Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

हिन्दू राष्ट्र उल्लेख नभए संविधान च्यात्छौं : खुमबहादुर

काठमाडौं, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले अब बन्ने नयाँ संविधानमा हिन्दू राष्ट्र उल्लेख नगरिए त्यस्तो संविधान च्यातेर परिआएको जस्तोसुकै प्रकारको संघर्ष गर्ने चेतावनी दिएका छन् । अनादिदेखि चल्दैआएको र नेपालको मौलिक पहिचान एवम् परिचयको रूपमा स्थापित हिन्दू धर्म तथा हिन्दू राष्ट्रलाई निमिट्यान्न पार्न पश्चिमाहरूले ठूलो चलखेल गरिरहेको भन्दै सबै नेपाली होसियार हुनपर्ने बताए । पश्चिमाहरूले नेपालमा धर्मयुद्ध गराउन खोज्दैछन् भन्दै खड्काले जतिसुकै विदेशी चलखेल भए पनि हिन्दूराष्ट्र कायम गराएरै छाडिने उल्लेख गरे । संविधानमा हिन्दूराष्ट्र उल्लेख नभएमा त्यस्तो संविधान जनताले नस्वीकार्ने र आफूहरुले च्यात्ने बताए । आवश्यक परे धर्म बचाउन कुनै पनि प्रकारको संघर्ष गर्न तयार रहनुपर्ने खुमबहादुरको भनाइ थियो । त्यसैगरी कांग्रेसकै अर्का केन्द्रीय नेता तथा  ‘सनातन हिन्दू राष्ट्र नेपाल, नागरिक संघर्ष समिति’ का संयोजक हरिबोल भट्टराईले धर्मनिरपेक्षता नेपालीहरूको चाहना नभएर डलरको खेल भएको बताए । काठमाडौं प्रशासनलाई समेत सूचना नदिई शुक्रबार आकस्मिक रूपमा मोटरसाइकलको ठूलै र्याली निस्क्यो । संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्माले नेतृत्त्व गरेको र्याली बाफलचोकबाट निस्केर कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली हुँदै नयाँ बानेश्वरको निषेधाज्ञा रेखामा पुगेर केही समय अडियो । केही समयपछि प्रहरीको पहरामा र्यालीलाई तीनकुने पुयाइयो । सुरुमा र्याली कलंकी पुग्दा ‘के को भीड हो’ भन्दै प्रहरी अक्क न बक्क परेको थियो । ठूलो भीड देखेपछि कलंकीबाट प्रहरीको एउटा भ्यान पछि लाग्यो । र्यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त हुन पुगेको थियो । ॐ कारको झन्डा र राष्ट्रिय झन्डा सहित निस्केको सो र्यालीका सहभागीहरू सडकका अन्य सवारी साधनसँगै कोही कालिमाटी पुगिसकेका थिए भने कोही कलंकीतिरै थिए । लस्कर लामो रहेकाले प्रहरीले के हो भन्ने नै ठम्याउन सकेन । कालिमाटीबाट प्रहरीको अर्को भ्यान पछि लाग्यो । त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वर पुग्दा र्यालीलाई पहरा दिन चारवटा प्रहरी भ्यानलाई भ्याइनभ्याई थियो । प्रहरीप्रशासन र सञ्चारजगत्लाई खबर नदिई आयोजना गरिएको उक्त र्याली ‘सनातन हिन्दू राष्ट्र नेपाल, नागरिक संघर्ष समिति’ का संयोजक हरिबोल भट्टराईको अगुवाईमा ‘हिन्दू आन्दोलन’ को समर्थनमा ‘संयुक्त सनातन मोर्चा’ ले निकालेको थियो । र्याली तीनकुने पुगी सभामा परिणत भयो । सभालाई खुमबहादुर खड्का, हरिबोल भट्टराईलगायतले सम्बोधन गरे । प्रशासन र सञ्चारलाई खबरै नगरी र्याली आयोजना गर्नुको कारणबारे जिज्ञासा राख्दा मोर्चाका संयोजक डा. मिठाराम विश्वकर्माले भने– ‘गृहमन्त्रीले देशको शान्ति सुरक्षामा धर्म क्षेत्रबाट समस्या देख्नुभएछ, धर्मका अभियन्ताहरूप्रतिको उहाँको नकारात्मक चेष्टा सार्वजनिक रूपमा आइसकेको छ, त्यसैले सरकारको शान्तिसुरक्षा विना पनि धर्मक्षेत्रले आफ्नो कार्य शालिन तबरबाट गर्न सक्दारहेछन् भन्ने सम्बन्धितहरूले जानून् भन्ने हाम्रो सन्देश हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies