Ntc summer Offer
Khabar Dabali २९ असार २०८२ आईतवार | 13th July, 2025 Sun
Investment bank

प्रहरीबाटै अस्पतालका कर्मचारी कुटिए

\"siraha_district\"सिरहा । सिरहाको लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी प्रहरीबाटै सोमबार साँझ कुटिएका छन् । गर्भपतन गराएकी एक महिलाको उपचार गराउन गएका दुई प्रहरीले अस्पतालका कार्यालय सहयोगी बद्री साहलाई निर्घात कुटपिट गरेपछि उनी घाइते भएका छन् । उनको शरीरभरि निलडाम देखिएको छ । प्रहरीले बुट लाएरसमेत कुटपिट गरेपछि शरीर सुन्निएको कर्मचारी साहले दुःखेसो पोखे । पीडित साहले भने, ‘सादा पोसाकमा दुई प्रहरी एक महिलाको उपचार गराउन अस्पतालको आकस्मिक शाखामा आएका थिए । मैले कुर्सीमा बस्नुहोस् भन्ने बित्तिकै ती दुई प्रहरीले तथानाम गाली गर्दै एक्कासि कुट्न थाले ।’ बुटले कुट्नुका साथै भुँइमा घसेट्दै गाडीमा समेत हाल्न खोज्दा अस्पतालका सहकर्मीले आफूलाई बचाएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय लहानका हवल्दार भोगेन्द्र खत्री र प्रहरी जवान हरेराम यादव उक्त अस्पतालकै कर्मचारीको सुरक्षाका लागि विगत लामो समयदेखि कार्यरत छन् । तर प्रहरीबाटै अस्पतालका कर्मचारी साह कुटिएको बेला भने न त हबलदार खत्री थिए, न त प्रहरी जवान यादव । यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले घटनामा प्रहरीको गल्ती रहेको स्वीकार गरे । कर्मचारी साह कुट्ने प्रहरीको नाम सार्वजनिक गर्न नमानेका उनले भने, ‘सिसि क्यामेरामा समेत प्रहरीले अस्पतालका कर्मचारीलाई घसेटेको देखिन्छ । उनीहरुमाथि विभागीय कारबाही हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending