Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

ओली सरकार फाल्ने यस्तो छ डिजाइन

\"kpकाठमाडौं । २०७२ चैत ७ गतेबाट सुरु भएको प्रधानमन्त्री केपी ओलीको भ्रमणबाट के के सम्झौता बोकेर ल्याउलान् भन्ने ठूलो उत्सुकता पैदा भइरहेका बेला अर्को गम्भीर प्रश्न उठाउनु पर्ने अवस्था सिर्जना भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ–त्यो हो – ओली भ्रमणमा चीनका प्रधानमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी हुन्छ कि हुँदैन ? संयुक्त विज्ञप्ति जारी भएमा त्यसमा नेपालको संविधानलाई स्वागत भन्ने शब्दावली राखिन्छ कि राखिँदैन ? चीन उडेको प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्यहरुले यकिनसाथ यस्तो प्रश्नको जवाफ दिन सकेका छैनन् । ओलीको भ्रमणमा पेट्रोलियम आपूर्ति सम्झौता नहुने निश्चितप्रायः भएको छ । भ्रमणको अघिल्लो दिनसम्म आपूर्ति मन्त्री गणेशमान पुन पेट्रोल आयात सम्झौता हुन्छ भनिरहेका थिए । तर सम्झौता नहुने भएपछि उनी यति बिच्किए कि प्रधानमन्त्रीलाई बिदाई गर्न विमानस्थल समेत गएनन् । ओलीको भारत भ्रमणको अन्त्यमा भारतीय प्रधानमन्त्रीसागको संयुक्त विज्ञप्ती जारी भएको थिएन । नयाँ संविधानको स्वागत भन्ने शब्दावली राख्नुपर्छ भन्ने नेपालको अडान भारतले अस्वीकार गरेपछि संयुक्त विज्ञप्ती जारी हुन सकेको थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमण गएको बेला त्यहाँको प्रधानमन्त्रीसँगको संयुक्त विज्ञप्तीमा नेपालको संविधानको विरोध गरिएको थियो । तर, नेपालका प्रधानमन्त्री ओलीको भ्रमणपछि पनि भारतले विज्ञप्तीमा संविधानलाई स्वागत भन्ने शब्दावली हाल्न मानेन । यही बेला ओली चीन भ्रमणमा निस्किएका छन् । त्यहाँ के हुन्छ भन्ने चासोले हेरिएको छ । प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्केपछि सरकारसँग काम गर्नका लागि राजनीतिक एजेण्डा हुने छैन । त्यसो त सरकारले गर्नुपर्ने हजारौं हजार काम हुन्छ र छ पनि । तैपनि गर्नुपर्ने ठूलो रानजीतिक काम छैन । त्यसपछिको काम हो संसद्को हिउँदे अधिवेशन बोलाउने । हिउँदे अधिवेशन बोलाउन ढिला भइसकेको छ । ओली फर्केलगत्तै अधिवेशन बोलाउने पक्षमा साना राजनीतिक दलहरु रहेका छन् तर सरकार भने एकैपटक बजेट अधिवेशन बोलाउने पक्षमा रहेको बुझिन्छ । बजेट चाँडै ल्याउनुको मुख्य कारण हो – सरकार कुनै पनि बेला ढल्न सक्छ, आफ्नो सरकार भएको बेला बजेट ल्याइहालौं । साथै, कांग्रेसमा देउवाको दबादबा बढेको र उनले पनि विस्तारै नजर सत्तातिरै लगाएकोले ओली सरकारलाई डर नै डर छ । सरकारलाई सहयोग गर्न केही दललाई फिर्ता गराउनेसम्मको तयारी हुने देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE