Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

साइनबोर्ड एउटा धन्दा अर्कै, काठमाडौंमा यौन व्यापारको रहस्य

\"sex_be\"काठमाडौं । कंलकीस्थित मकालु पेट्रोल पम्पको पछाडीपट्टी एउटा साढे तीनतले घर छ । जहाँ ‘सोसाइटल ओभरसिज सर्भसेज प्रा.लि’ लेखिएको साइनबोर्ड देख्न सकिन्छ । शुक्रबार साप्ताहिकमा खबर छ – साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौन व्यापार भइरहेको थियो । जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौनकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत \'सेवा\' पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौनकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो । पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो– मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् । ००० नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौन भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौनकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् । खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौनधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा यत्रतत्र तैनाथ भेट्न सकिन्छ । एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौनप्यास मेट्ने अवसर जुर्छ । पाँच सयमा यौनकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ । उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौनप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् । \'अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,\' अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, \'यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुप¥यो ।\' खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् । झुपडीमै यौनधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौनकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौनधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् । यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, \'घुमुवालाई हातमा लिन सके सब कुरो मिल्छ ।\' उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू \'दिन दुगुना, रात चौगुना\' महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ । ००० सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौनप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्, \'यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् । गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर \'एक्स्ट्रा टिप्स\' पाइरहेका छन् ।\' उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा \'डेलिभर\' पनि भइरहेको छ । \'जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी–प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?\' सरकारलाई सञ्चालिकाको प्रश्न छ, \'हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?\' पार्लरमा सुन्दर हुन आउने ग्राहककै \'डिमान्ड\'का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ । \'सरकारका बाउ आए पनि यो शहरमा यस्तो काम बन्द हुन सक्दैन,\' उनी कडा रूपमा प्रस्तुत हुन्छिन्, \'व्यवस्थित गर्नतिर सरकारले सोचेन भने उसकै लाज हुने हो । लगेर दुई–चार दिन थुन्दैमा डराउनेवाला छैनौँ ।\' कैयौँ पटक प्रहरी खोरमा पर्दै÷छुट्दै गरेको अनुभवले उनी खारिएकी छिन् ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE