Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

संघीयतामा यसरी गरिँदैछ षड्यन्त्र, सरकारभित्रै चर्कियो द्वन्द्व

\"Map-sanghiyata1\"काठमाडौं । नयाँ संविधान जारी भएसँगै संघीयताबारे असन्तुष्टी जनाउँदै शुरु भएको द्वन्द्व अझै समाधान भइसकेको छैन । सात प्रदेशको सीमाकंनमै असन्तुष्टी जनाउँदै मधेसवादी दलहरुले ६ महिनाभन्दा बढी समय आन्दोलन गरे । अहिले पनि आन्दोलनको स्वरुप मात्रै फेरिएको आन्दोलन नरोकिएको मोर्चाका नेताहरुले बताउँदै आएका छन् । संघीयताबारेको विवाद कायमै रहेकाबेला सरकारले संघीयता कार्यान्वनयका लागि भन्दै उच्चस्तरीय समिति नै गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरिएको छ । थापाले गरे मन्त्रिपरिषद बहिष्कार शुक्रबारको मन्त्रिपरिषदले समिति गठन गरेपनि समिति गठन नहुँदै परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले किचलो झिकेका छन् । आफूलाई छलेर समिति बनाएको भन्दै थापाले शुक्रबारको मन्त्रिपरिषद बैठक नै बहिष्कार गरे । समितिमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा सदस्य छन् । अन्य मन्त्रीहरुलाई राख्दा संघीय मामिला हेर्ने मन्त्रालयलाई नै प्रधानमन्त्री ओलीले बेवास्ता गरेको भन्दै थापा रुष्ट बनेका छन् । मन्त्रिपरिषदले गरेको निर्णयअनुसार समितिको सदस्य सचिवमा मुख्य सचिव डा. सोमलाल सुवेदी रहेका छन् । थापाले गरे असन्तुष्टी सार्वजनिक उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस नै आफूलाई संघीयता कार्यान्वयन समितिमा नसमेटेको आशंका ब्यक्त गरेका छन् । दाङमा शनिवार भएको पत्रकार भेटघाटमा उनले आफूले मन्त्रिपरिषद बहिष्कार गर्नुको कारणसमेत खुलाए । ‘हिँजो दश बजे मन्त्री परिषदको बैठक भनेर बोलाइएको थियो तर, ११ बजेसम्म बैठक बसेन, म हिँडेपछि बैठक बसेर समिति बनाइयो,’ उपप्रधामन्त्री थापाले भने, ‘त्यसमा संघीय मामला तथा स्थानीय विकास मन्त्रालयलाई राखिएन ।’ अझैं संविधान कार्यान्वयनका धेरै कामहरु बाँकी रहेको उनले बताए । मन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठन गर्न खोजिएकोबारेमा पनि असन्तुष्टी जनाएका छन् । आफ्नो पार्टीसमेत सहभागी भएको सरकारभन्दा अर्को राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने उनको भनाइ थियो । के गर्ला मधेसवादी दल ? लामो समयको मधेस आन्दोलनबाट थाकेका मधेसवादी दलहरु पनि अहिले पर्ख र हेरको रणनीतिमा छन् । आफूहरु शक्ति सञ्चयमा रहेको बताएका मोर्चाले बैशाखदेखि फेरि आन्दोलन चर्काउने बताइसकेको छ । वैशाखदेखि भीषण अन्दोलन गर्ने मोर्चाले तयारी गरिरहँदा सरकारले पनि प्रधानमन्त्रीकै अध्यक्षतामा संघीयता कार्यान्वयनका लागि भन्दै उच्चस्तरीय समिति बनाएको छ । लामो आन्दोलन र सहमतिका लागि वार्ता प्रक्रिया कायमै रहेका बेला संघीयताको पुरानै संरचना कार्यान्वयनका लागि सरकार कस्सिएपछि मोर्चा आन्तरिक छलफलमा जुटेको छ । यता संघीयता नै अस्वीकार तथा हिन्दु राज्यको एजेण्डा बोकेको सरकारमा सहभागी राप्रपा नेपालले आफूलाई संघीयता कार्यान्वनय समितिमा नराखेको भन्दै किचलो झिकेको छ भने सरकारमै रहेको संघीयताविरोधी अर्को दल राष्ट्रिय जनमोर्चा पनि सरकारको निर्णयमा असहमत छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending