Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

प्रधानमन्त्रीले नै विश्वास नगर्ने यो कस्तो पुनर्निर्माण ?

\"oli\"काठमाडौं । ‘सरकार र म आफैं पनि भूकम्पपछिको पुनर्निर्माणको समग्र कामबाट सन्तुष्ट छैन । जनताले सोचे जसरी काम अघि बढिरहेको छैन’ प्रधानमन्त्रीलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको गोष्ठीमा भने, ‘यही अवस्थामा काम भए भए जनतालाई छानोमुनी ल्याउने काममा दशकौं लाग्छ । कामको स्थिति राम्रो भएन । यस्तै भए राम्रो हुने छैन ।’ देशको सम्पूर्ण शासकीय कार्यभार आफ्नो आफ्नो हातमा लिएर बसेका प्रधानमन्त्रीले नै १२ वैशाखको भूकम्पपछिको पुनर्निर्माणमा यसरी तीव्र असन्तुष्टी जनाइनुको सिधा अर्थ हुन्छ । एक वर्षमा पुननिर्माणको काम अलिकति पनि सुरु भएको छैन । एक वर्ष अघि गएको विनाशकारी भूकम्पले वाग्मति अञ्चलका जिल्लासहित गोरखामा ठूलो क्षति पुुर्यायो । पीडित जनता वर्षायाम र एक जाडोयामपछि फेरि  वर्षायामको मुखैमा भए पनि प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै कामप्रति यस्तो असन्तुष्टी जनाउनुले यसको सुस्तता र लाचारीबारे थाहा पाउन मुस्किल हुँदैन । प्रधानमन्त्रीकै अग्रसरतामा गत २ माघबाट पुननिर्माण महाअभियान सुरु भएको थियो । तर, उनैले सुरु गरेको न रानीपोखरीको पुनर्निर्माण सुरु भयो न धरहराको काम नै थालियो । ओलीले यी विषय पनि उठाएर पीडितको बास बनाउनको लागि काम नै नभएको तर्क गरे । उनले असन्तुष्टी मात्रै जनाएनन् काम नगर्ने कर्मचारीलाई सरुवा गर्ने र काम गर्नेलाई पुननिर्माणको काममा लगाउने  पनि बताए । सोही गोष्ठीमा पीडित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूरुको दुई किस्ता राहत रकम २५ हजार बाडिए पनि पुननिर्माणको मापदण्डको अभावमा प्रभावकारी काम हुन नसकेको बताएका थिए । प्रधानमन्त्रीको असन्तुष्टीमा उनीहरुले उल्टै काम थाल्ने वातावरण नै नभएको बताएका थिए । आफूखुशी राहत वितरण, प्रभावकारी मापदण्डको अभाव, घर निर्माण गर्ने कच्चा पदार्थदेखि डकर्मी र सिकर्मीको अभाव जस्ता विषय उठाएका थिए । उनीहरुले उठाएको प्रश्नबाट पनि सरकारले प्रभावकारी पुनर्निर्माण योजना अघि सारेको छैन भन्ने प्रष्ट हुन्थ्यो । प्राधिकरणले होटलमा यस्ता गोष्ठी गर्छ तर, क्षतविक्षत भएका बस्ती बसाल्न योजना र कार्यान्वयनको खाका ल्याउदैन । प्रधानमन्त्री र सरकारका उच्च अधिकारीले यसरी काम भएन भन्दै हिड्ने अवस्था एकातिर छ भने अर्कोतिर पीडितले खुल्ला आकाशमुनी बस्नु परेको छ । वर्षायाम, जाडोपछि पीडितका टहरा हावाहुरीले उडाइदिएको छ । यस्तो सरकार आफैं अन्यौलमा र आरोपमा उत्रिएको छ अनि जनताले कहाँबाट आशा गर्ने ? जब वर्षायाम सकियो, अनि त्रिपाल बाँडियो, जब जाडो सकियो अनि न्यानो बाँडियो यस्तोमा सरकारले पुनर्निर्माण गर्छ र भनेर कसरी पत्याउने कति पत्याउने ? पीडितको पीडा कहिले दुख्ला राज्यलाई ? कर्मचारीलाई दोष दिएर ओली सरकार उम्कन मिल्छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy