Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

एमाओवादीले यसरी छान्दैछ चुनावबाट नेतृत्व

\"parisdada-400\"काठमाडौं । एमाओवादी केन्द्रीय समितिले प्रत्येक समितिका नेता चुनावी प्रतिस्पर्धाबाट छान्ने निर्णय गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–वडादेखि केन्द्रसम्मका समितिलाई आन्तरिक प्रतिस्पर्धा गराएर २०७३ चैतमा महाधिवेशन गर्ने निर्णय एमाओवादीले गरेको छ । बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि अध्यक्षको दाबेदारमा पुष्पकमल दाहालबाहेक अरू नेता नदेखिनु र समानान्तर पार्टी समिति सञ्चालन गर्ने क्षमता अन्यले नराख्नुले एमाओवादीलाई आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने ढोका खुलेको छ । हेटौंडा महाधिवेशनको कार्यदिशा कार्यान्वयन नहुँदै अर्को महाधिवेशनको तयारीमा जुटेको एमाओवादीले नेतृत्व छनोट प्रक्रियालाई लोकतान्त्रिक बनाउन लागेको छ । चार वर्षअघि हेटौंडा महाधिवेशनपछि बाबुराम भट्टराईले असहयोग गरेका कारण एमाओवादी निष्क्रिय बन्दै आएको थियो । ‘वडादेखि केन्द्रसम्म आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने विधि बनाएका छौुं, स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगरले भने । पोलिटब्युरो सदस्य नारायण दाहालका अनुसार एक नम्बर पार्टी बनाउन संगठनात्मक कार्यतालिका बनाइएको छ । एमाओवादीले वैशाख मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने, जेठ मसान्तसम्म गाउँ र नगर सम्मेलन गर्ने, असार मसान्तसम्म जिल्ला सम्मेलन गर्ने र भदौ मसान्तसम्म प्रदेशस्तरका सम्मेलन सक्ने निर्णय गरेको छ । बैठकले झापाकी महिला नेत्री तथा पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईं र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष परित्याग गरी एमाओवादी प्रवेश गरेका वीरबहादुर गोलेलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । एमाओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारमा अहिलेकै मन्त्रीलाई कायम राख्ने निर्णय गरेको छ । ‘मन्त्रीका बारेमा धेरै गुनासा आएका छन् । मन्त्रीका कामकारबाही प्रभावकारी भएका छैनन । मन्त्रीलाई फिर्ता बोलाउने र सरकार फेर्ने कुरा अहिले हुन सक्दैनु, बैठक समापन गर्दै अध्यक्ष दाहालले भनेका थिए । ‘राजनीतिक पहलकदमी हाम्रो हातमा आएकाले नै नेताकार्यकर्तामा काम गर्ने होडबाजी देखिएको छ । जनतामा जागरण पैदा भएको छ । दुई महिनायताका गतिविधिले दुई वर्षभित्र पार्टीलाई एक नम्बरको बनाउन सकिन्छ भन्ने विश्वास पैदा भएको छु, दाहालले भने । मोहन वैद्य, मात्रिका यादव र मणि थापाले नेतृत्वका पार्टीसँग एकता गर्ने प्रक्रियालाई तीव्रता दिइने पनि दाहालले बताए । बैठकले केन्द्रीय समितिका रिक्त पदपूर्ति गर्ने सुझाव पेस गर्न र विधान संशोधन मस्यौदा तयार पार्न सचिव वर्षमान पुनको संयोजकत्वमा कार्यदल बनाएको छ भने महासचिव कृष्णबहादुर महरा प्रमुख रहेको संगठन विभागलाई पनि पूर्णता दिएको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE