Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

देउवा–पौडेल र सिटौलाको जेलिएको सम्बन्ध यस्तो छ

\"deuba-poudelकाठमाडौं । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनिन्छ । नेपालमा राजनीतिक दलहरूको सहकार्य, एकता र मेलमिलाप राजनीतिक यात्रा हेर्दा यस्तै हो कि जस्तो लाग्छ । फरक राजनीतिक सिद्धान्त, विचार र चिन्तन हेर्दा यो कुरा बुझ्न गाह्रो पनि छैन । व्यक्तिगतभन्दा पनि विचार पक्षधरताका हिसाबले राजनीति गर्नेहरूमा कहिले मित्रता र कहिले शत्रुता हुन्छ । तर, त्यो सदाकालका लागि रहँदैन। राजनीतिक सम्बन्धको अभ्यासको यो नेपाली व्यावहारिक पक्ष कांग्रेसको आन्तरिक राजनीतिमा पनि उत्तिकै लागू हुन्छ । यतिखेर मुलुककै सबैभन्दा ठूलो दल कांग्रेसको १३औँ महाधिवेशन जारी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कांग्रेस महाधिवेशनतर्फ सबैको आँखा गढेको छ । महाधिवेशनमा नीतिगत बहससँगै नेतृत्वका लागि कित्ताकाट सुरु हुँदै छ । नेतृत्व लिन मैदानमा कोइराला परिवारको राजनीतिक विरासत बोकेका सुशील कोइरालाको निधनलगत्तै सुरु भएको १३औँ महाधिवेशनमा नेतृत्व लिन यतिखेर कांग्रेसका तीन शीर्ष हस्ती मैदानमा छन् । जुँगाको रेखी बस्दादेखिका कार्यबाहक सभापति रामचन्द्र पौडेल र सँगैका वरिष्ठ नेता शेरबहादुर देउवा नेतृत्वका लागि अघि सरेका छन् । ०३६ सालपछि कांग्रेस राजनीतिमा देखिएका र २०६२र६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा प्रभावकारी छवि बनाएका कृष्णप्रसाद सिटौला पनि नेतृत्वका लागि मैदानमा छन् । यी तीनबीच विचारका हिसाबमा फरक–फरक मान्यता छैन । ठूलो वैमनष्य पनि देखिन्न । नेतृत्वका लागि चुनाव आउँदै गर्दा भने पार्टी फुटाएको दोष पौडेल र देउवाले एक–अर्कामाथि लगाउने गरेका छन् । अर्का नेता सिटौला यतिखेर पार्टीमा राजनीतिक विरासत नचल्ने भन्दै कसैले पनि राजनीतिक विरासतको मुद्दा लिएर हिँड्न नहुने पक्षमा छन् । काम सक्रियताले पौडेल, नेतृत्वका हिसाबले देउवा अगाडि उमेर, सक्रियता र कामको हिसाबले पौडेल अगाडि छन् । तर, सँगै राजनीति गरे पनि नेतृत्वका हिसाबले देउवा अगाडि देखिए । ‘तीनजनामध्ये उमेर र कामको हिसाबले रामचन्द्र अगाडि छन् । ०१७ सालदेखि सक्रिय छन् । तर, देउवा २५ सालतिर राजनीतिमा सक्रिय भए । नेविसंघको नेतृत्वमा पनि उनी नै अघि बढे,’ राजनीतिक विश्लेषक एवं लेखक पुरुषोत्तम दाहाल दुवैको व्यक्तिगत सम्बन्धबारे टिप्पणी गर्दै भन्छन् । देउवा र पौडेल विद्यार्थी राजनीतिबाटै पार्टीमा डडेल्धुराबाट आएका देउवा र तनहुँबाट आएका पौडेल विद्यार्थी राजनीतिबाटै उदाए । देउवा नेविसंघको सभापति भए, जुन उनको पहिलो राजनीतिक नेतृत्व थियो । ०४६ सालमा प्रजातन्त्र आएपछि उनले तीनपटक प्रधानमन्त्री बन्ने सौभाग्य पाए । अर्का नेता पौडेलले नेविसंघ गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे, तर नेतृत्वमा पुगेनन् । बरु देउवाको नेतृत्वको समितिमा सदस्य बने । पञ्चायती कठोर शासनका वेला पनि जोखिम मोल्दै देउवा राजनीतिक नेतृत्व गर्न सफल भए । गिरिजाप्रसादका कारण सम्बन्धमा खटपट कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल गिरिजाप्रसाद कोइरालाले अनुशासनको कारबाही गर्दा देउवा र पौडेलबीच सम्बन्ध बिग्रिएको बताउँछन् । ‘देउवाजी र रामचन्द्रजी पुरानो राजनीतिकर्मी हुुनुहुन्छ । सिटौला अलि पछि राजनीतिमा स्थापित हुनुभयो,’ रिजाल भन्छन्, ‘दुईजनाबीच विचार, नीतिगत सवालमा केही पनि नराम्रो छैन । आपसमा पनि नराम्रो छैन । गिरिजाप्रसादले देउवालाई अनुशासनको कारबाही गरेपछि सम्बन्ध बिग्रियो, त्योभन्दा अघि राम्रो थियो ।’ प्रधानमन्त्री हुँदा गिरिजाप्रसादले पार्टीबाट हटाएपछि बाध्य भएर देउवाले पार्टी गठन गरेको उनी बताउँछन् । ०३६ सालपछि सिटौला कांग्रेसमा माओवादी द्वन्द्व समापनसँगै शान्ति प्रक्रियामा महत्त्वपूर्ण काम गरेकाले सिटौला राजनीतिमा उदाएको रिजालको तर्क छ । सिटौला समकालीन होइनन्, यी दुईभन्दा टाढाका साथी हुन् । ‘सिटौला ०३६ सालपछि मात्र कांग्रेसको राजनीतिमा स्थापित हुँदै जानुभयो,’ लेखक दाहाल भन्छन् । आफ्नो घरपरिवारका सदस्यहरूले धेरै अघिदेखि कांग्रेसमा आस्था राखे पनि सिटौला आफैँ भने कांग्रेस बनिसकेका थिएनन् । ‘जहिलेदेखि यी तीन नेता कांग्रेस बने, पार्टीमा निष्ठापूर्वक काम गरे । रामचन्द्र सुरुमा वामपन्थी थिए, पछि डेमोक्रेटिक भए, यस्तैमा आस्थावान रहे,’ दाहाल भन्छन् । उस्तै धारका नेता देउवा, पौडेल र सिटौलाबीच समानता पनि धेरै छन् । कांग्रेसमा उनीहरूले आफ्नो छुट्टै पहिचान बनाएका छन् । ५० को दशकसम्म यी तीनजना नेता एउटै धारका हुनु । तीनैले गिरिजाप्रसादको सहयोगी भएर काम गरे । कृष्णप्रसाद र महेन्द्रनारायणको लिगेसी देउवा ०५३ सालमा देउवाले गिरिजाप्रसादको निरकुंशताविरुद्ध विद्रोह गरे । यसको पृष्ठभूमिमा गिरिजाप्रसादबाटै अपमान व्यहोरेका गणेशमान, कृष्णप्रसाद भट्टराई र तराई मधेसबाट आएर स्थापित भएका महेन्द्रनारायण निधि थिए । गिरिजाको निरंकुशताविरुद्ध यी तीनजनाको लिगेसी देउवाले बोक्दै आएका छन् । कोइराला परिवारको विरासतमा पौडेल र सिटौलाको दाबी अर्को पक्षमा गिरिजाप्रसाद कोइरालाको विरासत केही वर्ष सुशील कोइरालाले धाने । सुशीलको निधनपछि रामचन्द्रले आफूले नै कोइराला परिवारको विरासत धानेको बताउँदै आएका छन् । तर, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादसँगै काम गरेका सिटौलाले आफू नै गिरिजाको सच्चा उत्तराधिकारी भएको दाबी गर्दै आएका छन् । तर, सिटौलालाई कोइराला परिवारका तीन हस्ती, शशांक, शेखर र सुजाताले स्विकारेका छैनन् । १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलालाई नस्विकार्नुले उनीहरू कोइरालाको विरासत अरूलाई दिन चाहँदैनन् भन्ने कुरा पुष्टि हुने कांग्रेस नेताहरूको ठहर छ । देउवा र पौडेल विद्यार्थीकालदेखिकै साथी युवानेता विश्वप्रकाश शर्मा देउवा र पौडेल विद्यार्थीकालदेखिकै साथी रहेको बताउँछन् । ‘राजनीतिमा हार्दिकता र द्वन्द्व हुन्छ । उहाँहरूको सम्बन्ध निकै पुरानो हो । विद्यार्थीकालदेखिकै साथी हुनुहुन्छ,’ शर्मा भन्छन्, ‘केटौले उमेरदेखिको मित्रता पाको अवस्थाम पुगेको छ । राजनीतिमा झगडा र प्रेम दुवै हुन्छ ।’ देउवा र पौडेलबीच पनि कहिले द्वन्द्व र कहिले प्रेम रहेको उनी बताउँछन् । ‘धेरै गहिरो त जान्दिनँ, तर उहाँहरूबीच कुनै वेला द्वन्द्व र कुनै वेला प्रेम रह्यो,’ दुवै नेताको राजनीतिक सम्बन्धका बारेमा भन्छन्, ‘राजनीतिमा दुवैले राम्रोसित काम गर्नुभएको छ । लेखन र विश्लेषणमा पौडेल प्रभावकारी देखिनुहुन्छ । प्रधानमन्त्री भएपछि देउवाले कर्णाली, मधेसी, दलित, महिला र मुस्लिम, कमैया मुक्ति गर्न प्रभावकारी काम गर्नुभयो ।’ गृहमन्त्री भएसागै देउवाको उदय ०४८ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री भए । त्यहीँबाट उनी कांग्रेसमा उदाए । राजनीतिमा स्थापित मात्र भएनन्, तीनपटक प्रधानमन्त्री पनि भए । ०५० सालमा मदन भण्डारीको निधनपछि काठमाडौंमा विद्या भण्डारी र झापामा द्रोणचार्य क्षेत्रीको निधनपछि भएको उपनिर्वाचनमा कृष्णप्रसाद सिटौला निर्वाचित भए । ०५१ सालमा पौडेल सभामुख भए भने ०५२ भदौमा देउवा प्रधानमन्त्री भए । २०५७ सालमा भएको नवौँ महाधिवेशनमा देउवा गिरिजाप्रसादसँग सभापतिमा पराजित भए । १२औँ महाधिवेशनमा सुशील कोइरालासँग देउवा सभापतिमा पराजित भए । पौडेल र देउवाबीच ताता–ममको सम्बन्ध नेविसंघको पहिलो पुस्तामा मैत्री सम्बन्ध थियो । युवाकालमा देउवा र पौडेलबीच तँतँ–ममसम्मको सम्बोधन हुन्थ्यो । ‘पहिले आपसमा तँतँ–मम नै चल्थ्यो,’ देउवासँगको सम्बन्धबारे पौडेल भन्छन्, ‘यसरी नै हुर्केका साथी हौँ हामी । पाको भएपछि एक–अर्कालाई आदर गर्छौं, तपाईं भन्छौँ ।’ सिटौला भने अलि पछि राजनीतिमा लागेकाले जुनियर नै मानिन्छन् । तर, विचार, नीतिमा दृढ र तार्किक लाग्छन् । को केमा प्रस्ट ? पौडेल वैचारिक रूपमा अगाडि छन् । पार्टीमा बहस र नीति ल्याउने उनै हुन् । देउवा भने बहस र कुरामा त्यति विश्वास गर्दैनन्, तर यी विषयमा दृढताका साथ प्रस्तुत हुन्छन् । समन्वय गर्न सक्छन् । राप्रपादेखि कम्युनिस्टलाई मिलाएर अघि बढ्न देउवाले खेलेको भूमिका महत्त्वपूर्ण भएको दाहाल मान्छन् । ०६३ पछि सिटौला चर्चामा आए । शान्ति प्रक्रियामा काम गरेपछि उनको चर्चा चुलियो । तर, सिटौलालाई यो उचाइसम्म ल्याउन देउवा र पौडेलको पनि उत्तिकै साथ रहेको कांग्रेस नेताहरूको भनाइ छ । सिटौला आफूलाई गिरिजाप्रसादको उत्तराधिकारी मान्छन् र फरक धारको नेताको रूपमा उदाउँदै छन् । यसैका लागि उनले गगन थापालाई महामन्त्रीमा उम्मेदवारी दिन लगाएको टिप्पणी कांग्रेसमा हुने गरेको छ । गिरिजाको निरंकुशताविरुद्ध एक कांग्रेसमा ठूलो योगदान पुर्‍याएका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरू गिरिजाप्रसाद कोइरालाबाट कुनै न कुनै रूपमा सताइएका थिए । त्यही असन्तुष्टिको आडमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कोइरालाको निरकुंशता मान्न नसकिने साझा निष्कर्षमा पुगे । परिणामतस् नयाँ पार्टी जन्माउने निष्कर्षमा देउवा र पौडल पुगे । ‘गिरिजाको निरकुंशता सहन सकिँदैन भन्ने साझा निष्कर्षमा पौडेल र देउवा पुग्नुभएको थियो,’ कांग्रेस राजनीतिलाई नजिकबाट हेरिरहेका एक राजनीतिक विश्लेषक भन्छन्, ‘४ असार २०५९ मा पार्टी फुट्नु दुई घन्टा अघिसम्म पनि गिरिजाप्रसाद कोइरालाको निरंकुशता सहिँदैन भन्दै पौडेल पार्टी तोड्नुपर्छ भन्ने पक्षमा थिए ।’ पौडेलकै जोडबलमा कांग्रेसमा विभाजन स्वयं देउवा पनि पौडेलकै चाहनामा पार्टी फुटाउनुपरेको र माला मात्र आफूले लगाउनुपरेको बताउँछन् । ‘उहाँले नयाँ पार्टीको सभापति बन्न सहमति जनाउनुभयो । र, भेलामा जान साथीहरूलाई सल्लाह पनि दिनुभयो । भोलिपल्टको भेलामा आउने वचन दिनुभयो, तर आउनुभएन । बेलुका ५ बजेभित्र अर्को पार्टी दर्ता गरिसक्नुपर्ने थियो । नत्र म निर्दलीय प्रधानमन्त्री बन्ने अवस्था थियो । त्यसैले रामचन्द्रजीलाई लगाउन तयार गरेको माला म आफैँले लगाउनुपरेको हो । मैले रहरले होइन, बाध्यताले माला लगाएको हुँ । निर्दलीय प्रधानमन्त्री हुनबाट मुक्ति पाउन मात्र मैले अर्को पार्टी खोलेको हुँ,’ नयाँ पार्टी गठनमा पौडेलको भूमिकाबारे देउवाले नयाँ पत्रिकासँग भने । पौडेल सो आरोप स्विकार्न तयार छैनन् तर, पौडेल देउवाको यो दाबीलाई स्विकार्दैनन् । पार्टी एकता खोज्नकै लागि आफूले पहल गरेको उनको भनाइ छ । ‘यो आरोप मात्र हो । म पार्टीमा साथीहरूलाई अन्याय हुनुहँुदैन भन्नेमा लाग्दै आएको छु । शेरबहादुरजीलाई पनि अन्याय नहोस् भन्नेमा थिएँ । तर, उहाँ आफैँ पार्टी फुटसम्म जान खोज्नुभयो, मैले मानिनँ । मैले एकतालाई नै जोड दिएको हँु,’ उनले भने । पौडेलले सो दिन अन्तिमसम्म डा।रामशरण महत, महेश आचार्य, आमोदप्रसाद उपाध्यायलाई पनि सँगै लिएर आउने बचन दिएको चर्चा कांग्रेस वृत्तमा अहिले पनि हुने गरेको छ । देउवालाई कांग्रेस बनाएको पौडेलको दाबी पौडेल आफूले देउवालाई कांग्रेस बनाएको दाबी गर्छन् । ०२१र०२२ सालतिर देउवालाई भेटेको स्मरण गर्दै पौडेल भन्छन्, ‘त्यतिखेर कांग्रेसको प्रजातान्त्रिक समाजवादतिर उहाँको त्यति धेरै रुचि थिएन । हामीले प्रजातान्त्रिक विद्यार्थीतिर ल्याउन प्रयत्न गर्‍यौँ ।’ शिवबहादुर खड्का, विपिन कोइरालासँगै भएका देउवालाई प्रगतिशीलबाट प्रजातान्त्रिकमा आउन आफूले भनेको उनको भनाइ छ । ‘उनीहरूको प्रगतिशीलता विद्यार्थीको समानतामा मात्रै हो । हामी प्रजातन्त्रवादीको समानता र स्वतन्त्रतता दुवै हो भनेर मैले उहाँलाई हाम्रो पक्षमा ल्याउन कोसिस गरेको थिएँ,’ पौडेल भन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE