Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बाग्लुङका एमाओवादी उम्मेदवार दिनानाथ शर्मा निर्वाचन नलड्ने

काठमााडौं, बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरिएका एमाओवादीका उम्मेदवार तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले निर्वाचन नलड्ने बताएका छन् । आगामी चैत २८ गते हुने उपनिर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर १ बाट एमाओवादीले उनलाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनले अाज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका कारण अाफू निर्वाचनमा भाग लिन नसक्ने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, \' उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।\' उनले अहिले अाफ्नाे उपचार पाेखरामा भइरहेकाे पनि बताएका छन् । यद्दपी प्रवक्ता शर्माले पार्टीसमक्ष राखेको आन्तरिक सर्त पूरा नभएसम्म निर्वाचनमा नउठ्ने एमाअाेवादी स्राेतले बताएकाे छ । शर्मा एमाओवादीका मात्र उम्मेदवार नभई ३० दलीय गठबन्धन मोर्चा समेतका  उम्मेदवार हुन् ।

दीनानाथ शर्माद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ पढ्नुहोस्

प्रेस विज्ञप्ति एकीकृत नेकपा (माओवादी)को तर्फबाट मलाई बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि उम्मेदवार बनाएको सबैलाई जानकारी नै छ । निर्वाचनका लागि मलाई उम्मेदवार बनाउने निर्णय गर्ने मेरो पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु । निर्वाचनका लागि सम्पूर्ण तयारी सहित निर्वाचन क्षेत्रमा प्रस्थान गर्दै गर्दा बाटोमा उच्च रक्तचाप र मुटुको समस्या बढेकोले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भैरहेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।

अचानक स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं. १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु । आफु उम्मेदवार बन्न नसके पनि एकीकृत नेकपा (माओवादी)का उम्मेदवारलाई मतदान गरी विजयी बनाउनु हुन बागलुङ क्षेत्र नं. १ का सबै मतदाता सामु विनम्र अनुरोध गर्दछु ।

दीनानाथ शर्मा २०७१/११/३०
पार्टीले उम्मेदवारको सर्त पूरा गर्नुपर्ने शर्माको भनाइ

पार्टीको माथिल्लो निकायमा उनले आफ्ना सर्त पूरा नभएसम्म निर्वाचनमा उम्मेदवारी नदिने बताएपछि एमाओवादी पार्टीमा अहिले विभिन्न स्तरमा आन्तरिक छलफल चलिरहेको एमाओवादी उच्च स्रोतले खबरडबलीलाई बतायाे । दोस्रो संविधानसभाको निर्वाचनमा पनि शर्मालाई बाग्लुङको उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा चर्को विवाद भएको थियो ।

बाग्लुङ पार्टी कमिटीमा उनको विपक्षमा उभिएका नेता–कार्यकर्ताले शर्मा हाल काठमााडौंमा बस्ने भएपछि कसरी उनलाई बाग्लुङको उम्मेदवार बनाउने भन्ने प्रश्न उठाएका थिए । शर्माको हाल काठमाडौंको सामाखुसीस्थित रानीबारीमा निजी घर छ । उनले पार्टीको माथिल्लो निकायमा के सर्त राखेका हुन् भन्नेबारे बुझ्न बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा पनि शर्मासँग सम्पर्क हुन सकेन । शर्माकै उम्मेदवारीलाई लिएर अहिले एमाओवादीको बाग्लुङ जिल्ला पार्टीको अनौपचारिक छलफल चलिरहेको छ । बाग्लुङको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दिवंगत सभासद हरिबहादुर खड्काकी श्रीमती चम्फा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेका तर्फबाट एमाले बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले उम्मेदवारी दिने पक्का भैसकेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending