Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

रामचन्द्र पौडेललले हार्नु र शशांक कोइरालाले जित्नुको कारण यस्तो छ

\"Paudel-shashank\"काठमाडौं । सभापतिका उम्मेदारमा शेरबहादुर देउवासँग रामचन्द्र पौडेल हारे । तर, महामन्त्रीमा कोइराला परिवारकै नेता शशांक कोइराला भने विजयी भए । तर, देउवा पक्षका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी पराजित हुन पुगे । आजको नयाँ पत्रिका दैनिकमा पौडेल हार्नु र शशांक जित्नुको तर्क यसरी दिइएको छ । पौडेल पराजित हुनुको ६ कारण १. पहिले पनि पकड थिएन अहिले पनि बनाउन सकेनन् कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलिया गुट थिए । नेतात्रयका रूपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन । गिरिजाप्रसाद र सुशीलसाग टक्कर लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नामबाटै सम्बोधन गरेर पत्रसमेत लेखे । राजनीतिमा पाएको सुख–दुस्खको कदर गर्दै देउवाको हस्ताक्षरसहितको पत्र पाएपछि प्रतिनिधि उनीप्रति सकारात्मक भए । तर, पौडेलसाग त्यस्तो लोकप्रिय रणनीति थिएन । २. सहयोगीको महत्त्वाकांक्षा व्यवस्थापनमा पौडेललाई झमेला सुशीलको निधनपछि कार्यबाहक सभापति बने, तर संस्थापनका सबैले मान्ने नेता हुन सकेनन् । बरु, महाधिवेशनको मुखमा प्रकाशमान सिंह, कृष्ण सिटौला, सुजाता कोइरालाहरूले आफू नै संस्थापनको नेता भएको जिकिर गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरे । उनीहरूको महत्त्वाकांक्षा व्यवस्थापनमै पौडेलले अन्तिमसम्म मिहिनेत गर्नुपर्‍यो । ३. देउवाले संस्थापनका नेता ताने, पौडेलले सकेनन् कार्यबाहक सभापति भइसकेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरूलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरेदेखि फरमुल्लाह मन्सुरजस्ता नेताहरू देउवातिर लागेपछि पौडेल स्वतस् कमजोर भए । ४. सिटौलाको उम्मेदवारी, मत र मनोविज्ञानको असर संस्थापन पक्षकै कृष्ण सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मको सचिवालय चलाएर कार्यकर्तासम्म पहुँच बनाएका र युवानेता गगन थापाले समेत विश्वास गरेका सिटौलाले यथेष्ट मात्रामा पौडेललाई क्षति पुर्‍याए । सिटौलाले प्राप्त गरेको मतले मात्र होइन, उनको उम्मेदवारीले सिर्जना गरेको मनोविज्ञानले पनि पौडेललाई क्षति पुर्‍यायो । ५. देउवा समूह एकजुट, पौडेलले समूहमै महत्त्व पाएनन् देउवा समूहको पहिलो प्राथमिकता सभापतिमा देउवाको जित सुनिश्चित गर्नु थियो । सबै उम्मेदवारले सभापतिमा देउवाको प्रचार गर्दै आफ्ना लागि पनि मत मागे । तर, पौडेल समूहका नेताले सभापतिका लागि मत मागेनन्, आफ्ना लागि मात्र मागे । आफ्नै समूहका उम्मेदवारको पनि आस्था जुटाउन नसकेपछि उनी चुनावमा पछि परे । ६. स्रोत र साधनमा पौडेल कमजोर, देउवा बलियो आमदिनहरूमा पनि स्रोत जुटाउने र वितरण गर्नेमा देउवा पहिलेदेखि नै अगाडि छन् । महाधिवेशनका वेला पनि उनले कार्यकर्तालाई खुसी बनाउन सके । तर, पौडेल स्रोत जम्मा गर्ने र वितरण गर्नेमा पनि कमजोर देखिए । शशांकले जित्नुका ५ कारण १. पारिवारिक विरासत शशांक कांग्रेस संस्थापक बिपी कोइरालाका छोरा हुन्, चुनाव जित्न उनीसाग सबैभन्दा ठूलो योग्यता यही थियो । सुशीलको निधनपछि पनि पार्टी नेतृत्वमा कोइराला परिवारको सदस्य आउनुपर्ने धारणा भएका नेता कार्यकर्ताले उनलाई मत दिए । २. अनटेस्टेड नेतादुईपटक सभासद् र अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य भए पनि शशांक कार्यकारी पदमा ‘टेस्ट’ नभएका नेता हुन् । सुशीलजस्ता बृद्ध र शान्त नेताले चलाएको कांग्रेस शशांकजस्ता युवाले पनि हााक्न सक्छन् भन्ने विश्वासमा उनलाई अघि बढाउन थालिएको हो । ३. कोइराला एकढिक्का पदाधिकारीमा शशांकसागै सुजाता र शेखर कोइरालाको पनि दाबी थियो । कोइराला परिवारभित्रै राम्रो सम्बन्ध थिएन । तर, शशांक महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि तीनैजना एकजुट भए । सुजाता र शेखरले ‘कोइराला परिवार एक छ’ भनेर मिडियामै बोले । ४. अर्जुनलाई रुचाएनन् अर्जुननरसिंह केसीलाई देउवा समूहकै अरू नेताहरूले रुचाएनन् । बरु, बिपीपुत्र शशांक महामन्त्रीमा जित्दा पार्टी एकढिक्का भएको सन्देशसहित देउवालाई पार्टी चलाउन सजिलो हुने उनीहरूको बुझाइ रह्यो । त्यही भएर देउवाको भन्दा केसीको भोट धेरै कम आयो । ५. तानातानमा शशांकसभापतिका उम्मेदवार देउवा र पौडेल दुवैका लागि महामन्त्रीमा पहिलो रोजाइ शशांक थिए । उनीहरूले शशांकलाई आफ्नो टिममा ल्याउन भरमग्दुर प्रयास पनि गरे । जसले गर्दा प्रतिनिधिहरूमाझ शशांक ‘ल्याउनुपर्ने नेता’ भएको सन्देश गयो, सागै राजनीतिक उचाइ बढ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE