Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

मन्त्रीले नै काम नपाएपछि ....

\"singhadarbar\"काठमाडौं । ४० सदस्यीय अहिलेको मन्त्रिपरिषद्मा १० राज्यमन्त्री र दुई सहायकमन्त्री छन् । सत्तारुढ दल एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा र मधेस समता पार्टीबाट राज्यमन्त्री र सहायकमन्त्री नियुक्त भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–अधिकांश राज्यमन्त्री र सहायक मन्त्रीले काम नपाएको गुनासो गरेका छन् । जिम्मेवारीविहीन हुँदा हीनताबोध भएको उनीहरूले बताउने गरेका छन्। मन्त्रीले सहयोगी मात्र बनाएको गुनासो अधिकांश राज्यमन्त्री र सहायकमन्त्रीले क्याबिनेट मन्त्रीले कुनै ठोस जिम्मेवारी नदिएको गुनासो गरेका छन् । मन्त्रीले सहयोगीको भूमिकाका रूपमा पनि सीमित गराएको उनीहरू बताउँछन् । मन्त्रीले स्वविवेकमा राज्यमन्त्री र सहायकमन्त्रीलाई अधिकार र जिम्मेवारी दिने परम्परा छ । तर, आफूहरूले सल्लाह–सुझाब दिने, सचिवहरूले पेस गरेका सीमित फाइल अध्ययन गरेर मन्त्रीकोमा पठाउने काम मात्र पाएको उनीहरू बताउँछन् । केही राज्यमन्त्री भने मन्त्रीबाट क्षेत्र–विशेषकै जिम्मेवारी पाए पनि असन्तुष्ट छन् । प्रधानमन्त्रीसँग अधिकार माग्ने तयारी शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री दीपनारायण साह अचेल फुर्सदिला छन् । कार्यालय समयमा मन्त्रालय पुग्ने, कार्यकर्तासँग गफ गर्ने, गुनासा सुन्ने र ४ बजे निवास फर्किने । तीन महिनादेखि यस्तै दैनिकीबीच कुनै जिम्मेवारी नपाएपछि उनी फुर्सदिला देखिएका हुन् । मन्त्री एकनाथ ढकालले कुनै अधिकार नदिएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग अधिकार दिन छलफल गर्ने तयारीमा उनी छन् । राज्यमन्त्री शाही असन्तुष्ट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो पार्टीको भागमा परेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पनि लिएका छन् । उनले कुन्ती शाहीलाई राज्यमन्त्री र विराज विष्टलाई सहायक मन्त्री बनाएका छन् । तर, शाही र विष्ट दुवै मन्त्री थापासँग सन्तुष्ट छैनन् । राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले तीन महिनापछि फुलमन्त्री बनाउने आश्वासन दिएको र अहिले बेवास्ता गरेको भन्दै राज्यमन्त्री शाही असन्तुष्ट भएकी हुन् । ‘तीन महिना राज्यमन्त्रीको अनुभव बटुलेपछि फुलमन्त्री दिने सहमति थियो,’ शाहीनिकट स्रोतले भन्यो, ‘अहिले त उपप्रधानमन्त्रीज्यूले स्थानीय चुनाव आउन लाग्यो, पार्टीले चुनाव जित्नुपर्छ । त्यसैले कुन्ती शाहीले क्याबिनेटकै हैसियतमा जिम्मेवारी सम्हाल्न सक्दिनन् भन्ने तर्क गर्न थाल्नुभएको छ ।’ भूमिसुधारमन्त्री र राज्यमन्त्रीको विवाद मिल्यो भूमिसुधारमन्त्री रामकुमार सुब्बा र राज्यमन्त्री विक्रमबहादुर थापाबीच करार कर्मचारी नियुक्तिको विषयमा चलेको विवाद मिलेको छ । सुदूरपश्चिम र मध्यपश्चिममा आफूलाई तोकिएको कार्यक्षेत्रभित्र मन्त्री सुब्बाले हस्तक्षेप गरेको थापाले निकट व्यक्तिहरूलाई बताउने गरेका थिए । अहिले त सामान्य अवस्था रहेको थापाले बताए । उनले भने, ‘असमझदारी हुन लागे छलफल गर्छौँ, बाहिर विवाद भनेर आएको गलत हो ।’ मन्त्रालय फुटाएपछि मन्त्रीबीच विवाद कृषि मन्त्रालय फुटाएर पशुपक्षी विकास मन्त्रालय बनाइएपछि दुई मन्त्रीबीच विवाद छ । कृषिमन्त्री हरिबोल गजुरेल र पशुपक्षी विकासमन्त्री शान्ता मानवीबीच बजेटका विषयमा विवाद भएको हो । यो विवाद प्रधानमन्त्री केपी ओलीसम्म पुगेको थियो । तत्कालका लागि पशुपक्षी मन्त्रालयलाई अर्थ मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध भएपछि विवाद साम्य हुँदै गएको छ । ‘दुवै मन्त्रालयलाई अधिकार बाँडियो, तर बजेट बाँडिएन । एउटै मन्त्रालय हुँदाको २७ अर्बको बजेटमा हामीले पाँच अर्ब पाउनुपर्ने हो, त्यो पाइएको छैन,’ पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले भनिन्, ‘अर्थ मन्त्रालयले ६ करोड बजेट दिएपछि अलिअलि मन्त्रालय चलाउने बाटो बनेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE