Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

चैत पहिलो साताभित्र प्रचण्ड र वैद्य माओवादीबीच एकताको अन्तिम तयारी यस्तो छ

का\"prachanda-kiran-750\"ठमाडौं । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच शीघ्र पार्टी एकता हुने भएको छ । ती दुवै पार्टीका शीर्ष नेताहरूबीच बिहीबार राति भएको बैठकमा यस्तो सहमति भएको खुलासा क्रान्तिकारीका महासचिव रामबहादुर थापा (बादल) ले गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–दुई पार्टीको एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएअनुसार चैत पहिलो सातासम्म एकता हुने खुलासा बादलले गरे । पार्टी केन्द्रीय स्कुल ब्युरोले राजधानीमा आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै बादलले भने, ‘चैत पहिलो सातासम्म दुई पार्टीबीच एकता हुन्छ । यसका लागि दुवै पार्टीको केन्द्रीय समितिको बैठक केही दिनभित्रै बस्नेछ ।ु एकताका विषयलाई विश्राम दिन दुवै पार्टीबीच गठन भएको ‘माओवादी पार्टी पुनर्गठन अभियानु को बैठक तीन दिनयता निरन्तर रूपमा बसिरहेको जानकारी अभियानका एक सदस्यले दिए । अभियानले एकताका लागि चालेको कदम र मुलुकसमक्ष देखिएका चुनौती सामना गर्न दुई पार्टी एकता अपरिहार्य रहेको निष्कर्षका साथ बिहीबार राति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य र महासचिव बादलबीच गोप्य बैठक बसेको थियो । बैठकमा दुवै पक्षले एकताविरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति गरेका छन् । बैठकमा वैद्यले नौलो जनवादी क्रान्ति पूरा भएको छैन भन्नेमा अडान लिएका थिए भने दाहालले नौलो जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संघर्षका सबै नीति अपनाई अघि बढ्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो । यद्यपि वैद्यले त्ययबारेमा आफूले राजनीतिक दस्ताबेज लेख्न पाउनुपर्ने माग गरेका थिए । सहमतिअनुसार वैद्यले शनिबारदेखि दस्ताबेज लेख्ने र त्यसलाई पार्टीको फरक मतका रूपमा नभएर वैद्यको विचारका रूपमा राख्ने सहमतिसमेत भएको स्रोतले बतायो । पार्टी एकताका लागि दाहालले हदैसम्म लचकता अपनाउँदा पनि पूर्णता नपाएमा बादल पक्षका सबै एमाओवादीमा एकीकृत हुने र वैद्यले स्वीकार— अस्वीकार जे गरे पनि उनलाई एकीकृत पार्टीको संरक्षकको सम्मान दिने तयारी भइरहेको छ । संगठनको नेतृत्वमा तीनवटा विकल्पमाथि छलफल भएको छ । त्यसमा जो जे छ, त्यही हुने, पहिलेकै स्वरूपमा जाने र दाहाल संयोजक रहेको एकता सम्मेलन आयोजक समिति गठन गर्ने रहेको स्रोतले बतायो । एकताका लागि क्रान्तिकारीले केही दिनअघि सबै विषयमा स्पष्ट पार्दै पत्र पठाइसकेको र पत्रका बुँदालाई सकारात्मक रूपमा रहेको दाबी गरेको छ । एमाओवादीबाट आएको जबाफी पत्रमा नयाँ संविधान राज्यसत्ताको स्वरूप र राष्ट्रियताका विषयमा निकट रहेको जानकारी स्रोतले दियो । एमाओवादीका समाजवादी आन्दोलनको स्वरूप र क्रान्तिकारीको जनवादी आन्दोलनको स्वरूप असफल भएकाले अब नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत दुवै पक्ष सहमत भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE