Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कांग्रेस भन्छ : राजनीतिक संक्रमण अझै सकिएको छैन

\"congressकाठमाडौं । आफ्नै पार्टीको सरकारको नेतृत्वमा संविधान जारी भएको पाँच महिनापछि कांग्रेसले राजनीतिक संक्रमण अझै जारी रहेको निष्कर्ष निकालेको छ । आजको  अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भृकुटीमण्डपमा शुक्रबार सुरु भएको तेह्रौं महाधिवेशनको बन्दसत्रमा पेस गरिएको महामन्त्रीको प्रतिवेदनमा नयाँ संविधान कार्यान्वयन र मधेस समस्यालाई सम्बोधन गरेमात्रै राजनीतिक संक्रमण अन्त्य हुने प्रस्ताव पेस गरिएको छ । बन्दसत्रमा महत्त्वपूर्ण प्रतिवेदनहरू पेस भए पनि त्यहाँ सहभागी नेता तथा प्रतिनिधिको ध्यान भने निर्वाचनमै केन्द्रित थियो । महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले संयुक्त रूपमा पेस गरेको प्रतिवेदनमा संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पूर्ण कार्यान्वयनले मात्रै संक्रमण अन्त्य हुने उल्लेख गरिएको छ । प्रतिवेदनमा मधेस समस्या समाधान गर्न कांग्रेसले नै नेतृत्व लिनुपर्ने पनि उल्लेख छ । प्रतिवेदनमा पार्टीको संरचना परिवर्तन गरी प्रदेश संरचना कस्तो बनाउने भन्ने विषयमा पनि खुला सुझाव मागिएको छ । महामन्त्रीद्वयको प्रतिवेदनमा शान्तिप्रक्रिया र पहिलो संविधानसभाको अवसान, दोस्रो संविधानसभाको निर्वाचन, दोस्रो संविधानसभा÷संसद्बाट सरकार गठन र संविधान निर्माण, विनाशकारी भूकम्प र कांग्रेसको भूमिका, संविधान घोषणापछिको अवस्थाबारे उल्लेख छ । प्रतिवेदनमा कांग्रेस नेतृत्वमा संविधान जारी हुने ठूलो उपलब्धि भएको उल्लेख गर्दै कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेमात्रै संविधान कार्यान्वयन हुने जनाइएको छ । यस्तै पार्टीको आन्तरिक संगठन, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेका कार्यक्रम, महाधिवेशनको कार्यतालिका, तेह्रौं महाधिवेशनको तयारी, कांग्रेस केन्द्रीय निर्वाचन समिति–२०७२, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन र त्यसमा कांग्रेसले खेलेको भूमिकालाई समेटिएको छ । महामन्त्रीको प्रतिवेदन पेस भएलगत्तै बन्दसत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमको प्रस्तावित मस्यौदा प्रस्तुत गरेका थिए । उक्त मस्यौदाको पूर्ण पाठ बन्दसत्रमा केन्द्रीय सदस्य महेश आचार्यले वाचन गरेका थिए । २६ पृष्ठ लामो नीति तथा कार्यक्रममा मुख्य राजनीतिक प्रस्ताव, वर्तमान राजनीतिक परिवेश र कांग्रेस, परिवर्तनको नेतृत्व र कांग्रेस, संविधानको कार्यान्वयन, पीडित–शोषित जनताप्रतिको दायित्व, सामाजिक नीति तथा कार्यक्रमअन्तर्गत कांग्रेसको सामाजिक दृष्टिकोणका विषयमा दीर्घकालीन रणनीति उल्लेख छ । त्यस्तै दलित समुदाय, महिला, विपन्न तथा ज्येष्ठ नागरिक, अपांगता भएको समुदाय, युवा, तराईमधेसका मुद्दा पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE