाउनका लागी निर्देशन दिने प्रतिबद्धता ब्यक्त गरेको मल्लले खबर डबलीलाई जानकारि गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: