Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

श्रीमति ताकेपछि सैनिकबाटै सहकर्मीकै हत्या

काठमाडौं, आफ्नी श्रीमतिलाई मोबाइल सेट र सीमकार्ड किनिदिएको निहुँमा नेपाली सेनाका एक जवानले सेनामै कार्यरत सहकर्मीको हत्या गरेका छन् । राजधानी दैनिकमा खबर छ–नेपाली सेनाको नयाँ श्रीनाथ गणमा कार्यरत रुद्रबहादुर थापाले अमल्दार रोहितकुमार ओझाको हत्या गरेका हुन् । आफ्नी श्रीमतिसँग नजिकिएको भन्दै थापाले ओझाको हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । गत १५ फागुनमा सेनाको आर्टिलरी गणबाट अस्पताल जान्छु भन्दै हिडेका ओझा परिवारको सम्पर्कमा नआएपछि उनका भाई भरत ओझाले महाशाखामा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरीले रोहितको खोजी गरेको थियो । अनुसन्धानको क्रममा ओझाको सम्पर्क बढी थापासँग देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई हत्या गरेको तथ्य खुलेको हो । ‘श्रीमति आस्थालाई गिद्दे नजर लगाएको, बारम्बार भेट्न आएको तथा मोबाइल सिमकार्ड किनिदिएकोले व्यवहार शंकास्पद लागी हत्या गरेको थापाले स्वीकार गरेका छन् ।’ महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्कीले भने । प्रहरीका अनुसार २०६६ सालमा थापा सिरहामा कार्यरत हुँदा उनकी श्रीमति आस्था थापा मगर पनि सिराहामा सँगै बृसेकी थिइन् । रोहित परीक्षा दिन सिरहा गएको बेला दुवैकौ परिचय भई फोन नम्बर आदानप्रदान भएको थियो । रोहितले दुईवटा एनसेलको सिम र मोबाइल सेटसमेत निकाली एउटा आस्था मगरलाई दिएको र एउटा आफैंले चलाउने गर्दै आएका थिए । आफूले किनेको सीममा मात्र उनले सम्पर्क गर्ने गरेका थिए । त्यसको केही समयपछि रुद्र थापा शान्ति मिसनमा सुडान खटिएर गएको र श्रीमति आस्थालाई नेपालटारमा कोठा खोजी राखेपछि ओझा उनीसँग नियमित सम्पर्कमा थिए । मिसनबाट फर्केपछि सम्बन्धबारे थापाले सोधपुछ गरे । असमझारी बढेपछि तीनैजना काठमाडौंको भद्रकाली मन्दिरमा जम्मा भई ओझाले आस्था मगरको खुट्टा ढोगी बहिनी मान्दै टिका पनि लगाइदिए । तर, त्यसपछि पनि उनको आस्थासँगको सम्पर्क, आउँजाउ कम भएन । त्यसपछि ११ फागुनमा नारायणस्थानमा थापाले फोन गरी रोहितलाई भेटन् बोलाए । गफका क्रममा विवाद बढ्दै जाँदा थापाले आफूले लगाएको बेल्टले रोहितलाई प्रहार गरेका थिए । त्यसपछि ढलेका उनको मृत्यु भएको हो । तल गुल्ट्याएर मारेपछि रोहितकै फोनबाट थापाले आस्थालाई फोन गरी मारिदिएको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending