Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

पौडेल आक्रमक, देउवा संयम र सिटौला कुटनीतिक

\"paudel-deuba-and-situla-660x316\"काठमाडौं । कांग्रेसको १३औँ महाधिवेशन उद्घाटन कार्यक्रममा सभापतिका तीन दाबेदारले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिमा लग्ने नेतृत्व चयनमा जोड दिए । आजको नयााँ पत्रिका दैनिकमा खबर छ–कार्यबाहक सभापति रामचन्द्र पौडेल आक्रामक, वरिष्ठ नेता शेरबहादुर देउवा संयमित र महामन्त्री कृष्णप्रसाद सिटौलाले कूटनीतिक रूपमा आफ्ना भनाइ राखे । भागबन्डामा होइन, मूल्यांकनमा पार्टी सञ्चालन कार्यबाहक सभापति रामचन्द्र पौडेल हामीले संविधान मात्र होइन देशमा नयाँ व्यवस्था दिन खोजेका हौँ । संविधान जारीको नेतृत्व कांग्रेसले गर्‍यो, कार्यान्वयन पनि कांग्रेसले गर्छ । देशको परिवर्तन कांग्रेसले गर्छ । तर, नेतृत्वमा अघि सर्न कांग्रेस आफैँ परिवर्तन हुनु जरुरी छ । हामीले आत्मविश्वास गुमायौँ भने देशको नेतृत्व गर्न सक्दैनौँ । कांग्रेसमा आज वैचारिक सुदृढता र चिन्तनको आवश्यकता छ । वैचारिक रूपमा कांग्रेस प्रखर, सजग र सचेत हुन जरुरी छ । वैचारिक रूपले खरो उत्रन कांग्रेसमा एकता हुनुपर्छ । त्यो एकता एकताका लागि मात्र होइन, विचार, गन्तव्य र आदर्शका लागि हो । आलोचनामा बग्ने मात्र नगरौँ, आत्मालोचना गरौँ । कहाँ बिग्रियो भन्नेमा सही छलफल गरौँ । आज राजनीति गर्ने मान्छेप्रति मिडियामा सुन्छौँ, सामाजिक सञ्जालमा हेर्छौँ । यो सबै हेर्दा कहिलेकाहीँ त मलाई आत्महत्या गरौँजस्तो लाग्छ । किनकि राजनीति गर्ने मान्छेको निन्दा भएको छ । राजनीति गर्ने निन्दित भएका छन् । सबैभन्दा ठूला पापी यिनीहरू नै हुन् भनिरहेका छन् । अतिरञ्जना र बद्मासी पनि होला । तर, कतै हामीले पनि गल्ती गरेका छौँ कि, हामीले विकृति ल्याएका छौँ कि छैनौँ भनेर आफैँलाई हेर्नुपर्छ । अपमानित र लाञ्छित भएको राजनीतिलाई सम्मानित गराउने मेरो उद्देश्य हो । आज राजनीति गर्ने मान्छेले सदाचार र लोकतन्त्र अपनाएर, लोकतान्त्रिक आचरण र चरित्रलाई सम्मानित गर्नुपर्ने सबैभन्दा ठूलो खाँचो छ । राजनीतिमाथि जनतामा विश्वास जगाउने आजको आवश्यकता हो । राजनीतिप्रति विश्वास जागेन भने राष्ट्र रहँदैन । विश्वास भएन भने राष्ट्रलाई कसले बचाउने र हामी कसरी बाँच्ने रु नेताहरूले देशै बेच्न लागे भन्ने अविश्वास हटाउनैपर्छ । यो वातावरण नेपाली कांग्रेसका नेता–कार्यकर्ताले बनाउनुपर्छ । कांग्रेसले राजनीति सञ्चालन गर्दा भागबन्डा होइन, मूल्यांकनका आधारमा सञ्चालन गर्नुपर्छ । नेताले कार्यकर्ताको मूल्यांकन गरेनन् भन्ने छ । जतिखेर कार्यकर्ताले नेताको क्षमताको मूल्यांकन गर्छ, त्यतिखेर नेताले कार्यकर्ताको मूल्यांकन गर्नेछ । कार्यकर्ताले नेताको मूल्यांकन गरेनन् भने भगवान्ले पनि हामीलाई बचाउन सक्दैनन्, हाम्रो पार्टीलाई जोगाउन सक्दैनन् । अगाडिको प्रतिस्पर्धामा हामी कति क्षमताशील बन्छौँ त्यो हाम्रै व्यवहारमा र जजमेन्टमा भर पर्छ । त्यसैले देशलाई परिवर्तन र रूपान्तरण गर्न कांग्रेस परिवर्तन गर्न जरुरी छ । होइन भने के राजनीति हाम्रो जागिर हो रु पेसा हो रु व्यापार हो रु राजनीति त राष्ट्रको सेवा हो, जनताको विश्वास हो । ड्ड हाम्रै बलमा संविधान संशोधन अघि बढ्यो । अझै असन्तुष्टि छन् भने त्यो पनि समाधान गर्न चाहन्छौँ । अब राजनीतिक विषयमा झगडा गरेर बस्ने वेला होइन । अब संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिमा जानुपर्छ । प्रदेशको सीमांकनमा खुला भएर, उदार भएर समाधान गर्न चाहन्छौँ । अब नेपाल र नेपाली अलमलिनुहुँदैन । अबको प्रमुख मुद्दा संविधान कार्यान्वयन वरिष्ठ नेता शेरबहादुर देउवा देशभित्र र बाहिरबाट कांग्रेस महाधिवेशनलाई महत्त्वका साथ हेरिएको छ । यही वेला हाम्रा श्रद्धेय सभापति सुशील कोइरालाको निधनले पार्टीलाई ठूलो क्षति भएको छ । हामीले त्यो क्षतिलाई महाधिवेशनबाट पूर्ति गर्नु छ । विनाशकारी भूकम्पपछि हाम्रा दाजुभाइ, दिदीबहिनी कठ्यांग्रिँदो जाडोमा बस्नुपरेको छ । हामी अब पुनर्निर्माणमा लाग्नुपर्नेछ । पीडितको अनुहारमा खुसी ल्याउनु छ । त्यसैले हामी नेपालको पुनर्निर्माणलाई प्राथमिकता दिन्छौँ । प्रमुख मुद्दा बिपीको सपनामा ल्याएको संविधान कार्यान्वयन नै हो । प्रदेशको सीमांकनको टुंगो लगाउनु छ । हाम्रो छिमेकी भारतसँग सम्बन्ध केही बिग्रेको छ, त्यो सम्बन्ध सुमधुर बनाउन जरुरी छ । यस्ता चुनौतीमा हामी अब चुप लागेर बसेर हुँदैन । यो चुनौतीलाई कांग्रेसले मात्र पार लगाउन सक्छ । यो देश सबै जाति, धर्म, सम्प्रदाय, वर्गका जनताको बासस्थान हो । त्यसैले समावेशी प्रजातान्त्रिक देशका लागि के गर्नुपर्छ त्यो गर्न कांग्रेस नेतृत्व तयार छ, कांग्रेसले अगुवाइ गर्छ । हामीले सबैलाई मिलाएर लानुपर्छ र यी सबै काम पूरा गरेर छोडिनेछ । साँघुरो दायरामा बसेर नेपाल बनाउन सक्दैनौँ महामन्त्री कृष्ण सिटौला कांग्रेसमा २५ वर्षदेखि आन्तरिक जीवनलाई पुनर्विचार गर्ने विषय उठ्दै आएको छ । अब हामी आफैँमाथि पुनर्विचार गर्ने वेला आएको छ । हामीले सोच्ने हो भने हाम्रै युगमा नेपाल नयाँ युगमा प्रवेश गर्नेछ । कांग्रेस कांंग्रेसका लागि मात्र होइन, राष्ट्रकै लागि समर्पित पार्टी हो । अब कस्तो नीति–विचार लिएर जाँदा कांग्रेसलाई मात्र हुन्छ भनेर हुँदैन । हामीले साँघुरो दायरामा बसेर नेपाल बनाउन सक्दैनौँ । पार्टीमा विचारमा नयाँपन आउनुपर्छ । गिरिजाबाबुको शान्तिको कार्यदिशा र सुशीलजीको संविधानको कार्यदिशाबाट हामी अघि बढ्नुपर्छ । लोकतन्त्र, गणतन्त्र, समावेशिता सुनिश्चित गर्नुपर्छ । स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रिय सभा निर्वाचनजस्ता कार्यभार पूरा गरेर अघि बढ्नुपर्छ । कांग्रेसमा माथि होइन तलबाट आएका नेता–कार्यकर्तामाथि विश्वास गर्नुपर्छ । हामी जो जहाँबाट आएका छौँ समान छौँ । समान ढंगले सबैलाई लिनुपर्छ । यहाँ कसैले कसैको आदेश मान्ने अवस्था छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending