Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विप्लव माओवादीले गाड्यो कांग्रेस नेताको घरमा झन्डा

दिपायल (डोटी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले काङ्ग्रेस नेता पदमराज जोशीमाथि ‘जनकारबाही’ गरेको जनाएको छ । माओवादीले फागुन २६ पदमराज जोशीको बीपीनगरमा रहेको पक्की घरमा झन्डा गाड्दै उक्त घर नेकपा माओवादी डोटीको कब्जामा रहेको समेत उल्लेख गरेको छ । डोटी माओवादीका सेक्रेटरी आजादले प्रेषित गरेको विज्ञप्तिमा लेखिएको छ– ‘विगत २०५२ सालदेखि सुरु भएको महान् जनयुद्धको मुख्य उद्देश्य हाम्रो देशमा आमूल परिवर्तन गर्नु थियो । जसका लागि नेपाली जनताले लामो समयसम्म संघर्ष गरे । संघर्षको फलस्वरुप राजतन्त्रको समूल नष्ट भई गाणतन्त्र घोषणा भयो । तर, यो देशका कतिपय दलालहरुले गणतन्त्रलाई संस्थागत विकास गर्न दियरहेका छैनन् । हामी त्यसको कडा प्रतिवाद गर्दै नयाँ जनवादी गणतन्त्रको संस्थागत विकास गर्न चाहन्छौं । देशमा भ्रष्टाचार, दलालीकरणको अन्त्य गर्नु र विविध किसिमका विसंगति र विकृतिको अन्त्य गरी जनता र राष्ट्रलाई सुव्यवस्थित गर्नु नेकपा माओवादीको मुख्य लक्ष्य हो । जसमा कतिपय शासकहरुलाई जति पटक सम्झाउँदा पनि मानिरहेका छैनन् । जसअन्तर्गत डोटी जिल्ला वर्छैन गाविस वडा नं ९ तथा निरौली गाविस वडा न. ७ निवासी पदमराज जोशीलाई बारम्बार सच्चिएर (रुपान्तरण भएर) जानु पर्दछ भन्ने जनताको सुझाव, सल्लाह हुँदाहुँदै पनि सुध्र्रिन चाहेनन् । बरु उल्टै निम्न प्रकारका गलत क्रियाकलाप गर्दै गएका कारण पहिलोपटक चेतावनीस्वरुप उनलाई यो जनकारबाही गरिएको छ । उनको जनविरोधी क्रियाकलाप यथावत रहेमा योभन्दा कडा कदम चाल्नु नपरोस् भन्ने सुझाव पनि दिन चाहन्छौं । १.     पहिले माओवादी जनयुद्धको घोर विरोध गर्दै प्रतिकार समिति गठन गरी जनतामा क्षति पुग्ने काम गरेको र अहिले पनि पुरानो क्रियाकलापलाई पुनर्जीवित पार्ने काम गरिरहेको । २.     उनको स्थायी आयस्रोत कतै नभएको तर बीपीनगर, धनगढी, अत्तरीया र काठमाडौंमा समेत गलत  ढंगले घर–घडेरी बनाएको । ३.     प्राकृतिक सम्पदामाथि व्यक्तिगत स्वामित्व कायम गरी भ्रष्टाचार गर्ने गरेको । मान्नाकापडी थलापानी, सालमुनि हाइड्रोपावरका नाममा प्राकृतिक सम्पदाको तस्करीमा लागेको । ४.     जनताहरुलाइ झुटो आश्वासन दिँदै विकास निर्माणमा आएको रकम ठगी गरेको । ५.     सार्वजनिक संघ–संस्थाहरुमा व्यक्तिगत रुपमा हिनामिना  गरी आर्थिक भ्रष्टाचार गरेको । ६.     काठ तस्करीमा अप्रत्यक्ष रुपमा संलग्न भई ठूलो रकम खाएको । आदिजस्ता क्रियाकलाप गरेकाले आजैका मितिबाट निज पदमराज जोशीको बीपीनगरमा रहेको पक्की घर हाम्रो पार्टी नेकपा माओवादी डोटीको कब्जामा रहेको जानकारी गराउँछौं । साथै, यस्ता किसिमका क्रियाकलाप र जनविरोधी काम समाजमा कसैले पनि नगर्न सबैमा अपिल गर्न चाहन्छौं । यदि कसैले यस्ता किसिमका गलत काम गरेको रिपोर्ट हाम्रो पार्टीमा परेमा उक्त व्यक्ति वा संघ–संस्थाहरुलाई हामी जनकार्बाहीको भागेदारी गराउन बाध्य हुने छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending