काठमााडौं, बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरिएका एमाओवादीका उम्मेदवार तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले निर्वाचन नलड्ने बताएका छन् । आगामी चैत २८ गते हुने उपनिर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर १ बाट एमाओवादीले उनलाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनले अाज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका कारण अाफू निर्वाचनमा भाग लिन नसक्ने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, \' उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।\' उनले अहिले अाफ्नाे उपचार पाेखरामा भइरहेकाे पनि बताएका छन् । यद्दपी प्रवक्ता शर्माले पार्टीसमक्ष राखेको आन्तरिक सर्त पूरा नभएसम्म निर्वाचनमा नउठ्ने एमाअाेवादी स्राेतले बताएकाे छ । शर्मा एमाओवादीका मात्र उम्मेदवार नभई ३० दलीय गठबन्धन मोर्चा समेतका उम्मेदवार हुन् ।
दीनानाथ शर्माद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ पढ्नुहोस्पार्टीले उम्मेदवारको सर्त पूरा गर्नुपर्ने शर्माको भनाइप्रेस विज्ञप्ति एकीकृत नेकपा (माओवादी)को तर्फबाट मलाई बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि उम्मेदवार बनाएको सबैलाई जानकारी नै छ । निर्वाचनका लागि मलाई उम्मेदवार बनाउने निर्णय गर्ने मेरो पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु । निर्वाचनका लागि सम्पूर्ण तयारी सहित निर्वाचन क्षेत्रमा प्रस्थान गर्दै गर्दा बाटोमा उच्च रक्तचाप र मुटुको समस्या बढेकोले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भैरहेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।
अचानक स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं. १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु । आफु उम्मेदवार बन्न नसके पनि एकीकृत नेकपा (माओवादी)का उम्मेदवारलाई मतदान गरी विजयी बनाउनु हुन बागलुङ क्षेत्र नं. १ का सबै मतदाता सामु विनम्र अनुरोध गर्दछु ।
दीनानाथ शर्मा २०७१/११/३०
पार्टीको माथिल्लो निकायमा उनले आफ्ना सर्त पूरा नभएसम्म निर्वाचनमा उम्मेदवारी नदिने बताएपछि एमाओवादी पार्टीमा अहिले विभिन्न स्तरमा आन्तरिक छलफल चलिरहेको एमाओवादी उच्च स्रोतले खबरडबलीलाई बतायाे । दोस्रो संविधानसभाको निर्वाचनमा पनि शर्मालाई बाग्लुङको उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा चर्को विवाद भएको थियो ।
बाग्लुङ पार्टी कमिटीमा उनको विपक्षमा उभिएका नेता–कार्यकर्ताले शर्मा हाल काठमााडौंमा बस्ने भएपछि कसरी उनलाई बाग्लुङको उम्मेदवार बनाउने भन्ने प्रश्न उठाएका थिए । शर्माको हाल काठमाडौंको सामाखुसीस्थित रानीबारीमा निजी घर छ । उनले पार्टीको माथिल्लो निकायमा के सर्त राखेका हुन् भन्नेबारे बुझ्न बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा पनि शर्मासँग सम्पर्क हुन सकेन । शर्माकै उम्मेदवारीलाई लिएर अहिले एमाओवादीको बाग्लुङ जिल्ला पार्टीको अनौपचारिक छलफल चलिरहेको छ । बाग्लुङको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दिवंगत सभासद हरिबहादुर खड्काकी श्रीमती चम्फा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेका तर्फबाट एमाले बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले उम्मेदवारी दिने पक्का भैसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: